मध्यरातमा नगवामा बबालः गठबन्धन र एमालेबीच वीरगन्जमा टक्कर गम्भीर हुँदै
२७ वैशाख २०७९
•
४ मिनेट पाठ
मध्यरातमा नगवामा बबालः गठबन्धन र एमालेबीच वीरगन्जमा टक्कर गम्भीर हुँदै
३० वैशाखमा हुने स्थानीय तह निर्वाचन वीरगन्ज महानगरपालिकामा चुनावी गतिबिधि आक्रमक हुँदै गएको छ। यसैक्रममा वीरगन्ज –१६ नगवामा सोमबार मध्यरातमा हंगामा भएको छ।




सोमबार राति करिब पौने १२ बजे नेकपा एमालेबाट वीरगन्ज महानगरमा मेयरका उम्मेदवार विजयकुमार सरावगी एक जनाको घरमा पुग्दा बवाल सुरु भएको थियो। गठबन्धनतर्फका उम्मेदवार राजेशमान सिंहका समर्थकहरुले भोट किनबेंचका लागि सरावगी राति टोलमा पसेको भन्दै घेरा हालेर बिरोध सुरु गरेका थिए।  

घरधनीले सरावगीले आफुलाई राति जगाएर कुरा मात्र गर्न खोजेको बताइरहेको, यता प्रतिवाद गर्नेहरुले मध्यरातमा किन आएको भनी प्रश्न गरेको र पछि एक जना मानिसलाई प्रहरीले कडा सूरक्षा घेराभित्र त्यहाँबाट गाडिमा हालेर लैजान लागेको एउटा भिडियो मंगलवार बिहानदेखि यहाँ भइरल छ। प्रहरीको सूरक्षा घेराभित्र उद्धार गरिएका ब्यक्ति वीरगन्जका निवर्तमान मेयर तथा हालका एमालेका मेयर प्रत्याशी सरावगी नै रहेको सो पार्टी र बिपक्षी गठबन्धनको बिज्ञप्तिबाट पुष्टी भएको छ।

राति पौने १२ बजेदेखि सुरु भएको बवाल मंगलवार बिहान करिब पौने ३ बजेसम्म चलेको थियो। सरावगीलाई त्यहाँबाट निकाल्न आधा दर्जन साना र ३ वटा ठुलो सवारीमा त्यहाँ भारी संख्यामा सूरक्षाकर्मी परिचालन गरिएको थियो। बिहान २ बजेर ४९ मिनेटमा सरावगीलाई नेपाल प्रहरीको टोली आफ्नो गाडिमा हाल्न सफल भएको थियो।  

बिहानैदेखि घट्नाका भिडियो र तस्विर समाजिक संजालमा भरिएको छ । र, दुबैतर्फका पक्षधरहरुले यसलाई आ–आफ्नो तर्कसाथ पस्केका छन्। सरावगीले आचारसंहीता बिपरित मत किनबेंचको उदेश्यले त्यहाँ गएको दावी गर्दै गठबन्धन र त्यसका समर्थकले आपति जनाएका छन्। एमाले पार्टी र कार्यकर्ता तथा सर्मथकहरुले यस घट्नालाई निर्वाचनको समयमा मत माग्ने प्रक्रियामा अवरोध गरेको भन्दै दादागिरी भनेका छन्।  

लोकतन्त्र लज्जित भयोः गठबन्धन

वीरगञ्ज महानगरपालिकाको आसन्न स्थानीय तह निर्वाचनको क्रममा विपक्षी नेकपा एमालेका उम्मेदवारको हर्कतले राजनीतिक संस्कारलाई लज्जित तुल्याएको भन्दै गठबनधनको तर्फबाट विज्ञप्ति जारी गरिएको छ। ‘पैसाको बिटो बोकी एमालेका मेयर पदका उम्मेदवार  सरावगी नगवामा पुगेको बेला मध्यरातमा समातिएर जनताको प्रतिवादमा परेका छन्।

लोकतान्त्रि ब्यवस्थामा अशोभनीय, अमर्यादित र निकृष्ट गतिबिधिको रुपमा यसलाई लिन सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आम मतदातालाई प्रभावित बनाउन पैसाको खेल कदापी स्विकार्य हुन सक्दैन ।’ घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै, यस्तो हर्कत आइन्दा नगर्न नगराउन विज्ञप्तिमार्फत चेतावनी दिइएको छ। आफ्नो उम्मेदवारलाई नियन्त्रण तथा मार्यादामा बसाउन नेकपा एमाले पार्टीलाईसमेत आग्रह गरिएको छ।

निर्वाचन आचार संहिता बिपरित भइरहेको यस्ता गतिबिधि रोक्न स्थानीय प्रशासन, जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको कार्यालय र सूरक्षा निकायहरुको भुमिका सन्तोषप्रद नभएको जनगुनासो पाइएको भनिएको छ। ‘मतदतालाई आर्थिक प्रभावमा पार्न खोज्ने गतिबिधि नियन्त्रण गरेर प्रतिबादको अवस्थालाई प्रतिकारकमा रुपान्तरण हुनबाट रोक्न तथा संहिता पालना गराउन सम्बन्धीत सबैलाई सचेत हुन आग्रह गर्दछौं,’ नेपाली काँग्रेसका पर्सा उपसभापति अशोक गुप्ता, जसपा नेपालका पर्सा अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा एकिकृत समाजवादी पार्टी, पर्साका अध्यक्ष बालगोपाल थापा र नेकपा माओवादी, केन्द्रकी केन्द्रीय सदस्य शेष चाँदताराद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा छ।  

गुण्डागर्दी शैलीमा आक्रमणको प्रयास भयोः एमाले

आफ्नो पार्टीको मेयरका उम्मेदवार सरावगी माथि सोमबार राति सांघातिक व्यवहार भएको भन्दै नेकपा एमाले पर्साले विज्ञप्ति जारी गद आपत्ति जनाएको छ। मेयरका उम्मेदवार सरावगी माथि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहका कार्यकर्ताले गुण्डागर्दी शैलीमा गरेको आक्रमण गर्ने प्रयास गरेको एमाले पर्साका इन्चार्ज प्रभु हजराले मंगलबार जारी गरेको विज्ञप्ति भनिएको छ।  

‘निर्वाचनमा उम्मेदवारले मतदातालाई मत आफूलाई हाल्न आग्रह गर्ने कुराको ग्यारेन्टी संविधानले गरेको छ। तर, सरावगीसंग राजेशमान सिंहका कार्यकर्ताले गुण्डागर्दी शैलीमा प्रदर्शन गरेको व्यवहारप्रति नेकपा एमाले पर्साको गम्भीर ध्यानाकर्षण भएको छ,’ बिज्ञप्तिमा उल्लेख छ, ‘बैशाख ३० गते हुने निर्वाचनमा राजनीतिक दलहरु मतदाताको घरमा गएर निर्वाध रुपमा मत माग्न पाउने संवैधानिक अधिकारलाई समेत कुण्ठित हुने हर्कत हुन थालेको छ।’

सँगै गएका सहकर्मीलाई पनि घेरा हालेर निर्घात रुपमा कुटपिट गरिएको र एमालेका मेयरका उम्मेदवार सरावगीलाई अवरोध सृजना गरी घन्टौंसम्म घेराबन्दीमा राखेको र प्रहरीले उद्धार गरेर ज्यान जोगाउनु परेको जनाइएको छ।

यस्तो भयपूर्ण अवस्थामा शान्तिपूर्ण रुपमा मताधिकार कसरी प्रयोग हुन्छ भन्ने प्रश्न उठेको एमालेले बताएको छ। निषेधको राजनीति गर्ने पात्रहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन र कारवाही गर्न मागसमेत गरिएको एमालेको बिज्ञप्तिमा भनिएको छ, ‘शालिनतापूर्ण आग्रहलाई बेवास्ता गरे त्यसबाट निस्किने सबै परिणामको जिम्मेवारी स्थानीय प्रशासनले लिनु पर्छ।’
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
१ घण्टा अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस