ताप्लेजुङको फुङलिङ नगर कार्यपालिकाको ८ पदमा लागि १६ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले मनोनयन दर्ताको अवधिसम्ममा १६ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यपालिका सदस्यका लागि आइतबार अपरान्ह २ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो। बाँस्तोलाका अनुसार निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ५ सदस्यका लागि गठबन्धनतर्फ बिनिता राई(माओवादी केन्द्र), सीता नेपाल(काँग्रेस), कमला खत्री(काँग्रेस), सविना मादेन(काँग्रेस) र भीमकला दर्जी(काँग्रेस)बाट उम्मेदवारी दर्ता भएको छ।
मतदाता भित्रका दलित वा अल्पसंख्यकबाट कार्यपालिकामा जाने ३ पदका लागि गठबन्धनतर्फ दिनेश खवास(काँग्रेस), गंगाराम शंकर (माओवादी केन्द्र) र साङ्गे पाल्देन शेर्पा(माओवादी केन्द्र) को उम्मेदवारी दर्ता भएको छ। निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने कार्यपालिका सदस्यका लागि एमालेबाट शान्ता मादेन राई, बबिता बिक, मीना आचार्य बराल, रीता दर्नाल र गंगा दर्नालको उम्मेदवारी परेको छ।
एमालेले मतदाता भित्रका दलित वा अल्पसंख्यकमध्येबाट कार्यपालिकामा जाने ३ पदका लागि शान्तकुमार सुनुवार, दुकुमार शेर्पा र लालुमाया सार्कीको उम्मेदवारी दर्ता गरेको छ। स्थानीय तहमा कार्यपालिका अन्तर्गत गाउँपालिकामा गाउँ कार्यपालिका र नगरपालिकामा नगर कार्यपालिका हुन्छन्। गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने जिम्मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाको हुन्छ।
नगरमा नगरप्रमुख र गाउँपालिकामा अध्यक्षको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुन्छ। जसमा उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष, निर्वाचित महिला सदस्य भित्रबाट नगरपालिकाको हकमा ५ जना र गाउँपालिकाको हकमा ४ महिला सदस्य र सम्वन्धित स्थानीय तहको मतदाताभित्रबाट दलित वा अल्पसंख्यकमध्ये नगरपालिकामा ३ र गाउँपालिकामा २ जना कार्यपालिका सदस्य चयन हुने छन्।