गत वैशाख ३० गतेको निर्वाचनबाट निर्वाचित ताप्लेजुङका स्थानीय तहका पदाधिकारीहरुले जिल्ला समन्वय समिति ९ सदस्यीय रहने यसअघिको निर्णयलाई निरन्तरता दिने भएका छन्।
यहाँका स्थानीय तहमा निर्वाचित प्रमुख/अध्यक्ष,उपप्रमुख/उपाध्यक्षको आइतबार सम्पन्न जिल्ला सभाले जिससमा प्रमुख,उपप्रमुख र ७ जना सदस्य गरी ९ जनाको कार्यकारी समिति रहने यसअघिको निर्णलाई निरन्तरता दिने निर्णय गरेको निमित्त जिल्ला समन्वय अधिकारी मुक्तिनाथ सुबेदीले जानकारी दिए।
पहिलो जिल्ला सभाले जिल्ला समन्वय समितिमा रहने कार्यकारी सदस्यको टुङ्गो लगाउनुपर्ने वैधानिक व्यवस्था रहेको छ। स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित यहाँका स्थानीय तहका प्रमुख/अध्यक्ष,उपप्रमुख/उपाध्यक्षको २०७४ साल साउन ४ गते सम्पन्न पहिलो जिल्ला सभाले ताप्लेजुङ जिल्ला समन्वय समिति ९ सदस्यीय रहने निर्णय गरेको थियो। सभाले जिल्ला समन्वय समितिको निर्वाचन असार १ वा २ गते भित्र गर्दा अनुकूल हुने सुझाव पनि दिएको छ। जिल्ला समन्वय समितिमा प्रमुख/अध्यक्ष,उपप्रमुख/उपाध्यक्ष मतदाता हुनेछन्।
समितिमा तीन सदस्य महिला अनिवार्य हुने नियममा व्यवस्था छ। पहिलो सभामा मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेम,फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष मुक्ति(राजन) लाबुङ तथा मैवाखोला गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू र सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्र मावो भने अनुपस्थित थिए।