सिरिजङ्गा कार्यपालिकामा गठबन्धन पक्षधर नै विजयी
१७ जेष्ठ २०७९
•
२ मिनेट पाठ
सिरिजङ्गा कार्यपालिकामा गठबन्धन पक्षधर नै विजयी
गठबन्धन दलबीचको आन्तरिक टकरावले ताप्लेजुङको सिरिजङ्गा गाउँ कार्यपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका ३–३ जना उम्मेदवार विजयी गराउने योजना बिफल भएको छ। 




कार्यपालिकामा गठबन्धन पक्षधरकै सतप्रतिशत नतिजा आएपनि ६ जना कार्यपालिका सदस्य निर्वाचित हुने ठाउँमा त्यहाँ माओवादी केन्द्रका ४ र नेपाली काँग्रेसका २ जना उम्मेदवार विजयी भए। निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा काँग्रेसबाट गंगा भट्टराई र मनकुमारी राई तथा माओवादी केन्द्रबाट सीतादेवी दाहाल र रमिला खत्री निर्वाचित भएका छन्। पालिका भित्रका मतदातामध्ये दलित वा अल्पसंख्यकबाट कार्यालिकामा जाने दुई पदमा भने माओवादी केन्द्रका राम घतानी र मिङ्मा शेर्पा निर्वाचित भएका छन्।

गठबन्धन दलबीच के भएको थियो सिरिजङ्गामा?

स्रोतका अनुसार ६ सदस्यीय कार्यपालिकामा गठबन्धन पक्षका काँग्रेस र माओवादी केन्द्रबीच ३–३ पद लिएर निर्वाचनमा जाने बिषयमा दुईदलबीच लगभग सहमति बन्ने कुरा थियो। 

काँग्रेस दलित र अल्पसंख्यक दुबै कोटा आफ्नो पक्षमा होस् र निर्वाचित महिला सदस्य भित्रबाट कार्यपालिकामा जाने ४ मध्ये एक पद आफूले लिएर ३ पद माओवादीलाई दिने योजनामा थियो। माओवादी केन्द्र दलित वा अल्पसंख्यक भित्रका दुई पदमा एक–एक पद बाडिनुपर्ने तथा निर्वाचित महिला सदस्यभित्रबाट कार्यपालिका सदस्यमा जाने ४ पदमा पनि २–२ का संख्याले बाँड्नुपर्ने पक्षमा रहेको थियो। यि दुईबीच सहमति बन्न सकेन। फलस्वरुप कार्यपालिका सदस्यका लागि काँग्रेसले ५ र माओवादी केन्द्रले ६ पदमा उम्मेदवारी दिए। एमालेले पनि ६ पदमै उम्मेदवारी दियो। 

गठबन्धन दलबीच उम्मेदवारी फिर्ताको समयसम्म पनि कुरा मिलेन र जस–जसले उम्मेदवारी दिएका थिए,उनीहरु सबैको उम्मेदवारी कायम भयो। माओवादी र काँग्रेस दुबैले दलित वा अल्पसंख्यक भित्र २–२ जना उम्मेदवार खडा गरेका थिए। काँग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ दलिततर्फबाट उम्मेदवारी दिएका सन्तोष पुर्कटीलाइ कार्यपालिका सदस्य बनाउन चाहन्थे। उनले पुर्कुटीलाइ आधिकारिक उम्मेदवार बनाएर जान सिरिजंगामा रहेको काँग्रेस संसदीय बोर्डलाइ पत्र पनि लेखेका थिए। 

गठबन्धन दलमध्येको एक घटक नेकपा एसले निर्वाचनको सहमति तोडेको भन्दै यसअघि नेकपा एसले पाउने जिल्ला समन्वय समिति उपप्रमुखको पद एसलाइ नदिएर आफैं अघि सर्ने योजनामा रहेको काँग्रेसबाट समन्वय उपप्रमुखका लागि पुर्कुटी पनि चर्चामा थिए। पत्रकारिता क्षेत्रबाट स्थापित पुर्कुटी समन्वय उपप्रमुख हुने चर्चाकै बीच पालिका अध्यक्ष लालकृष्ण चौहानको गृह गाउँ आम्बेगुदिनबाट अमृत राईले पनि दलित वा अल्पसंख्यक कोटाबाट जाने २ पद भित्रमा लागि उम्मेदवारी दिए। 

तर नतिजा काँग्रेसका दुबै उम्मेदवारको पक्षमा गएन र माओवादी केन्द्रका दुबै उम्मेदवार कार्यपालिका सदस्यमा विजयी भए। योसंगै अब १६ सदस्यीय कार्यपालिकामा पालिका अध्यक्षसहित काँग्रेसको ७,उपाध्यक्षसहित माओवादी केन्द्रको ६,वडाध्यक्ष एमालेको २ र स्वतन्त्र एकजना वडाध्यक्ष रहने छन्। यद्यपी गठबन्धन पक्षधर दलहरुबीच सिरिजङ्गाम भएको ‘गढबढ’बारे गठबन्धन पक्षधर दलहरुले अहिलेसम्म आधिकारिक केही प्रतिक्रिया भने दिएका छैनन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस