काँग्रेसी जसले सूर्य र छाता छापबाट जिते!
०८ जेष्ठ २०७९
•
३ मिनेट पाठ
काँग्रेसी जसले सूर्य र छाता छापबाट जिते!
वीरगन्ज महानगरपालिका वडा नम्बर १ बाट जितेका वडाध्यक्ष मनोज राउत कुर्मी चुनावभन्दा अगाडि प्रतिबद्ध काँग्रेसीको रुपमा चिनिएका थिए। अहिले मत परिणाम आउँदा उनी जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वडाध्यक्ष छन्। उनको लगानी पार्टीमा थियो, तर त्यतिले भएन कुनै खास नेताको खास मान्छे बन्न नसकेको कुरा उनको अयोग्यता बन्यो, टिकट पाएनन्। उनलाई जसपा नेपालले स-सम्मान पार्टीमा भित्र्यायो। र, कुर्मीले सम्मानजनक जित जसपाको खातामा पुर्‍याए।




वीरगन्ज महानगरपालिकामा मात्र यस्ता ३ जना वडाध्यक्ष अहिलेसम्म निर्वाचित भएका छन्, जो नेपाली काँग्रेसले टिकट नदिएपछि उम्मेदवारी मनोनयन दर्ताको बेला अरु पार्टीमा गएर जितेर देखाएका छन्। यसमा जसपाबाट नै जितेका वडा नम्बर ८ का रितेश गुप्ता र नेकपा एमालेबाट जितेका वडा नम्बर २४ का विजय पटेलको नाम आउँछ।  

वीरगन्ज महानगरपालिका–१ को वडाध्यक्षमा कुर्मी ८ सय ५२ मतका साथ निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ओम प्रकाश गुप्ताले ७ सय ३३ मत ल्याए। २०७४ को निर्वाचनमा काँग्रेसकै मनोज गुप्ता निर्वाचित भएको वडा हो यो। मनोनयनको अन्तिम समयमा काँग्रेसले टिकट नदिएपछि काँग्रेसको सक्रिय सदस्य तथा क्षेत्रीय प्रतिनिधि रहेका कुर्मी जसपामा प्रवेश गरि उम्मेदवारी दिएका थिए।  

वीरगन्ज वाड नम्बर ८ को कथा पनि उस्तै छ। यहाँबाट जनता समाजवादी पार्टीबाट रितेश गुप्ता जितेका छन्। गुप्ता अघिल्लो पटक काँग्रेसको वडाध्यक्षको उम्मेदवार मात्रै थिएनन, दुई पटक नेपाली काँग्रेस पार्टीको वाडको बुथ समितिको सभापति भइसकेका ब्यक्ति हुन्। उनलाई केही नेताहरुले यसपाली मन पराइदिएनन् र टिकट काटियो। रितेशले १ हजार १ सय ७५ मत पाए छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका राजकिशोर गुप्ताले ५ सय १६ मत मात्र पाएका छन्। काँग्रेसको राजेन्द्र श्रेष्ठले २ सय ६१ मत मात्र पाएका छन्। २०७४ को स्थानीय चुनाव रितेश कांग्रेसबाट उमेदवार हुँदा बागी भएर चुनाव लडेर पार्टीलाई हराउन भूमिका गरेका श्रेष्ठलाई त्यहाँ यसपाली टिकट दिइएको थियो।

‘जसलाई पार्टीले कारबाही गरेको थियो त्यसै ब्यक्तिलाई टिकट सिफारिस गरियो, पार्टीको जिल्ला अधिवेशनमा आफ्नो पक्ष मा नरहेको भनि रिसिइबीका कारण रितेशको टिकट काटियो,’ नेपाली काँग्रेसका निवर्तमान जिल्ला उपसभापति राजु गुप्ताले भने, ‘छोटो समयमा जसपाको छाता छापबाट उम्मेदवार भई सम्पूर्ण प्यानल भारी बहुमतसाथ जिताउने उम्मेदवारको टिकट काट्ने नेताहरु कतिसम्म अदुरदर्शी रहेका छन् भन्ने बुझ्न सकिन्छ।’

त्यस्तै वीरगन्ज महानगरपालिकाको नम्बर २४ मा नेपाली काँग्रेसबाट टिकट नदिएपछि नेकपा एमालेबाट उम्मेदवार बनेर विजयप्रसाद कुर्मी जितेका छन्। २०६४ को स्थानीय तह निर्वाचनमा त्यहाँबाट वडाध्यक्ष भएका दशरथ पटेल अलोकप्रिय भएको भन्दै उम्मेदवार फेर्नुपर्ने स्थानीय काँग्रेसीहरुले माग गरेका थिए। विजयले आफूलाई दावेदारको रुपमा प्रस्तुत गरेका थिए। उनलाई काँग्रेस नेताहरुले पत्याइ दिएनन्। र, अन्ततः उनी एमाले प्रवेश गरेर टिकट लिन सफल भए।

एमालेका उम्मेदवार भएका विजयले चुनावको नतिजा आउँदा ८ सय ६९ मत ल्याई वडाध्यक्ष जित हासिल गरेका छन्। काँग्रेस उम्मेदवार मुख्य प्रतिस्पर्धामा पनि रहेनन्। निकटतम प्रतिद्वन्द्वी जसपाका रामानन्द पटेलले ७ सय ७२ मत पाएका छन्। निवर्तमान वडाध्यक्ष रहेका काँग्रेसका उम्मेदवार दशरथ ६ सय २१ मतमा सीमित हुन पुगे। अन्य वडाहरुमा पनि जित्न सक्ने सम्भावना बोकेकालाई छोडेर नेताहरुले आफ्नो स्वार्थ अनुकूल टिकट दिएकाले वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकामा आफूले पाउनु पर्ने हैसियत काँग्रेसले गुमाइरहेको वीरगन्ज १० का काँग्रेस कार्यकर्ता मनोहर साहले बताए।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२७ सेकेन्ड अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ सेकेन्ड अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस