‘अब चुनाव एक्लै लडौं’
१५ असार २०७९
•
५ मिनेट पाठ
‘अब चुनाव एक्लै लडौं’
एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन्। अहिले सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका हुन्।




नेकपा एस पनि सत्ता गठबन्धनमा छ। नेकपा एसको दुई दिनसम्म काठमाडौंमा चलेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी अधिकतरले कांगे्रस र माओवादीको हेपाहा प्रवृत्तिले आफूहरूको शिर निहुरिएको बताएका थिए। ‘स्थानीय तह निर्वाचनमा अधिकतर स्थानमा कांग्रेस, माओवादीले हाम्रो पार्टी नयाँ भएको भन्दै हेपाहा प्रवृत्ति देखाए, हामीलाई अलमल्याउने काम मात्रै गरे’, परिषद् बैठकमा वाग्मती प्रदेशबाट सहभागीमध्ये प्रतिनिधिले भनेका थिए।

वाग्मती प्रदेशबाट सूर्यचन्द्र न्यौपानेले प्रतिनिधिहरूको समग्र धारणा प्रस्तुत गरेका थिए। प्रतिनिधिहरूले स्थानीय तह निर्वाचनमा समग्र रूपमा कांग्रेस र माओवादी केन्द्रका नेताहरूले नेकपा एसबाट फाइदा लिएको विवरण प्रस्तुत गरेका थिए। उनीहरूले कांग्रेस र माओवादीले जितेका अधिकांश स्थानमा नेकपा एसको सहयोग रहेको दाबी गरेका थिए।

एमालेले करिब १ सय स्थानमा नेकपा एसकै कारण चुनाव हारेको विवरण पनि परिषद्मा प्रस्तुत गरिएको थियो। ‘अब हामी गठबन्धन नगरी एक्लै चुनाव लडौं, कसैको बैसाखी नटेकौं’, कर्णाली प्रदेशका एक नेताले समूहगत छलफलमा भने। कर्णाली प्रदेशका तर्फबाट अमरबहादुर थापाले एक्लै चुनावमा जानुपर्नेसहितको निचोड परिषद् बैठकमा राखेका थिए।

समूहगत छलफलमा एमालेसँगको एकीकरण र गठबन्धनका विषयमा पनि छलफल भएको थियो। एमालेभित्र नेता–कार्यकर्ता असल भए पनि अध्यक्ष केपी ओलीकै कारण तत्काल पार्टी एकीकरण गर्न नहुने तर उनले आफू सच्चिएको र विगतमा भएका कमीकमजोरीप्रति आत्मसमीक्षा गरे एकता र गठबन्धनका लागि नेतृत्वले सोच्नुपर्ने धारणा प्रतिनिधिहरूले राखेका थिए। ‘एमालेका नेता–कार्यकर्तामा ओली प्रवृत्ति हाबी भयो।

जिल्ला तहमा पनि त्यसखालका प्रवृत्ति फैलिएको छ, जसले गर्दा तत्कालै पार्टी एकीकरण हुने सम्भावना छैन। तर एमाले नेतृत्व सच्चिएको आभास भएमा हाम्रो नेतृत्वले सोच्नुपर्ने धारणा आएको छ’, परिषद् बैठकमा सहभागी एक प्रतिनिधिले भने। ती प्रतिनिधिका अनुसार सहभागीले एमालेलाई गाली गरेर आफूहरू ठूलो नहुने बरु आफ्नै पार्टी निर्माणमा लागे मात्रै ठूलो र संगठित हुने भएकाले संगठन निर्माणमा लाग्नुपर्ने धारणा राखेका थिए।

परिषद् बैठकमा सहभागी प्रतिनिधिहरूले कांग्रेससँगको सहकार्यले पार्टी उँभो नलाग्ने बरु ध्वस्त हुने भएकाले कांग्रेससहितको गठबन्धनबाट चाँडै बाहिरिन नेतृत्वलाई सुझाएका छन्। खासगरी कर्णाली प्रदेशबाट सहभागी प्रतिनिधिले पार्टी बनाउने हो भने तत्काल कांग्रेसको साथ छाड्न सुझाव दिएका थिए। उनीहरूले निर्वाचनमा कुनै दलसँग तालमेल वा गठबन्धन गर्नुपरे जिल्ला तहलाई अधिकार नदिई केन्द्रबाटै प्रतिशतका आधारमा सिट संख्या तोकिनुपर्नेमा जोड दिएका थिए।

नेकपा एस प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठले भने, ‘मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा एमालेबाट विद्रोह गरी नेकपा एस स्थापना गर्नुपरेको, कम्युनिस्ट आन्दोलनमा देखा परेका विसर्जनवाद र अवसरवादविरुद्ध जनतालाई एकताबद्ध गर्ने, पार्टीको औचित्य, आवश्यकता र आगामी कार्यदिशाबारे परिषद् बैठकमा छलफल भयो ।’

केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठका अनुसार परिषद् बैठकमा छलफलका लागि गठन गरिएका ११ वटै समूहले आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि धारणा राखे। बैठकमा करिब एक हजार पाँच सय बढी नेता–कार्यकर्ता उपस्थित थिए। परिषद् बैठकमा सहभागीले पार्टीमा संस्थागत प्रणाली विकास नभएको भन्दै नेताहरूको आलोचना गरेका थिए।

व्यक्तिको पहुँचका आधारमा नेताहरूले काम गरेका र सामान्य कार्यकर्ताका प्रस्तावलाई बेवास्ता गरेको आरोप पनि प्रतिनिधिले लगाएका थिए। पार्टीमा मौलाउँदो ‘गणेश’ प्रवृत्तिमा तत्काल रोक लगाउनुपर्ने उनीहरूले बताएका थिए। ‘नेताहरूका वरिपरि धेरै घुम्ने, अरूलाई गाली गर्ने तर नीति र सिद्धान्तप्रति प्रतिबद्ध नभएका धेरै देखियो, नेताहरूसँग घुमेर रमाउने मात्रै नेता–कार्यकर्ता देखिए, उनीहरूले नै नेताहरूलाई चलाएको देखियो’, बैठकमा सहभागी एक प्रतिनिधिले भनेका थिए।

ती प्रतिनिधिले पार्टीले फिर्ता बोलाउनसाथ मन्त्रीहरू सरकारबाट नबाहिरिएको र उनीहरूले अन्य दलका नेतासँग मन्त्री थमौतीका लागि गुहार मागेको विषयमा पनि नेतृत्वको ध्यानाकर्षण गराएका थिए। मन्त्रीको कार्यशैलीप्रति पनि प्रतिनिधिहरूले असन्तुष्टि पोखेका थिए।

‘एमालेबाट हामी सबैजना विद्रोह गरेर आएका हौं तर सरकारमा सहभागी मन्त्रीले मात्रै पार्टी थेगेको जस्तो देखियो, पार्टीको निर्णय तत्कालै शिरोधार्य नगरी पार्टी नेतृत्वकै बदनाम गरियो,’ नेकपा एसमा मन्त्री फेरबदलमा चलेको रस्साकस्सीतर्फ लक्षित गर्दै प्रतिनिधिले भनेका थिए।

परिषद् बैठकमा सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले कांग्रेस र माओवादीले स्थानीय तह निर्वाचनमा नेकपा एसलाई धोका दिएको विषयमा फेहरिस्त नै सुनाएका थिए। सुदूरपश्चिम प्रदेशबाट हर्कबहादुर सिंहले समूह नेताको रूपमा सुझाव प्रस्तुत गरेका थिए। लुम्बिनी प्रदेश, प्रदेश १ र मधेश प्रदेशका प्रतिनिधिले एमालेसँग कार्यगत एकता वा वाम गठबन्धका लागि खुला छलफल गर्न सुझाव दिएका छन्।

मधेश प्रदेशबाट सुधीर साहले सुझाव प्रस्तुत गर्दै कांग्रेससँगभन्दा वाम दलसँग गठबन्धन गर्नुपर्नेमा जोड दिएका थिए। सम्पर्क विशेष र प्रवास विशेषबाट विजय गुरुङले पनि समूहबाट आएका सुझावलाई प्रस्तुत गर्दै पार्टी नीति, विचार र सिद्धान्तले बन्ने भएकाले त्यसतर्फ जोड दिएका थिए।

समग्र सुझाव सुनेपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले कम्तीमा एउटा निर्वाचनसम्म केपी ओली र एमाले पार्टीसँग एकता हुन नसक्ने जानकारी गराएका थिए। सम्मानित नेता झलनाथ खनालले पार्टी एकता वा गठबन्धनको विषयलाई पनि खुला राखेर अघि बढ्न सकिने बताएका थिए।

नेपाललाई प्रधानमन्त्रीको अफर!

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका छन्। पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै उनले आफूलाई कतैबाट प्रधानमन्त्रीको अफर आएको बताएका हुन्।

‘मलाई केही दिनअघि मात्रै, यो बैठक राख्ने तयारी गरिरहँदा कहीं, कतैबाट प्रधानमन्त्रीको अफर आएको थियो तर म त्यस्तो प्रलोभनमा फस्दिनँ,’ अध्यक्ष नेपालले भने। वाम गठबन्धनको कुरा चलिरहेका बेला अध्यक्ष नेपालले यो विषयलाई बैठकमा उजागार गरेका हुन्।

‘कोही साथीले प्रधानमन्त्रीको अफर लिएर आउनुभयो तर म समग्र साथीहरूको हित चाहन्छु,’ उनले भने। एमाले र माओवादीका नेताले वाम गठबन्धनको विषयमा छलफल गरिरहेका छन्। 
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२७ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस