हतियार खरिद प्रकरणः गृह मन्त्रालयसँग तीन दिनभित्र विवरण माग
२८ असार २०७९
•
३ मिनेट पाठ
हतियार खरिद प्रकरणः गृह मन्त्रालयसँग तीन दिनभित्र विवरण माग
सरकारले नेपाल प्रहरीलाई हातहतियार खरिद गर्न अनुमति दिएको विषयमा संसद्को अर्थ समितिले गृह मन्त्रालयसँग जवाफ मागेको छ। अर्थ समितिको सोमबार बसेको बैठकले मुलुकको आर्थिक अवस्था कमजोर बनेको, आर्थिक संकट निम्तिएको र डलरको सञ्चिति घटेको बेला बजेटमा उल्लेख नभएको विषयमा सरकारले किन हतियार खरिद गर्न लागेको भन्दै मन्त्रालयसँग जवाफ मागेको हो।  




समितिले मन्त्रालयसँग सम्पूर्ण कागजातसहित तीन दिनभित्र जवाफ दिनुपर्ने जनाएको छ। सरकारले तत्काल ८४ करोड रुपैयाँको हतियार खरिदका लागि नेपाल प्रहरीलाई अनुमति दिइसकेको छ। सो हतियार खरिदका लागि नेपाल प्रहरीले इटालीको एक कम्पनीबाट ल्याउने तयारी गरेको छ। इटालीको बेर्रेटा कम्पनीमा बनेका हतियार ल्याउने गरी प्रक्रिया अघि बढाइएको छ। सरकारी स्रोतका अनुसार इटालीको अर्को कम्पनी बेनलीमा बनेका हतियार अलि महँगा हुने भएकाले बेर्रेटा कम्पनीबाट हतियार खरिदका लागि बुक गरिएको हो।

बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल ल्याउने प्रक्रिया अघि बढेको हो। सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो मूल्य पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय मूल्यमा ल्याउने प्रक्रिया सुरु गरेको स्रोतको दाबी छ। तर नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले नेपाल प्रहरीलाई आवश्यक परेकाले खरिद प्रक्रिया अघि बढाइएको बताए। उनले नेपाल प्रहरीले सात वर्षदेखि हतियार खरिद गर्न नपाएको र अहिलेको अवस्थामा शान्तिसुरक्षा कायम गर्न हतियार खरिद गर्न लागेको बताएका हुन्।  

उनले शान्तिसुरक्षालाई खलल नपुग्ने गरी हतियार खरिद गर्न लागेको र पैसा पनि नेपाल प्रहरीकै भएको समेत जानकारी दिए। ‘नेपाल प्रहरीले विगतमा हतियार खरिद गर्न बजेट छुट्याएको थियो। सोही बजेटबाट हतियार खरिद गर्न लागिएको हो,’ डिआइजी राईले भने। उनका अनुसार ९ एमएमको पेस्तोल, १२ बोरको बन्दुक, सटगन र त्यसका गोलीगट्ठा खरिदको तयारी गरेको हो। ‘यो अहिलेको प्रक्रिया होइन, पुरानै प्रक्रिया हो। त्यसलाई निरन्तरता दिइएको मात्रै हो,’ डिआइजी राईले भने। प्रहरीले कम्पनी छनोट गरेरै हतियार खरिद प्रक्रिया अघि बढाएको पनि डिआइजी राईले दाबी गरे। ‘परल मूल्यमै खरिद गर्न लागिएकाले यसमा कुनै द्विविधा छैन, २०७८ फागुन १८ गतेकै निर्णय भएकाले यसमा अहिलेको नेतृत्वको कुनै दोष छैन,’ प्रहरी प्रवक्ता एवं डिआइजी राईले भने। १२ बोरको बन्दुक चलाउन नेपाल प्रहरीले १० वर्षअघि नै बन्द गरेको भए पनि अहिले त्यसको आवश्यकता रहेकाले खरिद प्रक्रिया अघि बढाइएको राईले बताए। उनले विद्यमान ऐननियम र कानुनले दिएको अधिकार प्रयोग गर्दै खरिद प्रक्रिया अघि बढाइएको दाबी गरे।

हतियार खरिद प्रकरणमा संसद्मा समेत कुरा उठेको थियो। सांसद नवराज सिलवालले अहिले नेपाल प्रहरीलाई हतियारभन्दा तालिम र प्रविधिको आवश्यकता रहेको बताएका थिए।  

उनले नेपाल प्रहरीको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा आर्थिक संकटको बेला हतियार खरिद गरेर सरकार चरम आर्थिक अनियमिततातिर लागेको आरोपसमेत लगाएका थिए।  

सिलवालले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए। एमाले सांसद सिलवालले हतियार किन्न बजेट रकमान्तर गरेको कुरामा आपत्ति जनाउँदै नेपाल प्रहरीलाई हतियार आवश्यक नभएको बताए।

देशमा आर्थिक संकट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गर्न खोजेको पनि बताए। नेपाल प्रहरीलाई हतियार नचाहिएको भन्दै बिचौलिया र राजनीतिक व्यक्तिलाई पैसा चाहिएको उनले जिकिर गरे। हतियारको कमिसन ३ सय प्रतिशतसम्म बढाएर रकमान्तर गरिएको उनको आरोप थियो।  

अहिले सरकारले आर्थिक संकट चुलिरहरेका बेला हतियार खरिद प्रक्रिया अघि बढाएपछि सरकारको सर्वत्र आलोचनासमेत भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा अहिले हतियार खरिद गर्नु सान्दर्भिक नभएको बताए। स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको चासोमा हतियार खरिदको प्रक्रिया अघि बढेको हो।

त्यस्तै सोमबार प्रतिनिधि सभामा एमाले सांसद शान्तिमाया तामाङ पाख्रिनले पनि नेपाल प्रहरीलाई हतियार आवश्यक नभएको बताइन्। सांसद सुरेश चन्द दासले पनि सरकारले अनावश्यक कुरातर्फ ध्यान दिएको बताए।

एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सर्वोच्च अदालतमा विचाराधीन विषय संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाइन्। उनले उक्त विधेयक फिर्ता गर्न माग गरिन्।
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
३ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस