बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ। गाउँपालिकाको अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव निर्वाचित भएका हुन्। खाँले नेकपा एमालेका हिमान्सु यादवलाई १८५८ मतान्तरले पराजित गरे।
कांग्रेसका खाँले ६६५३ मत प्राप्त गरेका छन्, भने एमालेका यादवले ४७९५ मत पाएका छन्। तेस्रो स्थानमा आएका जनता समाजवादी पार्टी (जसपा)का राजिवकुमार कुर्मीले २९३८ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्षमा रामप्यारीले नेकपा एमालेकी भुमिसरा धिताललाई दोब्बर बढी ३ हजार ४ सय ५३ मतको अन्तरले पराजित गरिन्। रामप्यारीले ६ हजार ९ सय ९ मत प्राप्त गर्दा धितालले ३ हजार ४ सय ५६ मत प्राप्त गरेकी छन्। तेस्रो स्थानमा आएका नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले २ हजार २ सय २९ मत प्रात गरे। उक्त गाउँपालिकामा कांग्रेसका ३ जना, जसपाका २ र माओवादी केन्द्रका १ जना वडाअध्यक्ष निर्वाचित भएका छन्।
जसअनुसार वडा नम्बर १ मा जसपाका मोहम्मद रजा राई, वडा नम्बर २ मा माओवादी केन्द्रका चन्द्रीकाप्रसाद गुप्ता, वडा नम्बर ३ मा जसपाका राजकुमार कुर्मी, वडा नम्बर ४ मा कांग्रेसका रमेशकुमार वर्मा, वडा नम्बर ५ मा कांग्रेसकै टिकानाथ यादव र वडा नम्बर ६ मा कांग्रेसका जगदिशप्रसाद हरिजन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
२०७४ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा नेकपा एमालेले जितेको थियो। यसपटक भने जानकीमा एमालेले कुनैपनि वडा जित्न सकेन।