उदयपुरका ६ वटा स्थानीयतहका नवनिर्वाचित जनप्रतिनिधिले बुधबार पदभार ग्रहण गरेका छन्। जिल्लाका बेलका र चौदण्डीगढी नगरपालिका तथा लिम्चुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका हुन्।
स्थानीयतहमा प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीद्वारा आयोजित स्वागत तथा बिदाई कार्यक्रममा पुराना जनप्रतिनिधिलाई बिदाई गर्दै नयाँलाई स्वागत गरियो। बेलका नगरपालिकामा गठबन्धनमार्फत नेपाली काँग्रेसबाट मेयर जितेका अशोक कार्की, एमालेबाट जितेकी उपमेयर जिरा राई र ९ वडाध्यक्ष तथा १/१ महिला र दलित महिला तथा २ खुल्ला सदस्य गरी ३६ समेत ४७ जनाले कार्यभार सम्हालेका छन्।
पदभार ग्रहणको क्रममा बसेको नगर कार्यपालिकाको पहिलो बैठकले राजश्व (कर)मा सुधार ल्याउने, शैक्षिक सुधार गर्ने तथा जेष्ठ नागरिकलाई डा. सहितको घुम्ती टोलीमार्फत हरेक ६/६ महिनामा घरदैलोमै पुगेर उपचार सेवा र वृद्धभत्ता भुक्तानी गर्ने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिृकत अर्जुन निरौलाका अनुसार संभावित लघु उद्यम तथा घरेलु उद्योग सञ्चालन गर्न चाहने नगरबासीलाई आवश्यक सहयोग गर्ने तथा नगर शिक्षा सुधारका लागि नगरपालिकाले बनाएको मापदण्ड पूरा गर्ने विद्यालयलाई अनुदान दिनेलगायत ४ वटा निर्णय बैठकले गरेको छ।
त्यस्तै चौदण्डीगढीमा एमालेबाट विजयी मेयर कालुमान लामा, उपमेयर मणिकादेवी दुलाल, १० वडाध्यक्ष र ४० सदस्य गरी ५२ जना जनप्रतिधिले पनि बुधबारै कार्यभार सम्हालेका छन्। पदभार ग्रहणको क्रममा बसेको पहिलो कार्यपालिका बैठकले सुत्केरी महिलालाई घरदेखि स्वास्थ्य संस्था र स्वास्थ्य संस्थादेखि घरसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज आचार्यले बताए। त्यसैगरी उच्च रक्तचाप (प्रेसर) र मधुमेह (सुगर) रोगीको तथ्यांक संकलन गरी निःशुल्क औषधि उपचार गर्नेलगायत ४ वटा निर्णय पनि पहिलो बैठकले गरेको छ।
उता पहाडी गाउँपालिका लिम्चुङबुङमा गठबन्धनबाट जितेका माओवादीका अध्यक्ष मेजरकुमार राई, उपाध्यक्ष काँग्रेसबाट विजेता पुष्पलाल राई र ५ वडाध्यक्ष २० सदस्यसहित २७ जनप्रतिनिधिले पनि बुधबारै कार्यारम्भ गरेका छन्। त्यहाँ सोही कार्यक्रममा पूर्व जनप्रतिनिधिलाई बिदाई पनि गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए।
अर्को पहाडी गाउँपालिका रौतामाईमा गठबन्धनकै तर्फबाट माओवादीका अध्यक्ष वीरेन्द्र मगर, उपाध्यक्ष काँग्रेसका भुपेन्द्र थापा, ८ वडाध्यक्ष र ३२ सदस्यसहित ४२ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। रौतामाईमा निवर्तमान जनप्रतिनिधिलाई बिदाईसमेत गरिएको थियो। पूर्व अध्यक्ष गजेन्द्र खड्का, उपाध्यक्ष कुमारी रानाज्यु ठकुरीलगायत निवर्तमान जनप्रतिनिधिलाई कार्यक्रममा सम्मानसमेत गरिएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए।
जिल्लाको एक मात्र दलित अध्यक्ष विजयी ताप्ली गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष जितेका माओवादीका ढुंगराज विक, उपाध्यक्ष काँग्रेसकी धनमाया मगर, ५ वडाध्यक्ष, २० सदस्यसहित २७ सदस्यीय जनप्रतिनिधि टोलीले पनि एक कार्यक्रमका बीच कार्यभार सम्हालेका छन्। त्यहाँ पनि निवर्तमान जनप्रतिनिधिलाई बिदाई गरिएको थियो। कार्यक्रममा पूर्व अध्यक्ष उद्धवसिंह थापा, उपाध्यक्ष कमलमाया राईलाई सम्मानसहित बिदाई गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताए।
त्यसैगरी उदयपुरगढी गाउँपालिकाका गठबन्धनबाटै नवनिर्वाचित अध्यक्ष नेकपा (एकीकृत समाजवादी)का मानबहादुर केप्छाकी मगर, उपाध्यक्ष काँग्रेसका जीतबहादुर खड्का, ८ जना वडाध्यक्ष र ३२ सदस्यसहित ४२ जनप्रतिनिधिले पनि बुधबारबाटै कार्यभार सम्हालेका छन्। प्रमुख प्रशासकीय अधिकृत रमेश राईका अनुसार त्यहाँका पूर्व जनप्रतिनिधिलाई भने एक साताअघि नै बिदाई गरिसकिएको थियो। नवनिर्वाचित मगर भने यसटपक अर्को कार्यकालका लागि दोहोरिएका अध्यक्ष हुन्।
यता सदरमुकाम त्रियुगा नगरपालिकाको मतगण्ना भर्खर हुँदैछ। मंगलबार दिउँसोदेखि सुरु भएको गणनामा हालसम्म वडा नं. १६ को परिणाम घोषणा भईसकेको छ भने १ र २ को अन्तिम नतिजा आउन लागेको तथा ३ र १५ को गणना सुरु भएको छ। अर्को नगरपालिका कटारीको नतिजा बुधबार दिउँसो मात्र सार्वजनिक भएको छ। त्यहाँ गठबन्धनबाट काँग्रेसका राजेशचन्द्र श्रेष्ठ मेयर र एमालेकी मीना खड्का उपमेयर जितेकी छिन्। उनीहरुको सपथ ग्रहण गर्ने कार्यक्रम तय भईनसकेको निर्वाचन अधिकृत राजकुमार राउतले बताएका छन्।