त्रियुगा मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी
१६ जेष्ठ २०७९
•
३ मिनेट पाठ
त्रियुगा मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी
त्रियुगाका नवनिर्वाचित मेयर बसन्त बस्नते र उपमेयर महेश्वरी राई। तस्बिरः महेश्वर
त्रियुगा नगरप्रमुखमा नेपाली काँग्रेसका बसन्त बस्नेत र उपप्रमुखमा नेकपा (एमाले)की महेश्वरी राई विजयी भएका छन्। सोमबार मध्यान्ह गणना सकिएको परिणाम अनुसार बस्नेतले १३ हजार ९ सय ५९ र राईले १३ हजार ७ सय ३ मत प्राप्त गर्दै मेयर र उपमेयरमा निर्वाचित भएका हुन्।




बस्नेतका निटकतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत पाउँदा उपमेयरमा राईकी निटकटम प्रतिद्वन्द्वी सरिता राईले ११ हजार ९ सय ८१ मत पाएकी छिन्। नेकपा (माओवादी) सँग गठबन्धन गरेर मेयरमा उठेका नेकपा (एकीकृत समाजवादी)का बलदेव चौधरीलाई ९ हजार १ सय ४७ मत परेको छ भने मत परेको छ भने उपमेयरकी प्रत्यासी माओवादीकी गीता खड्का कार्कीले ६ हजार ५ सय ६८ मत पाएकी छिन्।  

सार्वजनिक परिणाम अनुसार गठबन्धन नगरी एक्लै लडेको काँग्रेसले १६ मध्ये बहुमत वडा पनि कब्जा जमाउन सफल भएको छ। १० नं. वडाको मत काँग्रेस र एमालेका वडाध्यक्षलाई बराबर परेपछि गोलाप्रथाबाट परिणाम निकालिएको छ। दुवैलाई समान १ हजार ५३ मत परेपछि गोलाप्रथा अपनाउँदा पाण्डेको भागमा वडाध्यक्षको चिठ्ठा परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो सँगै काँग्रेसले नगरपालिकाका ९ वटा वडाध्यक्ष जितेको छ भने एमालेले ४ र माओवादीले ३ वडाध्यक्ष हात पारेका छन्।

काँग्रेसले १, ३, ४, ५, ८, ९, ११, १२ र १३ नं. मा वडाध्यक्ष जितेको छ भने एमालेले २, ६, ७ र १० मा तथा माओवादीले १४, १५ र १६ नं. मा प्यानलै वडाध्यक्ष जितेको छ। काँग्रेसबाट जित्ने वडाध्यक्षहरुमा १ मा मनोज चौधरी, ३ तिलक कटुवाल, ४ म्ँ बद्री बस्नेत, ५ मा उद्धव थापा, ८ मा राजकुमार राउत, ९ मा राजकुमार दनुवार, ११ मा सुमन्त कोईराला, १२ मा चुडाराज काफ्ले र १३ मा नविनकुमार चौधरी चुनिएका छन्।  

त्यस्तै एमालेका २ नं. मा घमामनसिंह खत्री, ६ नं. मा योगेन्द्र दाहाल, ७ मा अम्मर दनुवार र १० मा किरण पाण्डे वडाध्यक्ष जितेका छन् भने माओवादीबाट १४ मा हिमराज मगर, १५ मा गणेश तिम्सीना र १६ मा मानबहादुर राई वडाध्यक्ष जित्न सफल भएका छन्। काँग्रेस र एमालेले जितेका वडाहरुमा छिटफुट मिश्रित परिणाम आएको छ भने माओवादीले जितेको ३ वटै वडामा प्यानलै आएको छ। प्रायः सबै वडामा एमाले, काँग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अघिल्लो चुनावमा एमालेले कब्जा जमाए बराबर रहेको सदरमुकाम त्रियुगामा यसपटकको चुनावी परिणामले पार्टीलाई झण्डै अस्तित्व रक्षाको अवस्थामा पुर्‍याएको छ। नगर कार्यालय रहेको गाईघाट समेटिएको वडा नं. १०, ११ र १२ मा एमालेले वडाध्यक्ष जित्ने ठूलो अपेक्षा गरेको थियो। १० मा बराबर मत आएर गोला प्रथा गर्नुपर्दा एमाले प्यानलै हात पार्न सफल भएको छ भने ११ र १२ मा फराकिलो मतान्तरले काँग्रेसबाट पछि पर्न गएको छ।  

प्रोपर गाईघाट बजार रहेको ११ नं. मा एमालेका दिलबहादुर तामाङ काँग्रेसभन्दा ६ सय ३ मतले पछि परेका छन्। १ हजार ३ सय ४ मत एमालेका तामाङलाई पर्दा काँग्रेसका कोईरालाले १ हजार ६ सय ३७ मत ल्याएर विजयी भएका छन्। अर्का प्रतिस्पर्धी एकीकृत समाजवादीका कालीदास राई (किशन)लाई ४ सय ६ मत परेको छ। ११ नं. मा प्यानलै ल्याउन भने काँग्रेस असफल रह्यो। खुल्ला सदस्यतर्फ काँग्रेसका भिमचन्द्र राई, महिला खुल्लातर्फ बिमला राई र दलित महिलामा निला कार्की ढोलीले जित्दा अर्को खुल्ला सदस्यमा एमालेका विष्णु श्रेष्ठले बाजी मारेका छन्।  

गाईघाट बजार जोडिएको १२ नं. वडामा ४ सय ३४ मत ल्याएर जितेका वडाध्यक्ष काफ्लेले एमालेका रमेश राउतभन्दा ३१ र माओवादीका नविन राईभन्दा ३५ मत बढी ल्याएका छन्। काफ्लेले ४ सय ३४ मत ल्याउँदा राउतले ४ सय ८ र राईले ४ सय ४ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ। प्यानलै जितेको १२ नं. मा काँग्रेसका दुई खुल्ला सदस्यमा लक्ष्मीनारायण चौधरी र दिलसेर अलि मिया, महिला सदस्यमा अनिता थापा र दलित महिला सदस्यमा रामकली विश्वकर्मा निर्वाचित भएका छन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस