प्रदेश १ को नामाकरणका विषयमा दलहरूबीच घनिभूत छलफल जारी रहेका वेला प्रदेश १ को नामबारे नेपाली कांग्रेसले औपचारिक रुपमा नाम प्रस्ताव गरेको छ। नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक सुयर्माराज राईले पत्रकार सम्मेलन गरी प्रदेश १ को नाम कांग्रेसले ‘सप्तकोशी प्रदेश’ राख्न प्रस्ताव गरेको जानकारी दिएका हुन्।
राईले प्रदेश १ मा कोसी नै नभएको पहिचानपक्षधर र भौगोलिक पक्षधरबीच द्वन्द्व देखिएकाले मध्यमार्गी प्रस्तावका रुपमा सप्तकोशी प्रदेश नाम राख्न प्रस्ताव गरेको बताए। उनले भने‘ प्रदेश १ को पहिचान झल्कने, ऐतिहासिकता, भौगोलिक आधार देखिने र सबैको अपनत्व पनि हुने भएकाले कांग्रेसले ‘सप्तकोशी प्रदेश’ नामाकरणको प्रस्ताव राखेको हो।’ राईले शुक्रबारको सर्वदलीय बैठकमै कांग्रेसले सप्तकोशी नाम राख्न प्रस्ताव गरेको दाबी गरे। उनले कांग्रेसले प्रस्ताव गरेको नामका विषयमा अन्य दलहरू पनि सकारात्मक देखिएकाले आगामी बैठकबाट सर्वसम्मत रुपमा प्रदेशको नामाकरण हुने विश्वास व्यक्त गरे।
यसअघि नेपाली कांग्रेस र एमालेबीच कोसी प्रदेश नाम राख्ने विषयमा अनौपचारिक छलफल भएको विषय सार्वजनिक भएको थियो। एमालेको प्रस्ताव कोसी प्रदेशको विपक्षमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरू देखिएका थिए। नेकपा माओवादी केन्द्रले किंरात प्रदेश, एकीकृत समाजवादीले कोसी किँरात र जनता समाजवादीले शेर्पालुङ कोसी किँरात प्रदेश नामाकरण गर्न प्रस्ताव राखेका थिए।