‘विश्वासको मत हामी खेर जान दिदैनौं’
११ जेष्ठ २०७९
•
५ मिनेट पाठ
‘विश्वासको मत हामी खेर जान दिदैनौं’
स्थानीय तहको निर्वाचन–२०७९ मा नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका युवा नेता प्रशान्त विष्ट दोब्बर बढी मतको अन्तरले निर्वाचित भए। निर्वाचित भएसँगै उनीमाथि नागरिकको विश्वास अझ बढेर गएको छ।




नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि उनको दैनिक फेरिएको छ। कुराभन्दा काममा बढी विश्वास गर्ने विष्टको स्वभाव छ। निर्वाचित भएपछिको अनुभव, कार्य व्यस्तता, भावी कार्य योजना लगायत विविध विषयमा नगर प्रमुख विष्टसँग नागरिक दैनिकका लागि अर्जुन ओलीले गरेको संवादः 

निर्वाचित भएपछि कस्तो अनुभूति भइरहेको छ?

स्थानीय सरकारसँग जुन किसिमको अधिकार र कर्तव्यहरु छन्। जनताले जुन अभिमत दिएर हामीलाई जिताउनु भएको छ, त्यस प्रति जनताको चाहना, जनताको अपेक्षा कसरी पुरा गर्ने भन्नेतिर नै मेरो अहिले ध्यान केन्द्रित भएको छ  सबैसँग सर–सल्लाह, सबैसँग छलफल गरेर म अगाडि बढ्दैछु।  

नगर प्रमुखमा निर्वाचित भएपछि कत्तिको व्यस्तता बढेको छ?

स्वभाविक हो, अहिलेको व्यस्तता। बधाई दिन आउने, शुभकामना दिन आउने र केही कामको चापहरू छन्। बर्खायाम लागि सकेको छ। ढलको समस्या नेपालगन्जको प्रमुख समस्या भएको कारण नालीहरुको सफाई गर्ने कुरादेखि लिएर सबै कामहरुमा मेरो ध्यान केन्द्रित भएको छ। मलाई लाग्छ, केही दिन देखि चुनावको माहोलले गर्दा रोकिएका कामहरु यी सबै कुरा गर्नुपर्ने भएको हुनाले केही दिन ब्यस्तता रहन्छ। 

उपमहानगरपालिकाको विकासका लागि के–कस्ता काम गर्ने सोच बनाउनु भएको छ? 

विशेषगरी मैले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा भत्ताका कुराहरु, जुन कुराहरु हामीले राखेका छौं। स–साना कुराहरु, कृषकका कुराहरु छन्, बेरोजगारीका कुराहरु छन्, लक्षितवर्गका कुराहरू छन्। शहरलाई ब्यवस्थित गर्ने कुराहरु छन्। शहरलाई सुन्दर बनाउने कुरा छ। सरसफाइका कुरा छन्। फोहोरमैला ब्यवस्थापन लगायत यी सबै कुरालाई कम्तिमा एउटा शहर ब्यवस्थित रुपमा रहोस् भन्ने छ।

यहाँ तत्काल गर्नुपर्ने कामहरु के–के छन्?

धेरै छन्। केही छोटो अवधि र केही लामो अवधिका योजना हामी बनाउने तयारीमा छौं। ढल निकासको समस्या मैले भनिहाले। बर्खायाम आएको कारण तुरुन्तै नेपालगन्ज डुबानमा पर्नसक्ने सम्भावना रहन्छ, त्यसकारण नालीहरुको सफाई नभएको धेरै लामो समय भइसकेको छ। प्रमुख कुरा त्यो छ। आगामी वर्षका लागि बजेट पनि असार १० गतेसम्म बनाइ सक्नुपर्ने भएको हुनाले त्यतातिर पनि ध्यान दिनुपर्नेछ। धेरै कुराहरु छन्। बुझ्दैछु, शिक्षा, स्वास्थ्य, जनताका दैनिक कुराहरु छन्। ती सबै कुरालाई स्वास्थ्य, शिक्षासँग जोडिएका सबै कुरा हाम्रो प्राथमिकतामा रहन्छ।

तपाईलाई मतदाताले भारी मतदिएर निर्वाचित गराउनु भयो, मतदाता समक्ष के प्रतिवद्धता जनाउनु हुन्छ?

यहाँहरूले जुनमत हामीलाई दिनु भएको छ। हामीले जे कुरा बोलेका छौं। साँच्चिकै सिंहदरबार गाउँ, घरमा आयो भन्ने कुराको अनुभुति जनतालाई गराउनुपर्छ। स्थानीय सरकार भनेको घर, आँगनको सरकार हो । जनताको सजिलै त्यहाँ पहुँच होस्। उपमहानगरपालिकासँग सबै जनताको नजिकै पहुँचहोस् त्यतातिर हाम्रो बढी ध्यान रहन्छ।

उपमहानगरपालिकामा मुख्य रुपमा के–के कुराको आवश्यकता तपाई देख्नु हुन्छ?

उपमहानगरका साविक वडामा समान रुपले विकास हुन सकेको छैन । उपमहानगरपालिका बनाउनका निम्ति जुन किसिमले मापदण्ड अथवा एउटा आधार बनाएर साविकका वडाहरुलाई जोडियो । समान रुपले भौतिक पुर्वाधार, यातायात, बाटो, शिक्षा, रोजगारी यि सबै कुराको समान रुपले पहिलो कुरा विकास गर्नुपर्नेछ। 

तपाई निर्वाचनको समयमाजनताको घरदैलोमा पनि पुग्नुभयो, जनताका अपेक्षा कस्तो पाउनु भयो?

जनताको अपेक्षा धेरै ठुलो छैन। जनताको अपेक्षा मैले अघि पनिभने सिंहदरबार आफ्नो घर, आँगनमा आयो भन्ने जुन जनतालाई अनुभुति छ, जनताले साँच्चिकै अहिलेसम्म अनुभुति गर्न पाएको जस्तो मलाई लागेन। चाहे त्यो सामाजिक सुरक्षा भत्ताको कुरा होस्, चाहे सिफारिस लिने कुरा होस्, जनताले के चाहन्छ भने यो उपमहानगरपालिका, यो गाउँघरको सरकार, देखिने सरकार, सुनिने सरकार, मेरो कुरा सुनोस् र जनताले त्यहाँसम्मको सहज पहुँचहोस् भन्ने चाहन्छ।  

उपमहानगरपालिका भवन अपांगतामैत्री थिएन। हामीले पहिलो निर्णयमै कम्तिमा अरु मापदण्डमा बनेका घरहरुलाई भन्नुभन्दा अगाडि पहिले उपमहानगरपालिकाको भवन नै अपांगतामैत्री हुनुपर्छ भनेर हामीले निर्णय पनि गरेका छौं। पहिला आफैले अपांगतामैत्री बनाएपछि अरुलाई कार्यान्वयन गराउनपनि सजिलो हुन्छ। त्यस किसिमले नेपालगन्ज उपमहानगरपालिकाले अपांगतामैत्री बनाउने निर्णय पनि गरेको छ।

 तपाई यसभन्दा अगाडि राजनीतिक दलको हैसियतमा उपमहानगरपालिकामा जानुहुन्थ्यो, अहिले नगर प्रमुख हुनुहुन्छ, यसमा के भिन्नता पाउनुभयो?

दलको प्रतिनिधि हुँदा केही कुराहरु मात्रै रहन्थ्यो। त्यसबेला साझा एउटा दलको दायित्व मात्रै निर्वाह गरिन्थ्यो, केहीदल भन्दामाथि उठेर पनि हामीले काम गथ्र्यौ। अहिले के छ भने हामीले साझा रुपमा सबै दल र सबै नागरिकको पक्षमा समान रुपले ब्यवहार गर्नुपर्ने हुन्छ। हामीले समान ढंगले ब्यवहार गर्नुपर्ने हुन्छ। समान ढंगले सबैलाई हेर्नुपर्ने हुन्छ। हिजो एउटा दलको प्रतिनिधित्व गरिन्थ्यो भने अब सबै दलको भाषा पनि मैले राख्नुपर्ने हुन्छ। सबै दलको साझा धारणा मेरो हुनुपर्छ भन्ने मलाई लाग्छ।

उपमहानगरपालिकालाई अगाडि बढाउनमा कठिनाई र चुनौती के हुन सक्छन्?

मैले चुनौतीको रुपमा लिएको छैन  मैले अवसरको रुपमा मात्रै लिएको छु। जुन अभिमत हामीलाई प्राप्त भएको छ। अवसरको रुपमा लिएको छु। चुनौतीको कुरा म देख्दिन। भोलि बन्ने सरकार पनि संघ अथवा प्रदेशमा हाम्रै नेतृत्वमा रहन्छ र जुन किसिमले मतदाताले माया गर्नु भएको छ। तपाईहरू सबैले यसबाट मैले चुनौतीलाई आउँछ,भन्ने मैले सोचेको छैन। अवसर मात्रै आउँछ र त्यो अवसरलाई पहिला हामीले छोप्नुपर्छ भन्ने हो।

अब अन्त्यमा, आम नेपालगन्जबासीलाई के भन्नु हुन्छ?

आदरणीय, नेपालगन्जबासी बुवा आमा, दिदी बहिनी, दाजु भाई सबैका घरदैलो सम्म हामी निर्वाचनको बेला पुग्न सकेनौं । तैपनि यहाँहरुले धेरै ठुलो विश्वास गरेर जुन हामीलाई मत दिनु भएको छ । जनताले दिएको विश्वासको मतहामी खेर जान दिदैनौं। यहाँहरुको सर, सल्लाह र सुझाव, टेलिफोन, एसएमएस, भेटघाट मार्फत दिइ राख्नुस्।

निरन्तर सम्पर्कमा रहने कुरामा सामुहिक रुपमा होस् या ब्यक्तिगत रुपमा होस्, यहाँहरु सँग सहकार्य गरेर जाने कुरामा नेपालगन्ज उपमहानगरपालिका यहाँहरु सँग–सँगै रहन्छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
२४ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस