गठबन्धन गरेका ठाउँमा उपलब्धीः सहमहामन्त्री राठौंर
१३ जेष्ठ २०७९
•
३ मिनेट पाठ
गठबन्धन गरेका ठाउँमा उपलब्धीः सहमहामन्त्री राठौंर
नेपालगन्जमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौंर। तस्बिरः नागरिक
नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेका ठाउँमा उपलब्धी भएको दाबी गरेका छन्। नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा पात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राठौंरले पार्टीले गठबन्धन गरेको बाँकेको नेपालगन्ज र खजुरामा प्रमुख/उपप्रमुख दुबै पद जित्न सफल भएको बताए।  




‘गठबन्धनमा प्रमुख र उपप्रमुख जितेका छौं, यो उपलब्धी हो, गठबन्धन गर्दा पार्टी हार्यो कि?,’ उनले प्रश्न गर्दै भने। पार्टीले हिजो टिकट बाँड्दा पैसा लिएर टिकट बेच्यो भन्ने पनि आफूले सुनेको सह–महामन्त्री राठौंरले बताए। ‘आफ्ना नातागोतालाई टिकट दिने, पैसा लिएर टिकट दिने यो किसिमको प्रवृत्ति छ, पार्टीको केन्द्रले पावरलाई डिसेन्ट्रलाईज गरेको छ,’ उनले थपे, ‘वडाको टिकट क्षेत्रीय कार्यसमितिले बाँड्ने, गाउँपालिकाको टिकट जिल्ला कार्यसमितिले बाँड्ने, नगर र उपमहानगरको टिकट प्रदेश कार्यसमितिले बाँड्ने अधिकार अहिलको विधानले दिएको छ।’  

विधानले दिएको अधिकारलाई पार्टीमा नेतृत्व गर्नेले जिम्मेवारीका साथ निर्वाह गरेको/नगरेको कुराको समिक्षा पार्टीमा आफ्नो कार्यसमितिमा गर्न नेता राठौंरले निर्देशन दिए। ‘धेरै कुरा सुनिएका छन्, धेरै कुरा भएका छन्, त्यसको समिक्षा केन्द्रीय समितिले पनि गर्नेछ,’ उनले भने।

कांग्रेस पार्टीका शुभेच्छुक संस्थाले जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो भूमिका निर्वाह गर्ने कुरामा कता कता कमी कमजोरी भएको आफूलाई महसुस भइरहेको बताए। लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ। ‘कसरी पत्रकारितालाई स्वच्छ बनाउन सकिन्छ, निश्पक्ष बनाउन सकिन्छ, कसरी पत्रकारिता गर्दा गर्दै लोकतन्त्रलाई बलियो बनाउन सकिन्छ,’ उनले भने, ‘लोकतन्त्रलाई कसरी बचाउन सकिन्छ, लोकतन्त्रको पक्षमा कसरी वकालत गर्न सकिन्छ भन्ने कुरालाई पनि गम्भीर भएर सोच्नको लागि अनुरोध गर्न चाहन्छु।’  

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बि.क लगायतले बोलेका थिए। सो क्रममा प्रेस युनियन बाँकेले प्रकाशनमा ल्याएको २०७९ सालको भित्तेपात्रो विमोचन गरिएको थियो।

स्थापना दिवसमा रक्तदान

स्थापना दिवसकै अवसरमा प्रेस युनियन बाँकेले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन्। नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेको उक्त कार्यक्रममा पत्रकार, चिकित्सक, समाजसेवी, विद्यार्थी, सर्वसाधारण लगायतले रक्तदान गरेका हुन्।  

सो क्रममा नगर प्रमुख विष्टले रक्तदान नै जीवन दान भएकाले यस्ता मानवीय कार्यलाई अझ ब्यापकता दिनुपर्नेमा जोड दिए। नेपालगन्जमा रगतको अभाव भइरहेको अवस्थामा प्रेस युनियनले गरेको रक्तदानले धेरै विरामीको ज्यान जोगिने उनको भनाई थियो।  

नेपालगन्जमा रगतको चरम अभाव सिर्जना भइरहेका बेलामा प्रेस युनियनले गरेको रक्तदान कार्यक्रमले राहत मिलेको रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए।  

‘प्रायः सबैको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुँदा रक्तदान सम्बन्धी कार्यक्रम भएनन्, जसले गर्दा रगतको अभाव चरम रुपमा भइसकेको थियो, यस्तो बेलामा आयोजना गरिएको रक्तदान कार्यक्रमले हामीलाई राहत प्रदान गरेको छ, यस्ता कार्यक्रम अझै गर्न म अनुरोध पनि गर्दछु,’ उनले भने।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
२४ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस