खोटाङ समन्वय प्रमुख/उपप्रमुखमा जसपा र माओवादी
३० जेष्ठ २०७९
•
३ मिनेट पाठ
खोटाङ समन्वय प्रमुख/उपप्रमुखमा जसपा र माओवादी
नवनिर्वाचित जिल्ला समन्वय प्रमुख राई र उपप्रमुख तामाङ। तस्बिरः महेश्वर
खोटाङ जिल्ला समन्वय समितिमा बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)ले प्रमुख तथा उपप्रमुख पाएका छन्। सोमबार विहान भएको निर्वाचनमा दुई पार्टीको गठबन्धनबाट उठेका साझा उम्मेदवार प्रमुख, उपप्रमुख र सदस्यमा निर्वाचित भएका हुन्।  




मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङका अनुसार समन्वय प्रमुखमा जनता समाजवादी पार्टी नेपालका सनबहादुर राई र उपप्रमुखमा माओवादीका सुरेशकुमार तामाङ विजयी भएका छन्। राई र तामाङले १६/१६ मत पाएर प्रमुख र उपप्रमु्खमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १० स्थानीयतहका प्रमुख, उपप्रमुख गरी २० मत रहेको खोटाङमा नेकपा (एमाले)बाट प्रमुख र उपप्रमुखका उम्मेदवारहरु क्रमशः किशोरकुमार श्रेष्ठ र सन्तोष राईलाई ४/४ मत परेको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले बताईन्।  

९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमखु र उपप्रमुखबाहेक ७ सदस्य बाम–लोकतान्त्रिक गठबन्धनकै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन्। जसमा खुलातर्फ काँग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई र मोहन सुप्तीहाङ, महिला सदस्यमा काँग्रेसकै कला राई र माओवादीका विष्णुमाया राई निर्वाचित भएका छन्। अर्की महिला सदस्यमा नेकपा (एकीकृत समाजवादी)की दिलकमारी राई छानिदा दलित सदस्यमा माओवादीकी चमेली विश्वकर्मा निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

बाम लोकतान्त्रिक गठबन्धन हुने भएपछि एमालेले प्रमुख र उपप्रमुखबाहेक पदमा उम्मेदवारी दिएन। एमालेसँग ४ मत मात्र रहेको थियो भने सत्तारुढ गठबन्धनसँग १६ मत रहेकाले अन्य पदमा एमालेले उम्मेदवारी नदिएको जनाएको छ। प्रमुख र उपप्रमुखमा भने पार्टीको अस्तित्व रक्षाका लागि मात्र नै भए पनि उम्मेदवारी दिने निर्णय गरेको एमालेका एक नेताले बताए।  

२०७४ को निर्वाचनमा एमाले एक्लैले १० मध्ये ५ वटा स्थानीयतहमा विजयी हासिल गरेको थियो। एमालेले त्यो बेला जिल्ला समन्वय समितिमा एक्लैले कब्जा जमाएको थियो। अघिल्लो चुनावमा सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित ५ प्रमुख, ७ उपप्रमुख र ३६ वडाध्यक्ष एमालेले जितेको थियो। यस पटकको चुनावमा भने एमालेले खोटाङमा २ गाउँपालिका प्रमुख, २ उपप्रमुख तथा १९ वडाध्यक्ष मात्र जित्न सफल भएको छ।  

यस पटक एमालेले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐसेलुखर्कमा प्रमुख र  रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको छ। यसवर्षको चुनावमा गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएपछि एमाले खुम्चिन पुगेको हो। पहिलो निर्वाचनमा सबभन्दा ठूलो दल बनेको एमालेले यो चुनावमा क्षति बेहोर्नु परेको छ।

काँग्रेसले २०७४ मा ४ प्रमुख, ३ उपप्रमुख र २७ वडाध्यक्ष जितेको थियो भने यसपटक ६ प्रमुख, ४ उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ। अघिल्लो चुनावमा हलेसी तुवाचुङ नगरपालिकामा मेयर उपमेयरसहित बहुमत वडाध्यक्ष जित्न सफल भएको काँग्रेसले यसपटक दिक्तेल रुपाकोट मझुवागढीमा पनि मेयर जितेको छ। मझुवागढीमा गठबन्धनबाट मेयर काँग्रेसले जित्दा माओवादीले उपमेयर जितेको छ। त्यसैगरी काँग्रेसले गठबन्धनबाटै केपिलासगढी, बाराहपोखरी, साकेला र रावावेंसी गाउँपालिका पनि प्रमुख जितेको छ भने ऐसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको छ।  

माओवादीले २०७४ मा साकेला गाउँपालिका प्रमुख र १३ वडाध्यक्ष जितेको थियो। तर, यसपटक गठबन्धनबाट चुनाव लड्दा माओवादीले २ प्रमुख, २ उपप्रमुख र २३ वडाध्यक्ष जित्न सफल भएको छ। यसपटक माओवादीले खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिका प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपाध्यक्ष जित्न सफल भएको छ।

यसैवर्ष खुलेर चुनावमा भाग लिएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी (जसपा)ले खोटाङमा १/१ उपाध्यक्ष र २/२ वडाध्यक्ष जितेका छन्। गठबन्धनबाट चुनावमा भाग लिएका यी दुवै पार्टीहरु एकीकृत समाजवादीले बाराहपोखरी गाउँपालिकामा उपाध्यक्ष जित्दा जसपाले केपिलासगढीमा उपाध्यक्ष जितेको छ। काँग्रेसबाहेक माओवादी, एकीकृत समाजवादी र जसपाबीच चुनावी तालमेल हुँदा केपिलासगढीमा गठबन्धनबाटबाट जसपा उपाध्यक्ष जित्न सफल भएको हो।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस