नेकपा एमालेले प्रदेश १ को रिक्त समानुपातिक सांसद नियुक्त गरेको छ। प्रदेश १ प्रदेशसभा सदस्य रिक्त पदमा धनकुटाकी हिमादेवी बस्नेतलाई नियुक्त गरेको हो।
मंगलबार बस्नेतले पद तथा गोपनियताको शपथ लिइन्। प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा सांसद बस्नेतले शपथ लिएकी हुन्। उनलाई प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले शपथ गराए।
नेकपा एमालेबाट समानुपातिक सांसद गुलेफुन खातुनले गत साता पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा बस्नेत नियुक्त भएकी हुन्। निर्वाचन आयोगको बैठकले समानुपातिक सूचिबाट बस्नेत निर्वाचित भएको निर्णय गरेको थियो।
खातुनले सरकारी कागजपत्र, सरकारी छाप र हस्ताक्षर किर्ते गरेको अभियोगमा अदालतले दोषी प्रमाणित गरेपछि पदबाट राजीनामा गरेकी थिइन्। अदालतले खातुनलाई एक वर्ष कैद तथा १४ हजार ५ सय रुपैयाँ नगद जरिवाना गर्ने फैसला गरेको थियो।