जिल्ला समन्वय समितिमा गठबन्धनभित्रै ‘बागी’ उम्मेदवार
२५ जेष्ठ २०७९
•
३ मिनेट पाठ
जिल्ला समन्वय समितिमा गठबन्धनभित्रै ‘बागी’ उम्मेदवार
जिसस प्रमुखमा मनोनयन दर्ता गराएका कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र जसपाका उमेशकुमार कुर्मी। तस्बिर: नागरिक
बाँकेस्थित जिल्ला समन्वय समिति निर्वाचनका लागि गठबन्धनभित्रैबाट ‘बागी’ उम्मेदवार बनेका छन्। समन्वय समिति निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको थियो।  




गठबन्धनका तर्फबाट प्रमुख पदमा कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुखमा पनि कांग्रेसकै सिता कार्कीले मनोनयन दर्ता गराएका छन्। तर, गठबन्धनमा रहेको दल जसपाले पनि उमेशकुमार कुर्मीलाई प्रमुख पदको उम्मेदवार बनाएको छ। गठबन्धनभित्र कांग्रेसले प्रमुख र उपप्रमुखसहित ४ जना सदस्य तथा जसपा, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) ले १/१ जना सदस्य लिने सहमती भएपनि जसपाले बागी उम्मेदवार बनाएको कांग्रेससहित गठबन्धन दलको आरोप छ।

यस्तै उपप्रमुखमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि कांग्रेस नेतृ कार्की निर्विरोध भएकी छन्। समन्वय समितिको सदस्य(खुल्ला) मा नेपाली कांग्रेसका उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारु निर्विरोध भएका छन्। यस्तै दलित वा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसका जगदिश बाल्मिकीको पनि एकल उम्मेदवारी परेकाले उनी पनि निर्विरोध भइसकेका छन्।

महिला सदस्य पदमा भने नेकपा (माओवादी केन्द्र) की चमेली थरुनी र रेवती दमाई तथा जसपाकी तरन्नुन बानो शेष र लक्ष्मी पासीले उम्मेदवारी दर्ता गराएका छन्। महिला सदस्यमा ३ जना निर्वाचित हुने ब्यवस्था छ। समन्वय समितिको प्रमुख र महिला सदस्य पदमा आवश्यक संख्या भन्दा बढी उम्मेदवार भएकाले दुबै पदका लागि मतदान गराइने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए। ‘अन्य पदमा आवश्यक संख्या अनुसार नै मनोनयन दर्ता भएकाले उनीहरु निर्विरोध भइसकेका छन्,’ तिवारीले भने। बाँकेमा कुल ८ वटा स्थानीय तह रहेका छन्। यि मध्ये नेपाली कांग्रेसले कोहलपुर नगरपालिका तथा राप्ती सोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ।  

यस्तै नेपालगन्जमा कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख जितेको छ। खजुरा गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुखमा कांग्रेसले जितेको छ, भने नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जसपाले जितेको छ। समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने ब्यवस्था छ। उक्त निर्वाचनका लागि कुल १६ जना मतदाता रहेका छन। यि मध्ये १२ जना मतदाता नेपाली कांग्रेसका छन्।  

समन्वय समितिका लागि स्थानीय तहमा निर्वाचन प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्य जो कोही पनि उम्मेदवार बन्न पाउँछन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही जेठ २७ गते बिहान ११ देखि १ बजेसम्म मतदान गर्ने समय तोकिसकेको छ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनलाई स्वीकार नगरेको बताए। जसपालाई बैठकमा बोलाउँदा अनुपस्थित भएको र गठबन्धनभित्र रहेका बाँकी दलबीच भएको छलफल अनुसार जसपा, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) लाई १÷१ जना सदस्य पद दिने सहमती भएको बताए।  

तर, जसपाले गठबन्धनभन्दा बाहिर गएर प्रमुख र महिला सदस्य पदमा आवश्यक भन्दा बढी उम्मेदवारी दर्ता गराएको सभापति गौडेलको जिकिर छ। ‘उम्मेदवारी दर्ता गराउने जसपाको स्वतन्त्रताको कुरा हो, जसपा गठबन्धनको छलफलमै आएन, तरपनि गठबन्धनभित्रका बाँकी दलहरु बसेर लिखित माइन्युट गरेका छौं,’ उनले भने ‘जसपाले कहिल्यै गठबन्धनलाई मानेको छैन, उसले गठबन्धनलाई महत्व दिएको छैन, जसले गर्दा यो अवस्था आएको हो।’  

जनता समाजवादी पार्टी(जसपा)का जिल्ला अध्यक्ष समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले जिल्ला समन्वय समितिको निर्वाचनमा जसपा पाँच दलिय गठबन्धनभित्र नरहेको बताए। ‘यो निर्वाचनमा जसपा गठबन्धनभित्र छैन, कांग्रेसले हामीलाई गठबन्धनबाट भगाईदियो,’ उनले भने। चुनाव हार्न तयार भएपनि जसपाले उम्मेदवारी दर्ता गराएको राईले बताए।  

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा कांग्रेस, जसपा, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा बीच गठबन्धन बनेको थियो। सो क्रममा गठबन्धनभित्रका प्रमुख र उपप्रमुख पदका उम्मेदवार निर्वाचित भएका थिए।  

तर, उपमहानगरपालिकाको कार्यपालिका(बोर्ड) सदस्य निर्वाचनमा भने गठबन्धनबाट जसपा बाहिरिएको थियो। त्यसपछिराप्रपासँग कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका थिए।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
८ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस