आउँदो आर्थिक वर्षदेखि ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका भरीका जनताले विद्युत महशुल तिर्नु नपर्ने भएको छ।
सोमबार पद बहाली गर्ने क्रममा सो पालिकाका नवनिर्वाचित अध्यक्ष दीपेन्द्र(दीपेन) पोमूले यस्तो घोषणा गरेका छन्। अध्यक्ष पोमू र उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले सोमबार पद बहाली गरेका छन्। ‘चालू आर्थिक वर्षभित्रै यसका बारेमा प्राविधिक अध्ययन गरी आगामी आवबाट लागु हुने गरी पालिकाभरीका जनतालाई विद्युत महशुल छुट दिने पहिलो निर्णय भएको छ,’ अध्यक्ष पोमूले भने।
उता ताप्लेजुङकोे फत्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लाबुङ(मुक्ति) ले पालिकाको गाडीलाई ‘एम्बुलेन्स’को रुपमा प्रयोग गर्ने घोषणा गरेका छन्। उनले आफ्नो सेवा सुविधा पनि पालिकाकै हितको निम्ति खर्च गर्ने समेत घोषणा गरे। आफूले गाउँमा घुम्दा बिरामी भएर स्थानीयले अकाल मै ज्यान गुमाएको देखेकोले उक्त अवस्थाको अन्त्य गर्न पालिकाको गाडी स्थानीयको हितका लागि प्रयोग गर्ने अध्यक्ष लाबुङले बताए।
पालिकाका जनताले उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आफूले यस्तो निर्णय लिएको बताउँदै अध्यक्ष लाबुङले बिरामी भएर गाडीको आवश्यकता परे गाउँपालिकामा सम्पर्क गर्न उनले स्थानीयलाई आग्रह गरेका छन्। स्थानीयको समस्यालाई मध्यनजर गर्दै तत्काल पालिकाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिएपनि उक्त गाडी एम्बुलेन्स खरिद पछि अन्य प्रयोजनका लागि प्रयोग गरिने उनले बताए।
उनले बिरामी भएर पालिकाको गाडी चाहिए सम्पर्क ९८५१२०४८९४ को मोवाइल नम्बर पनि सार्वजनिक गरेका छन्।