समन्वय प्रमुख पद गुमेपछि माओवादी केन्द्र ताप्लेजुङका भ्रातृ संगठनको विज्ञप्ती
०२ असार २०७९
•
३ मिनेट पाठ
समन्वय प्रमुख पद गुमेपछि माओवादी केन्द्र ताप्लेजुङका भ्रातृ संगठनको विज्ञप्ती
माओवादी केन्द्र ताप्लेजुङको आन्तरिक किचलोले जिल्ला समन्वय समितिको प्रमुख पद गुमेपछि वाइसिएसल र अनेरास्वबियु क्रान्तिकारीका ताप्लेजुङ जिल्ला कमिटीले विज्ञप्तीमार्फत घटनाको कारण पत्ता लगाइ दोषी माथि कारबाही गर्न माग गरेका छन्।




समन्वय प्रमुख पद माओवादीले,उपप्रमुख एसले र बहुमत सदस्य काँग्रेसले लिने पूर्व सहमति माओवादी केन्द्रको आन्तरिक किचलोका कारण उल्टिएको थियो। माओवादीको आन्तरिक किचलोले गठबन्धन दलबीच बनेको अर्को सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एस र उपप्रमुखमा काँग्रेसका उम्मेदवार बिजयी भएका छन्। वाइसिएसल र अनेरास्वबियु क्रान्तिकारीले बिहीबार विज्ञप्ती जारी गर्दै यो घटनाले माओवादी केन्द्रलाई राजनीतिक रुपमा ठूलो क्षति पुगेको र पार्टीले पाइसकेको प्रमुख पद समेत गुमेको भन्दै निन्दा गरेका छन्।

वाइसिएलका जिल्ला अध्यक्ष कैलाश मावो लिम्बूले पार्टीको निर्णय बिपरित वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मनोनयन पत्रको दुरुपयोग गरेर पार्टीका फुङलिङ नगर कमिटी अध्यक्ष गंगाराम शंकरले मनोनयन दर्ता गरेपछि पार्टीका आधिकारिक उम्मेदवारले मनोनयन नै दर्ता गर्न नपाएको बताएका छन्। लिम्बूद्धारा हस्ताक्षरित विज्ञप्तीमा यो घटनामा पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमलाई मुख्य दोषी किटान गरिएको छ। यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष झरेन्द्र तिवारी र सचिव अनिता पन्दाकद्धारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको भागमा परेको समन्वय प्रमुख पद गुमेको र पार्टीले यसलाई ठूलो धक्का लागेको दावी गरिएको छ।

यस घटनामा संलग्नहरुलाई छानबनि गरी पार्टी अनुशासन अनुसार कारबाही गर्न उनीहरुले माग गरेका छन्। समेत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मनोनयन पत्रको दुरुपयोग गरेर जिसस प्रमुखको उम्मेदवारी दर्ता गरेको आरोप लागेका शंकरको उम्मेदवारीमा वनेम प्रस्तावक र मैवाखोला गाउँपालिकाबाट निर्वाचित उपाध्यक्ष कमलकुमारी लिम्बू(असली) समर्थक रहेकी थिइन्।

शंकरको उम्मेदवारी आधिकारिक नभएको भन्दै जिल्ला कमिटीले प्रदेश कमिटीलाई आग्रह गरेपछि प्रदेश कमिटीले शंकरको उम्मेदवपारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेखेको थियो। सोअि अनुसार शंकरको उम्मेदवारी फिर्ता भएको थियो। गठबन्धन दलबीच सहमति भएको भनेर माओवादी केन्द्रबाट निर्वाचित पालिका अध्यक्ष वनेमले शंकरको समर्थक बसिदिन गरेको आग्रह आफुले स्वीकार गरेको कमलकुमारीको भनाइ रहेको छ।

उनी काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला समन्वय समितिका इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री‘पराग’का अनुसार पार्टीको प्रदेश कमिटीले जिल्ला समन्वय समिति प्रमुख पदका लागि प्रदेश कमिटी सचिवालय सदस्य मिङ्माडण्डु शेर्पालाई उम्मेदवारी दिएको थियो। गठबन्धनमा रहेका दलहरु क्रमशःकाँग्रेस,माओवादी र नेकपा एसले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन पूर्व जिल्लाभरका ९ स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत गठबनधन गर्दै पदीय भागबण्डा गरेका थिए। सोही अनुसार माओवादीले पाउने समन्वय समितिको प्रमुख पदमा पार्टी प्रदेश कमिटीले मिङ्माडण्डुको नाम पठाएपनि उनको उम्मेदवारी दर्ता पहिले नै बिजयप्रकाश प्रस्तावक र कमलकुमारी समर्थक रहेको माओवादी केन्द्रकोतर्फबाट शंकरको उम्मेदवारी दर्ता भएको थियो।

माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक बिरु हाङवाङले वनेम र शंकरले यसअघिको सिफारिस प्रयोग गरेर पार्टीका आधिकारिक उम्मेदवार लागेको बताए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस