ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको ८ कार्यपालिका सदस्यमा गठबन्धन पक्षका उम्मेदवार विजयी भएका छन्। गठबन्धन पक्षतर्फ नेपाली काँग्रेसका ५ र नेकपा (माओवादी केन्द्र)का ३ जना विजयी भएका हुन्।
निर्वाचित महिला सदस्य भित्रबाट कार्यपालिकामा जाने जनामध्ये ४ जना काँग्रेसका र १ जना मओवादी केन्द्र र दलित वा अल्पसंख्यक कोटामा नगररपालिका क्षेत्रभित्रबाट कार्यपालिकामा जाने ३ जनामा २ जना माओवादी केन्द्रका र १ जना काँग्रेसका उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले जानकारी दिए। गठबन्धनतर्फ कार्यपालिका सदस्य निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट सीता नेपाल, कमला खत्री, सविना मादेन र भीमकला दर्जी र नेकपा (माओवादी केन्द्र) बाट बिनिता राई छन्।
यस्तै, खुल्ला दलित वा अल्पसंख्यतर्फ काँग्रेसका दिनेश खबास तथा माओवादी केन्द्रका गङ्गाराम शंकर र साङ्गेपाल्देन शेर्पा निर्वाचित भएका छन्। कार्यपालिका सदस्यका लागि एमालेबाट महिला सदस्यमध्येबाट शान्ता मादेन राई, बबिता विक, मीना आचार्य बराल, रीता दर्नाल र गङ्गा दर्नाल तथा खुल्ला दलित वा अल्पसंख्यकतर्फ सान्तकुमार सुनुवार, दुकुमार शेर्पा र लालुमाया सार्की प्रतिस्पर्धी थिए।
प्रमुख र उपप्रमुखसहित ५७ जना मतदातामध्ये गठबन्धनपक्षधर सबै उम्मेदवारले समान ३३–३३ र एमाले पक्षधर उम्मेदवारहरुले समान २४–२४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। योसंगै फुङलिङ नगरपालिकाको २१ सदस्यीय कार्यपालिकामा काँग्रेसका प्रमुखसहित ९ जना, एमालेका उपप्रमुखसहित ५ जना, माओवादी केन्द्रका ६ जना र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का १ जना रहेका छन्।