त्रियुगा नगरकार्यपालिकामा काँग्रेसलाई धक्का
२८ जेष्ठ २०७९
•
३ मिनेट पाठ
त्रियुगा नगरकार्यपालिकामा काँग्रेसलाई धक्का
त्रियुगा नगरपालिका। तस्बिरः महेश्वर
वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचनमा गठबन्धन नगरी मेयर र बहुमत वडाध्यक्ष कब्जा जमाउन सफल भएको त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसले कार्यपालिका सदस्य चयनमा धक्का खाएको छ। काँग्रेसले नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन गर्न नमान्दा कार्यपालिकामा अल्पमत बेहोर्नु पर्ने अवस्था आएको हो।  




शनिबार सम्पन्न ८ जना कार्यपालिका सदस्य चयनमा काँग्रेस एउटा सदस्यमा मात्र चित्त बुझाउन बाध्य भएको छ। ८ मध्ये १ जना सदस्य मात्र त्यो पनि गोलाप्रथाबाट पाउनु पर्ने अवस्था काँग्रेसलाई सिर्जना भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार ८२ सदस्यीय नगरसभामा मेयर, ९ वडाध्यक्ष तथा सदस्यसहित ४२ जनाको स्पष्ट बहुमत जितेको काँग्रेसले बहुमतको दम्भ देखाउँदै माओवादीसँग गठबन्धन गर्न मानेको थिएन।  

लामो छलफल चलाइए पनि बहुमतको आडमा गठबन्धन नगर्ने अडान लिएपछि सत्ता साझेदार दलमध्येको माओवादीले ८ मध्ये ४ जना सदस्यमा उम्मेदवारी दिएको थियो। उता काँग्रेस र माओवादीबीच विद्यमान गठबन्धन कुनै हालतमा तोड्न अनेक प्रपञ्च रच्दै आएको नेकपा (एमाले) काँग्रेस र माओवादीबीचको यो अवस्थालाई भरपुर उपयोग गर्ने पक्षमा थियो। यही क्रममा काँग्रेस गठबन्धन गर्न नमानेपछि माओवादीलेजस्तै एमालेले पनि ४ सदस्यमा मनोनयन गरेको थियो।

काँग्रेसका मेयर, एमालेबाट उपमेयर र १६ वडाध्यक्षमा ९ काँग्रेस, ४ एमाले र ३ माओवादीले जितेको त्रियुगामा ६४ सदस्यसहित ८२ सदस्यीय नगरसभामा काँग्रेसको स्पष्ट बहुमत ४२ सदस्य थिए। आफूले स्पष्ट बहुमत जितेकै कारण ८ कार्यपालिका सदस्य छनौटमा काँग्रेस एक्लै जित्ने योजनाका साथ अघि बढेको थियो। स्थानीय सरकार सञ्चालन ऐन ०७४ अनुसार नगरपालिकामा विजयी सदस्यमध्येबाट ५ महिला तथा अल्पसंख्यक, दलित तथा महिलाबाट १÷१ गरी ३ सदस्य गरी ८ जना कार्यपालिका सदस्य चयन गर्नुपर्ने व्यवस्था छ। जस अनुसार काँग्रेसले ८ जनाका लागि एक्लैले मनोनयन दर्ता गराएको थियो।  

स्थानीयतह निर्वाचनमा पनि गठबन्धन नभएको काँग्रेससँग कुरा नमिलेपछि माओवादीले एक्लै ४ सदस्यका लागि मनोनयन दर्ता गरेको थियो भने एक्लै पराजयको शिकार भएको एमालेले माओवादीसँग अघोषित तालमेल गर्ने भन्दै ४ सदस्यमा मात्र उम्मेदवाराी दिएको थियो। उता काँग्रेसले भने बहुमतको दम्भमा ८ जनै सदस्यको उम्मेदवारी दिएको थियो।

अल्पसंख्यक, दलित र महिलामा निर्वाचितभन्दा बाहिरबाट पठाउनुपर्ने ३ जनामा नियमानुसार काँग्रेसले गुणराज दनुवार, बलदेव विश्वकर्मा र बालोप्रसाद भगतलाई पठाएको थियो भने निर्वाचित सदस्यमध्येबाट पठाउनुपर्ने ५ महिलातर्फ अनिता थापा, गोमाकुमारी राउत, भलमाया मगर, बिमला राई र मीरा विश्वकर्मालाई उठाएको थियो।

यता माओवादीले उठाएको ४ सदस्यमा अल्पसंख्यकतर्फ बिमल किराती, दलिततर्फ प्रल्हाद विश्वकर्मा र निर्वाचितबाट रेखा थापामगर तथा कुन्ति परियारलाई उठाएको थियो। एमालेले भने डिल्लीसेर राईलाई अल्पसंख्यकमा, रेनुका श्रेष्ठ र रेनुका श्रेष्ठ र गीताकुमारी उप्रेतीलाई र दलिततर्फ सुनिता गजमेरलाई उठाएको छ।

उम्मेदवारी दिनेहरु कसैले नाम फिर्ता नलिएपछि २८ गते शुक्रबार सबै सदस्यका लागि चुनाव भएको थियो। जसमा एमालेका ४ जनै उम्मेदवार कार्यपालिका सदस्यमा विजयी भएका छन् भने माओवादीका ३ जना चयन भएका छन्। काँग्रेसले दिएको ८ उम्मेदवारमध्ये बलदेव विश्वकर्मा र माओवादीका प्रल्हाद विश्वकर्माले बराबर मत पाएपछि गोलाप्रथाबाट चिठ्ठा तान्दा बलदेवको भागयमा कार्यपालिका सदस्य परेको छ।

यो कार्यपािलका सदस्य चयनसँगै त्रियुगा नगरपालिका बोर्डमा काँग्रेसका मेयर, ९ वडाधध्यक्ष र १ कार्यपालिका सदस्यसहित ११, एमालेबाट १ उपमेयर, ४ वडाध्यक्ष र ४ कार्यपालिकासहित ९ तथा माओवादीबाट ३ वडाध्यक्ष र ३ कार्यपालिका सदस्यसहित ७ जना पुगेको छ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस