स्थानीय तहका लागि मोरङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। बिहान पानी परेका कारण केही स्थानमा ढिला गरी मतदान सुरु भएको थियो। प्रदेश १ की प्रदेशसभा सदस्य सावित्रा रेग्मीले शुक्रबार भइरहेको निर्वाचनमा आफ्नो मताधिकारबाट वञ्चित भएकी छिन्।
निर्वाचन आयोगले गरेको लापरबाहीका कारण आफू मताधिकारबाट वञ्चित हुनु परेको बताएकी हुन्। ‘मैले निरन्तर रुपमा २३/२४ वर्षदेखि विराटनगर–३ बाट मतदान गरिरहेको थिएँ,’ प्रदेशसभा सदस्य रेग्मीले भनिन्, ‘यस पटक आफू मताधिकारबाट वञ्चित हुनु पर्दा धेरै दुःख लागेको छ। ०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समेत यहाँबाटै मतदान गरेकी थिए।’
यस पटक आयोगले जारी गरेको मतदाता नामावलीमा रेग्मीको नाम सुन्दरहरैँचा नगरपालिका–९ मा रहेको बताइन्। यस अघिका वर्षहरुमा पनि यहाँबाटै मतदान गर्दै आएको र नाम गल्ती होला भन्ने सोचेको थिइन्। आयोगका लागि सानो गल्ती भए पनि ठूलो अवसरबाट वञ्चित हुनु पर्दाको पीडा भाग्न बाध्य भएको बताइन्।
‘मै जस्तो कैयौं मतदाता वञ्चित हुनु पर्यो होला,’ रेग्मीले भनिन्, ‘किन, कसरी, कसले मेरो नाम हटाएको हो आयोगले प्रष्ट पार्नु पर्छ।’ त्यस्तै, सुन्दरहैँचा नगरपालिका–७ पञ्चायत माविको मतदान केन्द्रमा ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छिन्। मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जिल्लाका सबै मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ।
केही स्थानमा पानी परेका कारण ढिला मतदान सुरु भएको थियो। जहदा–३ शान्ति आधारभूत विद्यालयमा खटिएका कर्मचारीले एउटा पार्टी नजिक भएर काम गरेको भन्दै स्थानीय विरोध गरेपछि केही समय समस्या भए पनि पुनः मतदान सुचारु भइसकेको एसपी कोइरालाले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...