राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा वैकल्पिक शक्तिका रुपमा उदाउन चाहेको बताएका छन्। शनिबार विराटनगरमा आयोजित आम सभालाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस, एमाले र माओवादीको चंगुलबाट देशलाई मुक्त पार्न राप्रपा वैकल्पिक शक्तिका रुपमा उदाउन चाहेको बताए।
लिङ्देनले कांग्रेस, एमाले र माओवादीका नेताहरू १५/२० वर्ष पहिलेको विहारका मुख्यमन्त्री लालु यादवजस्ता भएको आरोप लगाए। उनले लालु यादव जस्ता व्यक्तीहरू शासन सत्तामा भएकै कारण देश १५ वर्ष पहिलेको विहारकै अबस्थामा पुगेको बताए। ‘कांग्रेस, एमाले र माओवादीले नेपाललाई १५ वर्ष अगाडिको विहारको हालतमा पुर्याए’ लिङ्देनले भने। उनले कांग्रेस, एमाले र माओवादीका नेताहरू लालुलेजस्तै चुनाव जितेर जाने ५ वर्ष नआउने चुनावका वेला आउने सबैथोक लिएर आउने गरेको बताए । उनले कांग्रेस , एमाले र माओवादीले पैसा वेस्सरी खर्च गर्नसक्नेले मात्रै चुनाव जित्ने गलत संस्कारको विकास गरेको आरोप लगाए। लिङ्देनले कांग्रेस एमाले र माओवादीको विरुद्ध वैकल्पीक शक्ति आबश्यक भएको भन्दै त्यस्तो वैकल्पीक शक्ति राप्रपा भएकाले राप्रपालाई एक पटक भोट दिएर बहुमत सिट जित्ने अवस्थामा पुर्याउन आग्रह गरे ।
उनले एकपटक राप्रपालाई जिताएर कांग्रेस, एमाले र माओवादीका उमेदवारलाई हराएर ती पार्टीका नेताहरूलाई सुध्रने अवसर दिन आम मतदाताहरूलाई आग्रह गरे। ‘तपाईहरू जुन पार्टीमा हुनुहुन्छ त्यहि पार्टीमा रहनुस् । तर, एकपटक राप्रपालाई जिताएर कांग्रेस, एमाले र माओवादीका उमेदवार हराएर उनिहरूलाई सुध्रने अवसर दिनुहोस्’ उनले भने‘सुध्रेर आउने आउँछन्। नआउने हराउँछन्। ’ लिङ्देनले आफूले भ्रष्टाचार र वेथिति विरुद्धको अभियान सुरू गरिसकेकाले आफ्नो अभियानमा साथ दिन र वैकल्पिक पार्टीका रुपमा राप्रपालाई प्रतिनिधि सभा तथा प्रदेशसभामा जिताउन आग्रह गरे। राप्रपालाई बहुमतसहित सरकार चलाउने अवसर जनताले दिए नितिस कुमारले विहार बदलेजस्तै नेपाललाई बदलेर देखाउने लिङ्देनले दाबी गरे।