ताप्लेजुङ समन्वय समितिको प्रमुखमा गठबन्धनका दुई र एमालेका एकजनाको उम्मेदवारी
२८ जेष्ठ २०७९
•
३ मिनेट पाठ
ताप्लेजुङ समन्वय समितिको प्रमुखमा गठबन्धनका दुई र एमालेका एकजनाको उम्मेदवारी
अप्रत्यासित रुपले मोडिएको राजनीतिक परिवेशले अन्ततः ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुख पदमा त्रिपक्षीय उम्मेदवारी दर्ता भएको छ।




उपप्रमुखमा नेपाली काँग्रेसका कृष्णप्रसाद लिङखिमको मात्र उम्मेदवारी परेको छ भने ७ सदस्यमध्ये गठबन्धन पक्षले ७ जनामै उम्मेदवारी गराउँदा हुँदा एमालेले ४ पदमा मात्र उम्मेदवारी दर्ता गरेको छ। यसअघि गठबन्धन दलहरुबीच माओवादी केन्द्रले प्रमुखसहित १ सदस्य, नेकपा एसले उपप्रमुख र ६ जना सदस्य काँग्रेसको तर्फबाट हुने पदीय भागबण्डा भएको बताइँदै आएको थियो।

माओवादी केन्द्रकातर्फबाट पादफुङ्लिङ नगर कार्यपालिका सदस्य गंगाराम शंकरले पार्टीको पत्रसहित प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका जिल्ला सहइञ्चार्ज तथा मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेम र गठबन्धनतर्फ नेपाली काँग्रेसबाट सोही गाउँपालिका उपाध्यक्षमा निर्वाचित कमलकुमारी लिम्बू प्रस्तावक तथा समर्थक रहेर शंकरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

एमालेका तर्फकाट प्रमुख पदमा निवर्तमान समन्वय प्रमुख घनेन्द्र मादेनको उम्मेदवारी परेको छ भने नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ शेर्पाले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुखमा शेर्पा र उपप्रमुखमा लिङखिमसहितको उम्मेदवारीलाई गठबन्धन पक्षले आधिकारिक भनेको छ। माओवादी केन्द्रले पार्टी प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला सहइञ्चार्ज मिङ्माडण्डु शेर्पा र सदस्यका रुपमा याम्फुदिनका सन्तोष राईलाई अघि सार्ने तयारी गरेको थियो।

शेर्पा समन्वय प्रमुखको आकाँक्षासहित फक्ताङलुङगाउँ पालिकाबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए। माओवादी केन्द्रका जिल्ला समन्वय कमिटी संयोजक बिरु हाङ्वाङले प्रमुख पदमा शंकरको उम्मेदवारी पार्टीकोतर्फबाट स्वीकारयोग्य नभएको प्रतिक्रिया दिए। ‘पार्टीकातर्फबाट यसअघि स्थानीय तहका पदाधिकारी तथा सदस्यका लागि जारी भएको प्रदेश कमिटीको पत्र दुरुपयोग गरी उहाँको उम्मेदवारी दर्ता भएको छ,’ हाङवाङले भने।

उनले प्रदेश कमिटीले यसअघि गठबन्धन पक्षबीच भएको सहमति अनुसारकै पदीय भागबण्डा अनुसार पार्टीको प्रदेश कमिटीले प्रमुख पदमा मिङ्माडण्डु शेर्पा र सदस्यमा सन्तोष राईलाई मनोनयन गरी पठाइएको पत्र जिल्ला समन्वय कमिटीमा समेत प्राप्त भएको जानकारी दिए। पहिलानै पार्टीको पत्रसहित शंकरको उम्मेदवारी दर्ता भएकोले मिङ्माडण्डुको उम्मेदवारी दर्ता भएन। गठबन्धन पक्षका उम्मेदवारहरु भनेर दावी गरिएका क्रमशः प्रमुख पदका छिरिङ शेर्पा र उपपप्रमुखका कृष्ण लिङखिम लिम्बूसहितका अन्य ७ जना सदस्यको उम्मेदवारी दर्ताका समयमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसका केन्द्र तथा जिल्ला स्तरीय नेताहरु उपस्थित थिए।

जिल्ला समन्वय समितिको महिला सदस्यमा एमालेकी मीना आचार्य तथा काँग्रेसका हेमन्ता मिश्र पौडेल, चन्द्रकला दाहाल र सबिता लिङ्देनको उम्मेदवारी परेको छ। दलित वा अल्पसंख्यकतर्फ एमालेकी बबिता बिक र नेकपा माओवादीका सन्तोष राईको उम्मेदवारी दर्ता भएको छ। अन्य सदस्यमा एमालेका पुण्यप्रसाद खतिवडा र जयप्रकाश लिम्बू,काँग्रेसका बिष्णु तिवारी, माओवादी केन्द्रका भूपाल मादेन र नेकपा एसबाट रवीन्द्रकुमार वनेमको उम्मेदवारी दर्ता भएको छ। काँग्रेसका उनी यसअघि वडा सदस्यमा नेकपा एसको कलम चिन्ह लिएर उठेका थिए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस