माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस स्वार्थी भएको आरोप लगाएका छन्। उनले केन्द्रीय समितिको बैठकमा १० पृष्ठ लामो प्रतिवेदन पेश गर्दै माओवादी इमानदार देखिएपनि कांग्रेस स्वार्थी देखिएको र नेकपा एकीकृत समाजवादी हैसियतभन्दा बढी भएको आरोप लगाएका छन्।
उनले माओवादी गाउँमा मजबुद बन्दै गएको र पार्टी एक ढिक्का भए आउदो निर्वाचनमा सबैभन्दा ठूलो दल बन्न सक्ने बताएका हुन्। ‘कांग्रेस शहरको तुलनामा गाँउमा कमजोर बनेको, एमाले गाँउ र सहरमा उस्तै देखिएको र माओवादी केन्द्र भने सहरमा भन्दा गाँउमा मजबुत देखिएको छ’, उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्।
प्रचण्डले गठबन्धनमा माओवादी सबैभन्दा इमान्दार देखिएको, कांग्रेस आफुलाई कसरी कोसँग मिल्दा फाइदा हुन्छ, उसैसँग पनि मिल्ने प्रवृति देखा परेको र एकीकृत समाजवादीले भने हैसियत भन्दा पनि धेरै सीट मागेको उल्लेख गरेर नेकपा एकीकृत समाजवादीलाई अवमूल्यण गरेका छन्।
उनले गठबन्धनका उम्मेदवारलाई कांग्रेसबाटै धोका भएको पनि उल्लेख गरेका छन्। कांग्रेस मत नदिने वा आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा नदिँदा अत्यधिक मत बदर भएको पनि प्रचण्डले बताएका छन्।
एकीकृत समाजगवादीले आफ्नो वास्तविक स्थिति भन्दा बढी दावी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र केही स्थानमा गठबन्धन पराजित भएको प्रचण्डको दावी छ।
जसपा तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको भन्दै प्रचण्डले माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताए। ‘हाम्रो पार्टी (माओवादी केन्द्र) ले १६ सिट बढी ल्याएको छ भने जसपा र जनमोचाले पनि पहिलेको तुलनामा केही सिट सङख्या बढाएका छन’, उनले भनेका छन्।
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।
त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।
बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।
त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।
त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...