भर्खरै सम्पन्न स्थानीयतह निर्बाचनमा गठबन्धनको अग्रता कायम छ। ८ स्थानीयतहमध्ये एक गाउँपालिकामा जित हासिल गरिसकेको गठबन्धनले २ गाउँपालिका र एक नगरमा अग्रता कायम राखेको छ। गणना हुदै गरेका ५ मध्ये चौदण्डीगढी नगर, उदयपुरगढी र रौतामाई गाउँपालिकामा गठबन्धनले अग्रता कायम राखेको छ।
मुख्गय निर्वाचन अधिकृत कार्बयालयका अनुसार गठबन्धनबाट लिमचुङबुङ गाउँपालिकामा मेजरकुमार राई र पुष्पलाल राई अध्यक्ष र उपाध्यक्ष विजयी भईसकेका छन्। उनीहरुलाई क्रमश २ हजार ५१ र १ हजार ९ सय ३३ मत परेको छ। ५ वडामध्ये ४ वटामा गठबन्छधनले जितेको छ भने एउटा वडामा भने स्वतन्त्रले बितेका छन्।
गणना भइरहेका स्थानीयतहमा बेलका नगरपालिकामा १५ सय बढी मतले गठबन्धन अगाडि छ। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अशोक कार्कीको ४ हजार ५ सय ७० मत पर्दा एमालेका दुर्गाकुमार थापालाई २ हजार ९ सय ६३ मत परेको छ।
उपमेयरमा गठबन्धका मनोज तामाङको ३ हजार ४ सय ७३ र एमालेकी जिरा राईको ३ हजार ४ सय १३ मत पर्दैछ। ९ वडा रहेको बेलकामा एमालेको गढ मानिएको ३, ४, ५ र ६ नं को गणना बाँकी रहेकाले साख बच्नेमा अझै एमाले आसाबादी छ।
त्यस्तै उदयपुरगढी गाउँपालिकामा गठबन्धनका नेकपा (एस) का मानबहादुर केप्छाकीलाई ३ हजार ५ सय ३३ मत आउँदा एमालेका गोपाल खत्रीले २ हजार ६ सय ३४ मत पाइरहेका छन्। मा गठबन्धका जितबहादुर खड्कालाई ३ हजार ४ सय ४ र एमालेकी धना मगरलाई २ हजार ६ सय ३४ पर्दैछ।
रौतामाई गाउँपालिकामा गठबन्धनका तर्फबाट वीरेन्द्र मगरको २ हजार ८ सय ६ मत आईसक्दा एमालेका भरत थापाले २ हजार ३ सय १९ लिदैछन्। उपाध्यक्षमा गठबन्धनका भुपेन्द्र थापाले २ हजार ३ सय २३ ल्याइरहदा एमालेकी कुमारी ज्यु ठकुरीले २ हजार १ सय ७४ पाउदैछिन्।
चौदण्डीगढी नगरपालिका र ताप्ली गाउँपालिकामा भने एमाले अगाडि छ। काँग्रेस एक्लै भिडेको चौदण्डीढीमा एमालेका कालुमान लामाले ४ हजार १ सय ४३ मत ल्याएर अग्रता लिएका छन्।१० वडामध्ये ७ वटाको गणना सकिन लाग्दा काग्रेसका खगेन्द्र राईलाई ३ हजार ४७ मत आइरहेको छ।माओबादीसित गठबन्धन गरेको एसका नरेन्द्र राउतले १ हजार ९ सय ११ मत आउदैछ।
उता ताप्लीमा गठबन्धनका उम्मेदवार माओबादीका ढुंगराज विकलाई एमालेका बाबुराम राईले झिनो मतले अग्रता लिएका छन्। राईले १ हजार ४ सय ४२ मत पाइरहेका छन् भने विकलाई १ हजार ३ सय ६२ मत पर्दैछ। सदरमुकाम त्रियुगा र कटारी नगरको भने गणना बाँकी छ। कटारी १० को सोरुङमा मतदानको अन्तिममा प्रहरी गोली चल्दा एक स्थानीयको ज्यान गएको र त्रियुगा १२ नं मा धादली भएपछि मतदान रोकिन पुगेको हो।
शुक्गोरबार मतदान सकिएपछी बिबाद हुदा चलेको गोली प्रहारबाट १८ वर्षीय नविन भन्ने वीरबहादुर कटुवालको ज्यान गएको थियो। उनी स्वतन्त्र उम्मेदवार गौरबहादुर कटुवालका भतिजा हुन्। उनको मृत्युपछि त्यही रहेको शब आइतबार साँझ उठाएपछि रोकिएको निर्वाचनको बाकी काम अघि बढेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादबले बताएका छन्।
पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने, मृतकलाई सहिद घोषणा गर्ने, दोषीलाई कारबाही गर्नेलगायत ५ बुदे सहमतिपछि शब पोष्टमार्टम र निर्वाचनको बाकी काम अघि बढाइएको यादबले बताए।