राजेशमान सिंहः वडासदस्यदेखि मेयरसम्म
१० जेष्ठ २०७९
•
५ मिनेट पाठ
राजेशमान सिंहः वडासदस्यदेखि मेयरसम्म
मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारमा जसपाका राजेशमान सिंह ४६ हजार २ सय १५ मत ल्याएर निर्वाचित भएका छन्।




२३ हजार ६ सय ७१ मत ल्याएका एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा झडै दोब्बरले मत ल्याएर सिंह विजेता बनेका हुन्। यो ऐतिहासिक जीतसम्म पुग्न वीरगन्जको राजनीतिमा साढे ३ दशकको यात्रा तय गरेका छन्।  

वीरगन्ज –३ छपकैया निवासी भुपेन्द्रमान सिंह र रुकमिनि देवी श्रेष्ठको दुई छोरा र एक छोरीमध्ये कान्छो सन्तानका रूपमा २०२७ सालमा जन्मिएका राजेशमान सिंह २०४२ सालमा एसएलसी गरेसम्म राजनीतिबाट अनभिज्ञ थिए।

त्रिजुद्ध महाविरप्रसाद रघुवीरराम माद्यमिक विद्यालयबाट एसएलसी गरेपछि यहाँस्थित ठाकुरराम बहुमुखी क्यामपसमा २०४३ सालमा आर्ट्स फ्याकल्टीमा भर्ना भए। यहाँ पुग्दा सिंहलाई विद्यार्थी राजनीतिले आकर्षित गर्‍यो।

प्रजातान्त्रिक शक्तिहरु तत्कालीन पञ्चायत शासन बिरुद्ध गोलबद्ध हुन खोजिरहेको बेला नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल विद्यार्थीसंघ परिवर्तनकामी नयाँ पुस्ताको लागि आकर्षण थियो। नेपाल विद्यार्थीसंघको सदस्यता लिएर विद्यार्थी राजनीतिमा प्रवेश गरेका सिंह चाँडै संघको पर्सा जिल्ला सदस्य भए। ठाकुर राम बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह (आई.ए) उतीर्ण गरे।

उच्च शिक्षा सोही क्यामपसबाट निरन्तरता दिने योजना लिएका थिए। २०४६ को आन्दोलनको महोलले बिथोलिएको उच्च शिक्षाको चाहना, पछि पुनः साकार गर्न अवसर उनको लागि जुरेन। यसका लागि उनी निजी कारणहरूलाई जिम्मेवार ठान्दछन्।  

स्पष्ट वक्ता स्वभावका सिंहको व्यक्तित्वले उनलाई कतिपय व्यक्तिबाट टाढा पुर्‍याएको पाइन्छ। तर, बोलीमा अडिग र साथीभाइमा घुलमिल हुने बानी उनको लागि बरदान साबित भएको छ। युवाहरूमाँझ लोकप्रिय सिंह २०५४ सालमा स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वीरगन्ज ३ छपकैयाको वडा सदस्यमा निर्वाचित भए।

पहिलो पटक जनताको मतबाट सार्वजनिक पदमा पुगेका सिंह तत्कालीन नगरपालिकाको प्रवक्तासमेत नियुम्क्त भए। उनी वीरगन्जको तत्कालीन मेयर र प्रभावशाली नेता बिमलप्रसाद श्रीवास्तवको बिश्वासपात्र भएर लामो समय राजनीतिक रुपमा साथ रहे।

ज्ञानेन्द्र साह नियन्त्रित तत्कालीन शासन कालमा २०६० सालमा भएको निर्वाचनमा उनी साविक वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचीत भएका थिए। जनताको प्रतिनिधिको रुपमा एक तह उक्लिदै उनी अनुमोदित भएपछि राजनीतिक आकांक्षा बुलन्द भयो सिँहको। आफूलाई साथ दिने युवाहरुलाई विभिन्न उद्योग कारखानाहरूलाई विभिन्न खाले काम र स–साना ठेक्कापट्टा दिलाउनेदेखी स्थानीय निकायका ठेक्का हाँसिल गर्नमा सहयोगी भुमिका गर्नमा सफल हुन थाले पछि उनका प्रतिस्पर्धीहरूले दादागिरी गर्ने ब्यक्तिको रुपमा सिंहलाई प्रचारित गरे। अर्कोतिर युवासमर्थकहरुको एउटा जमात उनीतिर आकर्षित भयो। र, ‘वीरगन्जको शान राजेशमान’ जस्तो नाराको जन्म भयो।  

नवपरिभाषित राजनीतिक भाषामा उनी मधेस बस्ने पहाडि समुदायका मानिस भएपनि मधेस राजनीतिमा वीरगन्जको एउटा चर्चित नाम नै हो राजेशमान सिंह। नेवार परिवारमा जन्मे पनि ‘मधेसको समाजभित्र हुर्केकोले मधेस पहिचानसंग अपनत्व रहेको छ’, उनकै शब्दमा, ‘मधेसी समाजको उत्थानको मुख्य बाटो राज्यको सबै अंगमा मधेसीको मुलप्रवाहीकरण हो।’ यही बिचारले उनलाई मधेसी नेता बनायो।

पछिल्लो एक दशकदेखी मधेश र मधेशी समुदायको हक अधिकारका लागि उनको आवाज बुलन्द पाइन्छ। पछिल्लो मधेश आन्दोलनको बेला वीरगन्जमा सिंहले नेतृत्वदायि भुमिका गरे। उनी शरद सिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीको केन्द्रिय महासचिव भए। उक्त पार्टी बाट सिंहले २०७० सालको संविधान सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । पछि एकिकरणबाट बनेको राष्ट्रिय जनता पार्टीको पनि उनी महासचिव भए।

अघिल्लो स्थानिय तहको निर्वाचनमा उनी राजपाबाट वीरगन्ज महानगरपालिकाको मेयर पदका प्रत्याशी भएर तेस्रो लोकप्रीय मत हासिल गरेका थिए। उक्त चुनावमा आफ्नो पुरानो राजनीतिक नेता बिमलप्रसाद श्रीवास्तवले दावी गरेको टिकट आफु लिन सफल भएर चुनाव लडेका थिए । पछिल्लो समयमा साहिब दरवार सेवा संस्थान मार्फत उनी समाजिक कार्य तथा परोपकारका गतिविधि गर्दै आएका थिए। गरिबलाई निशुल्क आँखा अप्रेशनजस्ता कार्य गरेको सो संस्थाले कोरोना कालमा हजारौंलाई निशुल्क भोजन गराएको थियो।

राष्ट्रिय जनता पार्टी समेत तत्कालीन संघीय समाजवादी फोरमसंग मिलेर बनेको जनता समाजवादी पार्टी नेपालको एकिकरण नहुदै पछिल्लो पटक उक्त पार्टी फुटेर पुनः दुई चिरा भयो। सो पार्टीका पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदिप यादवसंग उसै पनि मेल थिएन। नेता यादवसँग उनको टसल नै थियो। उनी पार्टी विभाजनपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालतिर लागे।

तर सो पार्टी थोरै समयको लागि सरकारमा गएपछि सत्तामोहमा मुद्दालाई बिर्सेको भनी सिंहले सार्वजनिक अभिब्यक्ति रुपमा प्रतिबाद गर्न थालेका थिए। पार्टीले चाहेजस्तो राजनीतिक हैसियत पनि बनाउन नसकेपछि उनी सुरक्षित राजनीतिक भविष्यको खोजीमा केही समय कुनै पार्टीमा नरहेको भनी आफुलाई स्वतन्त्र घोषणा गरेर बसेका थिए।

मधेसमा ‘स्पेस’ खोजीरहेको नेकपा एमालका मधेस प्रदेशका नेताहरुले उनलाई वीरगन्जको मेयरको उम्मेदवार बनाउने भन्दै पार्टी अध्यक्ष केपी शर्मा आलीसँग भेटवार्ता गराए। सिंह एमाले पस्न तय भएको भनिएको तस्विर समाजिक संजालमा तुरुन्तै भाइरल भयो।

मधेसप्रति राम्रो भावना नराख्ने पार्टीमा जान लागेको भन्दै उनका समर्थक बौद्धिक जमातले पुर्नबिचारको सल्लाह दिइराखेका थिए। त्यसतै बेला फागुन २८ मा वीरगन्जका निवर्तमान मेयर विजय सरावगी आफ्नो पार्टी जसपा छोडेर एमाले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको हातबाट टिकामाला लगाई पार्टी प्रवेश गरे। सरावगीको प्रवेशसंगै सिंहले आफु अब एमाले नपस्ने घोषणा गरेका थिए।  

यता सरावगीको बर्हिगमनपछि जसपालाई अर्को प्रभावशाली नेता पार्टी प्रवेश गराएर कार्यकर्तालाई हतोत्साहित नहुने सन्देश दिनु थियो। मेयरको उम्मेदवार बनाउने प्रतिबद्धतासहित पर्सा १ का सांसद यादवकै  पहलमा उनी जसपा पसे। जसपाले पाँच दलीय गठबन्धनबाट वीरगन्ज महानगरपालिका भागमा पाएपछि उनको अहिले जितको बाटो तय भयो।

गठबन्धनले वीरगन्जमा राजनीतिक इमान्दारिता राखेको मत परिणामले देखाएको छ। अहिले सोही पार्टीबाट उनी वीरगन्जको मेयरमो कुर्सीमा पुग्दैछन्। बितग ३ महिनाभित्र पर्साको राजनीतिमा भएका नाटकीय परिवर्तनहरुबिच सबभन्दा ठूलो राजनीतिक उपलब्धि हुने पात्र भएका छन्, राजेशमान सिंह। उनी अवसरले भरिएको र चुनौतीले घेरिएको एउटा महत्वपूर्ण जिम्मेवारीमा पुग्न लागेका छन्। उनको राजनीतिक सुझबुझ र नेतृत्व क्षमताको अग्नीपरीक्षा सपथग्रहण लगतै सुरु हुनेछ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस