इलामको सन्दकपुर गाउँपालिका १ मा सत्ता गठबन्धनलाई पाखा लगाउँदै नेकपा (एमाले)को प्यानल विजयी भएको छ। यसअघिका वडाध्यक्ष नन्दकुमार राईलाई पराजित गर्दै वडाध्यक्षमा एमालेका रहरकुमार राई विजयी भएका हुन्।
रहरकुमारले ४ सय ५५ र उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेवार नन्दकुमारले ४ सय २२ मत ल्याएका छन्। नन्दकुमार एमालेकै बागी उम्मेदवार थिए।
जिल्लाका ८१ वडामध्येमा यो वडा २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले वडाध्यक्ष जितेको जिल्लाकै एकमात्र वडा थियो। यहाँको वडाध्यक्षमा नन्दकुमार विजयी भएका थिए। केही समयअघि एमालेमै प्रवेश गरेका नन्दकुमार यसपटक पनि एमालेमा विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका थिए।
वडा सदस्यमा विजयी चेतबहादुर राईले ४ सय ५४, तोरण मुखियाले ४ सय ६४ मत ल्याए। महिला वडा सदस्यमा विनु राईले ४ सय ५० मत ल्याएकी छिन् भने दलित महिला सदस्यमा दिलमाया कमिनी यसअघि नै निर्विरोध निर्वाचित भएकी छिन्।