नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले पदभार ग्रहण गरेका छन्। गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का राई निर्वाचित भएका थिए।
नेपालगन्ज उपमहानगरपालिका कार्यालय परिसरमा आइतबार मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश खडानन्द तिवारीले नवनिर्वाचित नगर प्रमुख विष्टलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए। यसैगरि, नगर प्रमुख विष्टले उपप्रमुख, वडाध्यक्ष र वडासदस्यलाई सामूहिक रुपमा सपथ गराएका थिए। सपथ खुवाए लगत्तै विष्ट र राईले पदभार ग्रहण गरेका हुन्। निवर्तमान नगर प्रमुख डा. धवलसम्शेर राणाले विष्टलाई र निवर्तमान उपप्रमुख उमा थापामगरले राईलाई पद हस्तान्तरण गरेका थिए।
नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यका लागि आयोजित शुभकामना कार्यक्रममा प्रमुख अतिथी एवं बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेश सभा सदस्य मो. याकुव अन्सारी, जिल्ला न्यायाधीश तिवारी, नवनिर्वाचित नगर प्रमुख विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, राप्रपाका महामन्त्री एवं निर्वतमान नगर प्रमुख डा. राणा, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा माओवादी केन्द्रका नेता अकलबहादुर बम, एमालेका नेपालगन्ज नगर अध्यक्ष दत्तप्रसाद आचार्य, जनता समाजवादी पार्टी (जसपा)का नगर अध्यक्ष सर्वनकुमार यादव, नेकपा (एकीकृत समाजवादी)की प्रतिनिधि करिस्मा योगी, राजमोका कृष्णराज पाण्डे लगायतले बोलेका थिए।
सो क्रममा निवर्तमान नगर उपप्रमुख थापाले स्वागत र नवनिर्वाचित नगर उपप्रमुख राईले धन्यवाद ज्ञापन गरेका थिए। उक्त कार्यक्रम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो।
पदभार लगत्तै नगर प्रमुख विष्टले उपमहानगरपालिका कार्यालयलाई अपांगमैत्री र जेष्ठ नागरिकको सेवालाई सहज बनाउन उपमहानगरपालिकामा लिफ्ट जडान गर्ने, जेष्ठ नागरिकलाई सामाजिक भत्ता लिन घण्टौ लाईन बस्नु पर्ने कुरालाई सहज तरिकाले वडा कार्यालयबाटै बैकिंग प्रतिनिधिमार्फत उपलब्ध गराउने, भेरी अस्पतालमा बिरामीहरूको लागी सहज तरिकाले खानाको व्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई प्रति महिना १ लाख रूपैयाँ दिने लगायत महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्।
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।
कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।
राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।
उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।
उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...