ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले तोक्मेको चिसो भुइँमा बसेर डोकोमा ल्याएको साग र गुन्द्रुक बिक्री गर्नेहरुबाट कर असुल नगर्ने घोषणा गरेका छन्। उता मैवाखोला गाउँपालिकाका अध्यक्ष बिजयप्रकाश वनेमले वृद्ध, असक्त र गर्भवती महिलाका घरमै पुगेर मासिक रुपमा प्राथमिक स्वास्थ्य परीक्षण गर्ने निर्णय लिएका छन्।
गुन्द्रुक र सागमा पनि कर लगाइने गरेको गुनासोको सम्बोधन गर्दै नगर प्रमुख मादेनले अब चिसो भुइँमा बसेर साग र गुन्द्रुक बेच्नेहरुलाई कर नलगाइने बताए। आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमार्फत साग र गुन्द्रुक बेच्नेहरुलाई लिइँदै आएको कर मिनाहको निर्णय हुने उनले संकेत गरेका छन्। संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको असार १० गतेभित्र देशभरका सबै स्थानीय तहले आफ्ना लागि नीति, कार्यक्रम र बजेट ल्याइक्नुपर्ने हुन्छ।
मैवाखोला गाउँपालिका अध्यक्ष वनेमले पालिका स्तरीय सडकलाई आगामी ३ वर्षभित्र ग्राभेल गरिसक्ने अर्को निर्णय पनि गरेका छन्। उनले सामाजिक सुरक्षा भत्ता सम्वन्धित वडा कार्यालयबाटै प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा पनि गरेका छन्।