प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने बताएका छन्। साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना रहेको राईले बताए।
उनले नामाकरणको वेला हुनसक्ने सुरक्षा चुनौतिका बारेमा सजग रहन सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा सोमबार आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले नामकरणका बेला हुन सक्ने सुरक्षा चुनौतीका बारे सजग रहन आग्रह गरेका हुन्।
प्रदेशको नामाकरणको प्रस्ताव प्रदेशसभामा लैजाने तयारी भइरहेका वेला प्रदेश १ मा नामाकरणको विषयमा दबाबमुलक प्रदर्शनहरू हुन थालेका छन्। प्रदशेसभामा नामाकरण प्रकृया सुरु हुँदा पनि विभिन्न नामका पक्षमा प्रदर्शनहरू हुने अवस्था देखिएको छ। प्रदेशको नाम सहमतिकै आधारमा राख्ने प्रयास दलहरूले जारी राखेका छन्। प्रदेश १ का प्रमुख दलहरूले प्रदेशको नामाकरण सहमतिका आधारमा राख्न औपचारिक र अनोपचारिक छलफल जारी राखे पनि अझैसम्म प्रदेशको नामको विषयमा सहमति हुन सकिरहेको छैन।
यसैवीच प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गते सर्वदलिय बैठक राखेका छन्। सभामुखले राखेको वैठकले प्रदेशको नामका विषयमा मोटामोटी सहमति जुटाउने संभावन रहेको मुख्यमन्त्री राईले बताए। उनले भने‘६ गतेको सर्वदलिय बैठकले प्रदेशको नामका विषयमा मोटामोटाी सहमति जाुटाउला भन्ने लागेको छ।’ उनले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेश सभाको भएको उल्लेख गर्दै सरकारले यसमा सहजीकरणमात्रै गर्ने स्पष्ट पारे।
मुख्यमन्त्री राईले कोरोना संक्रमण बढ्दै जान थालेकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका उपाय अपनाउनेतर्फको रणनीति बनाउन निर्देशन पनि दिएका छन्। उहाँले जुनसुकै प्रकारका सुरक्षा चुनौती सामना गर्नेगरी तयारी अवस्थामा रहन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए। बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखसहित नेपाली सेना भैरव गणका गणपति, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता थियो।