यतिबेला चर्काे गर्मीको मौसम छ। यहीबेला चुनावी चटारो। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ। बिहानको समयमा मतदान नसकिएमा चर्काे धुपमा पनि मतदानका लागि मतदाताहरु पुग्नुपर्ने हुन्छ।
यस्तो अवस्थामा बिरामी र अशक्त वा गर्मीका कारण स्वास्थ्य समस्या आइपरेमा प्राथमिक उपचारको प्रभावकारी व्यवस्था नभएको पाइएको छ। विशेषगरी नेपालगन्ज उपमहानगरपालिकामा प्राथमिक उपचारका लागि कुनै व्यवस्था नगरिएको मतदान अधिकृतहरुले बताएका छन्।
बाँकेका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईका अनुसार एउटा मतदान केन्द्रको व्यवस्थापनका लागि भवन भएको ठाउँमा पाँच हजार र भवन नभएका ठाउँमा १० हजार रुपैयाँ बजेट दिइएको छ। उक्त रकम प्राथमिक उपचार र पानीको व्यवस्थापनका लागि नभएको उनले बताए। नेपालगन्जमा खटिएका मतदान अधिकृतहरु पनि आफूहरुलाई प्राथमिक उपचार र पानीको व्यवस्थापन गर्ने निर्देशन नरहेको बताउँछन्।
उनीहरु प्राथमिक उपचारका लागि पनि केही न केही व्यवस्था हुनु आवश्यक रहेको बताउँछन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तका अनुसार नेपालगन्ज र कोहलपुरबाहेकका स्थानीय तहका लागि एउटा प्राथमिक उपचार बक्स प्रदान गरिएको छ। उक्त बक्स पनि कर्मचारीहरुलाई लक्षित हो। ‘आवश्यक परेमा उक्त बक्सलाई मतदान केन्द्रमा खटिएका स्वास्थ्यतर्फका कर्मचारीहरुको रोहबरमा मतदाताका लागि पनि प्रयोग गर्न सकिन्छ। अरु छुट्टै व्यवस्था छैन,’ उनले भनिन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानीय तहहरुलाई मतदानस्थलहरुमा प्राथमिक उपचारको लागि आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए।