राजनीतिक पहुँचले अभियुक्त उम्किने चिन्ता
१२ जेष्ठ २०७९
•
४ मिनेट पाठ
राजनीतिक पहुँचले अभियुक्त उम्किने चिन्ता
चाबहिलस्थित सेन्ट लरेन्स कलेजका छात्रामाथि शिक्षकद्वारा गरिएको यौन दुव्र्यवहार प्रकरणमा अभियुक्तहरू उम्किने चिन्ता बढेको छ। अभियुक्त शिक्षकहरू राजनीतिक पहुँचका आधारमा उम्किने चिन्ता पीडित छात्रामा बढेको देखिएको छ।




‘धेरै पहिलादेखि डरले यो कुरा लुकाएका थियौं। कसैलाई नभन्नु भनेर उहाँले धम्की पनि दिनुभएको थियो’ पीडित एक छात्राले नागरिकसँग भनिन्, ‘फेरि उहाँहरूको सम्बन्ध पनि ठूलै ठाउँमा छ भन्ने सुनेपछि डर लाग्यो। अति भएपछि बाध्य भएर साथीलाई भनेकी हुँ।’ घटना बाहिर ल्याउँदा दोषीहरू उम्किने चिन्ता उस्तै रहेको ती छात्राले सुनाइन्। ‘नेताले चाहेमा ठूलै अपराधी बचाउन सक्छन् भन्ने सुनेकी छु। उहाँहरूको पहुँच पनि ठूलै मन्त्रीसँग छ रे ! त्यसैले आफूले पाएको पीडा पोख्दा पनि न्याय पाइन्न कि?’, उनले चिन्ता व्यक्त गरिन्।

अभियुक्तमध्येका शिक्षक जनार्दन अधिकारी पूर्वमन्त्री गोकुल बास्कोटा सूचना, प्रविधि तथा सञ्चारमन्त्री हुँदा उनको सचिवालयमा मिडिया विश्लेषकका रूपमा नियुक्त भएका थिए। उनी पूर्वमन्त्री बास्कोटाकै गृह जिल्लाका बासिन्दा हुन्। उनको स्थायी ठेगाना भुम्लु गाउँपालिका १ रहेको प्रहरीले जनाएको छ।

पूर्वमन्त्री बास्कोटा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन्। यही कारण बास्कोटाकै आडभरोसा पाएका अधिकारीले कलेजमा पनि रबाफ देखाउने गरेको कलेजका कर्मचारी र विद्यार्थी बताउँछन्। ‘मन्त्रीको विज्ञ सल्लाहकार पनि भइसकेको मान्छे भन्दै कलेजमा उहाँको धाक चल्थ्यो’ एक विद्यार्थी भन्छन्, ‘कलेजका सबै सर र म्याडम पनि उहाँलाई रेस्पेक्ट गर्थे। हामी पनि ठूलै मान्छे मान्थ्यौं।’

उनै शिक्षकबाट लामो समयदेखि यौन दुव्र्यवहारको सामना गर्दा मानसिक तनाव भएको पीडित छात्राले बताइन्। ‘सुरुमा त हामीले उहाँलाई नै प्रिन्सिपल मानेका थियौं। उहाँबाट केही कुरा सिकिन्छ भनेर फेसबुकमा फ्रेन्ड बनाएँ तर उहाँ त फोहोर कुरा गर्न थाल्नुभयो’ उनले भनिन्, ‘त्यसपछि म्यासेन्जर नै ब्लक गरें। त्यसपछि उहाँ भौतिक रूपमै ममाथि दुव्र्यवहार गर्न थाल्नुभयो।’ म्यासेन्जर च्याटमा अश्लील कुरा गर्ने, नग्न तस्बिर माग्ने, बेड पार्टनर अफर गर्ने, लोभलालच देखाएर आफ्नो यौनतृष्णा पूरा गरिदेऊ भनेर ती शिक्षकले आफूमाथि दुव्र्यवहार गर्दै आएको ती छात्राले बताइन्। कुराकानीका क्रममा पीडित छात्राले ती कुरा खोल्न सकिनन्। उनका कुरा उनकी साथीले यसरी सुनाइन्– कसैसँग बेन्चमा बसेका बेला त्यहाँ नबस’, ‘तिमीलाई बेन्चमै सेक्स गर्दिन्छु’, ‘विल यु बी माई बेड पार्टनर ?’ लगायतका यौन दुव्र्यवहारजन्य शब्द उहाँ प्रयोग गर्नुहुन्छ।

