जिल्लाको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले सुरुवाती अग्रता लिएका हुन्। निर्वाचन अधिकृत टोपेन्द्र केसीका अनुसार पौडेलले १ सय १३ मत प्राप्त गरेका छन्।
यस्तै नेकपा एमालेका रामदास थारुले १ सय ४ र नेकपा (माओवादी केन्द्र) का पट्टु थारुले ४९ मत प्राप्त गरेका छन्। यस्तै उपाध्यक्ष पदमा एमालेका उम्मेदवार चमेली बागवलले १ सय ७, कांग्रेसकी मनिषासिंह थारुले १ सय ५ र माओवादी केन्द्रकी मञ्जु रोकायले ४७ मत प्राप्त गरेकी छन्। गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना अहिले चलिरहेको बताइएको छ।