ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बन्द
०७ असार २०७९
•
१ मिनेट पाठ
ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बन्द
स्थानीय तह सदस्य निर्वाचन प्रयोजनका लागि ताप्लेजुङमा खुलेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलबारबाट औपचारिक रुपमा बन्द भएको छ।




वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन गराउने प्रयोजनका लागि वैशाख ८ गते बिहीबार ताप्लेजुङसहित देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय खुलेका थिए।

मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतले निर्वाचनका सरोकारवाला पक्षको असल समन्वय र सञ्चारकर्मी तथा नागरिक समाजका व्यक्तित्वको विगतको अनुभवले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सकिएको भन्दै सम्बद्ध सबैप्रति आभार प्रकट गरेका छन्।

जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राउतको नेतृत्वको अगुवाइ स्थानीय तहको निर्वाचन संयमित, व्यवस्थित, भयरहित र निष्पक्ष बनाउन सकिएको भन्दै यस्ता जिम्मेवारी कुशलतापूर्वक सम्पन्न हुनुमा सबै पक्षको एकता, समन्वय र सहकार्यले काम गरेको बताए।

विगतमा भएका निर्वाचनको अवस्था, निर्वाचनका बेला देखा पर्ने चुनौतीको सामना गर्न अपनाइएको रणनीति र सम्भावित समस्या समेतको उजागर गरेर निर्वाचन पूर्ण रुपमा सफल पार्न आम सञ्चारकर्मी र नागरिक समाजका सदस्यबाट प्राप्त भएको रचनात्मक सहयोग उत्तिकै प्रशंसनीय रहेको प्रजिअ पोखरेलले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन व्यवस्थित रुपमा सम्पन्न गर्ने कार्यमा खटिएका प्रजिअ पोखरेलसहितको सुरक्षा निकायका प्रमुखहरु, मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रहेर खटिएका जनशक्ति तथा संस्थागत रुपमा पत्रकार महासंघ ताप्लेजुङ शाखालाई प्रशंसापत्र समेत प्रदान गरेको छ।
अर्को समाचार
ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
०८ वैशाख २०७९
•
१ मिनेट पाठ
ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा बिहीबार एक साथ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्। 




फुङलिङमा रहने मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत परिसरमा खुलेको छ। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस प्रकाश राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको शुभारम्भ गरेका छन्। 

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल,नेपाली सेनाको भीमकाली गुल्मका गुल्मपति प्रमुख सेनानी अदित श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी नायव उपरीक्षक) कैलाश राई,शसस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक रोशन बुढाथोकी,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी,कोष नियन्त्रक मदनकुमार पौडेल,मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोला र जिल्ला निर्वाचन अधिकारी दिनेश खनालको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। 

मुख्य निर्वाचन अधिकृत राउतले बिहीबार जिल्लाभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस