नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिकामा कुनैपनि दलले बहुमत पुर्याउन सकेका छैनन्। उपमहानगरपालिकाको कार्यपालिका(बोर्ड)मा संख्यात्मक रुपले सबैभन्दा बढी सिट जनता समाजवादी पार्टी(जसपा), त्यसपछि नेपाली कांग्रेस, एमाले र राप्रपा तथा माओवादी केन्द्रको रहेको छ।
केही दिनअघि सम्पन्न भएको उपमहानगरपालिकाको निर्वाचनमा प्रमुख पदमा कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुख पदमा जसपाका कमरुद्धिन राई निर्वाचित भएका थिए। कुल २३ वटा वडा मध्ये जसपाले ६, नेपाली कांग्रेसले ५, नेकपा एमालेले ५, नेकपा माओवादी केन्द्रले ४ र राप्रपाले ३ वटा वडा जितेको थियो। उपमहानगरपालिकामा कुल ३३ सदस्यीय कार्यपालिका(बोर्ड) गठन गर्नुपर्ने प्रावधान रहेको छ। यसका लागि ८ जना कार्यपालिका सदस्य चयन गर्न सोमबार मतदान गराइएको थियो।
मतदान प्रक्रियामार्फत कांग्रेस र जसपाले समान ३/३ र राप्रपाले २ वटा सदस्य पद जितेको छ। यो सँगै अब उपमहानगरपालिकामा जसपाको उपप्रमुखसहित १० जना, कांग्रेसको प्रमुखसहित ९ जना, एमाले र राप्रपाको समान ५/५ जना तथा माओवादी केन्द्रको ४ जनाले बोर्डमा प्रतिनिधित्व गर्ने भएका छन्।
उपमहानगरपालिकाको बोर्डमा बहुमत सदस्य संख्या १७ हुनुपर्छ। तर, कार्यपालिका(बोर्ड)मा कसैले पनि बहुमत पुर्याउन सकेका छैनन्। नयाँ गठबन्धनलाई कायम राखेर कांग्रेस, राप्रपा र माओवादी केन्द्र मिल्ने हो, भने बोर्ड सदस्य संख्या १८ पुग्छ, जुन बहुमत संख्या हो। गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा भएको गठबन्धन अनुसार यदी कांग्रेस, जसपा र माओवादी केन्द्र एकै ठाउँमा आउने हो भने पनि बोर्ड सदस्य संख्या २३ पुग्ने देखिन्छ।
उपमहानगरपालिकाले नगर सभा बाहेक कार्यपालिका बैठकबाट अधिकांस निर्णय गर्नुपर्ने हुन्छ। त्यसकारण कार्यपालिका(बोर्ड) स्थानीय सरकारको एउटा महत्वपूर्ण अंग मानिन्छ।
कार्यपालिका सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एकिकृत (नेकपा समाजवादी) र राप्रपाबीच गठबन्धन बनेको थियो। यसपटक जसपा र नेकपा एमाले मिलेर चुनाव लडेका थिए। निर्वाचनमा उपमहानगरपालिकाका कुल १ सय १७ जनाले मतदान गरेका थिए। कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपाबीच बहुमत सदस्य हुँदा पनि गठबन्धनका ३ जना उम्मेदवारले चुनाव हारेका छन्।
यसअघि गत वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि मात्रै कांग्रेस, माओवादी, जसपा, नेकपा एकिकृत समाजवादी र जनमोर्चाबीच गठबन्धन बनेको थियो, भने एमाले र राप्रपा एक्ला एक्लै लडेका थिए।