ती छात्राले साथी र परिवारसँग यस्ता यौनदुव्र्यवहारका कुरा खोलेपछि अन्य दुई छात्राले पनि आफूमाथि भएको यौन दुव्र्यवहारका कुरा खोलेका छन्। तीमध्येकी एक अर्की छात्राले अर्का शिक्षक राजनकुमार पौडेलमाथि आरोप लगाएकी छन्। उनी कक्षा ११ का नेपाली विषयका शिक्षक रहेको विद्यार्थीको भनाइ छ।

उनले कोभिड १९ का बेला अनलाइन क्लास हुँदा पौडेलले आफूलाई रिक्वेस्ट पठाएको र त्यसपछि आफूमाथि अश्लील शब्द प्रयोग गरेर कुराकानी गरेको बताइन्। ‘त्यसपछि मैले म्यासेन्जर ब्लक गरेकी थिएँ। डरले त्यतिबेला ती कुरा कसैलाई भनिनँ’ उनले भनिन्, ‘पछि क्लास सुरु हुँदा उहाँ कक्षाकोठा र अफिसमै मेरो पिठ्यँुमा हात राखेर मसार्ने र मिनिस्कटमा सेक्सी देखिन्छौ भन्ने गर्न थाल्नुभयो।’

सरको त्यस्तो व्यवहारले आफूलाई निकै मानसिक तनाव भएको उनले दुखेसो पोखिन्। ‘पछि त म नेपाली पढाइ हुँदा बिरामी कक्षमा गएर बस्न थालें। केही साथीलाई यो कुरा थाहा छ। हिजो (मंगलबार) दुईजनाले बोलेपछि म पनि बोलेकी हुँ’, उनले भनिन्।

यसरी छात्राहरू मंगलबार शिक्षकका दुव्र्यवहारविरुद्ध बोलेपछि विद्यालयमा नाराबाजी भएको थियो। त्यसपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी टोली गएर जाहेरीका लागि भनेपछि तीनजना छात्राले शिक्षकहरू अधिकारी र पौडेलविरुद्ध जाहेरी दिए। प्रहरीले दुवैलाई पक्राउ गरिसकेको छ।

विद्यार्थीका अनुसार ती दुई मात्र नभई अन्य शिक्षक पनि छात्रामाथि दुव्र्यवहार गर्ने कार्यमा संलग्न छन्, तर उनीहरू साथीहरूसँग खुले पनि मुद्दा गर्ने स्थितिमा छैनन्।

‘सरहरूले पहिलेका दिदीहरूलाई पनि यस्तै गर्नुहुँदो रहेछ। विदेश पुगेका ती दिदीहरू अहिले हामीसँग कुरा गर्नुहुन्छ’ एक विद्यार्थीले भनिन्, ‘उहाँहरू पहिले आफूलाई पनि सरहरूले दुव्र्यवहार गर्ने गरेको बताउनुहुन्छ। कारबाही गराइछाड भन्नुहुन्छ।’

विद्यार्थीहरू कारबाहीको माग गर्दै दिनहुँ आन्दोलन गरिरहेका छन्। बुधबार पनि विद्यार्थीले अभियुक्त शिक्षकहरूमाथि कारबाहीको माग गर्दै महानगरीय प्रहरी वृत्त गौशालामा नाराबाजीसहित धर्ना दिएका थिए।

सो क्रममा छात्रछात्रा हातहातमा प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका थिए, प्लेकार्डमा लेखिएको थियो, ‘हाम्रा गुरुबाट सिक्ने के?’, ‘आवर बोडी योर बार्गेनिङ?’(हाम्रो शरीर तिम्रो मोलमोलाइ ?), ‘म फी लिदिनँ, यो कुरा बाहिर नजाओस्’, ‘सेन्ट लरेन्सले दिने शिक्षा यही हो?’

छात्रछात्रा भने दोषीमाथि कारबाही हुनेमा संशय व्यक्त गरिरहेका थिए। ‘राजनीतिक पहुँचका आधारमा दोषीलाई उन्मुक्ति हुने काम नहोस् भनेर हामी खबरदारी गरिरहेका छौैं’ आन्दोलनको अगुवाइ गरिरहेका एक छात्रले भने, ‘नेताहरूले दोषी बचाउन सक्छन् भन्नेमा हामी सचेत छौं।
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
५९ मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस