स्थानीय तह निर्वाचन अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको मत गणना अझै सुरु हुन सकेको छैन।
मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले गणना कार्यका लागि प्रक्रिया अगाडि बढेपनि अझै सुरु हुन नसकेको बताएका छन्।
स्थानीय भेरी प्राविधिक शिक्षालयमा मत गणना गर्ने तयारी गरिएको छ। यसअघि शनिबार (आज) बिहान ८ बजेबाट मत गणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको थियो।
सर्बदलिय छलफलका लागि उम्मेदवारहरु समयमा उपस्थित हुन नसक्दा र गणनाको प्राविधिक तयारी नहुँदा ढिलाई भएको निर्वाचन कर्मचारी बताउँछन्। मत गणनास्थल भेरी प्राविधिक शिक्षालय बाहिर अहिले ठुलो संख्यामा सर्बसाधारण भेला भएका छन्। कडा सुरक्षाका बीच भेरी प्राविधिक शिक्षालयमा गणना गरिने बाँके प्रहरीले जनाएको छ।