सरकारले भर्खरै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट फुटेर बनेको नेकपा (बहुमत) ले साताव्यापी आन्दोलनको घोषणा गरेको छ। पार्टीको नवगठित जिल्ला समिति उदयपुरले शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै मूल्यवृद्धिविरुद्ध आन्दोलनको घोषणा गरेको हो।
नेपाल आयल निगमले जेठ २६ गते राति १२ः०० बजेदेखि लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य तत्काल फिर्ता लिन माग गर्दै अन्यथा देशव्यापी आन्दामेलनको घोषणा गरेको विज्ञप्तीमा उल्लेख छ। पार्टी जिल्ला समिति संयोजक गौरबहादुर देवकोटा (जटिल)द्वारा जारी विज्ञप्तीमा वैशाख ३० गते सम्पन्न स्थनीयतह चुनावपछिका २७ दिनमा मात्र ३ पटकमा पेट्रोलको मात्र प्रति लिटर १८ रुपैयाँ मूल्यवृद्धि गरेको भन्दै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने घोषणा गरिएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण तेलको अन्तर्राष्ट्रिय मूल्य अनुसार भएको सरकारले कुतर्क पेश गर्ने गरेको भन्दै विज्ञप्तीमा बिभिन्न कर, ढुवानी, निगमको प्रशासनिक खर्च, बिमा, प्राविधिक नोक्शानी, बिक्रेता कमिशनलगायतको नाममा राज्यले पेट्रोलमा मात्र प्रतिलिटर ६१ रुपैयाँ २३ पैसा र डिजलमा ४३ रुपैयाँ ९१ पैसा जनताबाट लुटिरहेको आरोप लगाएको छ। यसरी अनेक बहाना गरेर दलाल संसदीय व्यवस्थाको सरकारले नेपाली जनताको ढाड सेक्ने काम गरेको आरोप विज्ञप्तीमा लगाइएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै महंगीले आकाश छोएका कारण सर्वसाधारण जनताको जीवनस्तर अत्यन्त कष्टकर भएको भन्दै सबै उपभोग्य सामग्रीमा वृद्धि भएको मूल्य तत्काल हटाउन विज्ञप्तीमा आग्रह गरिएको छ। सो माग पूरा गराउन पार्टीले शुक्रबारकै मितिदेखि लागू हुने गरी ७ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको पनि विज्ञप्तीमा उल्लेख छ।
घोषित कार्यतालिका अनुसार २७ गते शुक्रबार ज्ञापनपत्र बुझाउने, २९ गते देशभरका आयल निगम कार्यालयमा धर्ना दिने, ३० गते प्रधानमन्त्री कार्यालय बालुवाटार र सबै प्रदेश मुख्यमन्त्रीसमक्ष धर्ना दिने कार्यतालिका विज्ञप्तीमा उल्लेख छ। त्यसैगरी ३१ गते सिंहदरवार र सबै स्थानीयतहमा धर्ना, १ गते देशव्यापी मशाल जुलुस गर्ने तथा २ गते देशभर विहान १० देखि ११ बजेसम्म १ घण्टा चक्काजामको कार्यक्रम रहेको घोषणा पार्टीले गरेको छ।
संयोजक जटिलले घोषित कार्यक्रम अनुसार शुक्रबार ज्ञापनपत्र बुझाउने काम भईसकेको र बाँकी कार्यक्रम तोकिएको तालिका अनुसार सञ्चालन हुने बताए। उनले विप्लव नेतृत्वको नेकपा दलाल संसदीय व्यवस्थामा फसिसकेकाले क्रान्तिकारी सोच र विचार बोकेका आफूलगायत देशभरका नेता कार्यकर्ता नेकपा (बहुमत) को गठन गरी क्रान्तिलाई निरन्तरता दिन लागि परेको बताए। उनका अनुसार उदयपुरको २१ सदस्यीय जिल्ला कमिटीमा ७ जनाबाहेक बाँकी सबै सदस्य नयाँ पार्टीमा ध्रुवीकृत भएका छन्।
उनका अनुसार जिल्ला सेक्रेटरी लक्ष्मण पौड्याल, जीतबहादुर पुलामीमगर, पूर्ण कटुवाल, अमृत खत्री, मीनप्रसाद पोखरेल र अनिता खड्का विप्लव नेतृत्वको नेकपामै बसेका छन्। जिल्ला सदस्यहरु गौरबहादुर देवकोटा (जटिल), सुरेन्द्र थापा, उमेश सुबेदी, पूर्ण तामाङ, अमृत विष्ट, मानबहादुर तामाङ, गोपाल तामाङ, चन्द्र बराल, टंक श्रेष्ठलगायत जिल्ला सदस्यहरु नेकपा (बहुमत)मा समाहित भएको उनले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...