स्थानीय तह निर्वाचन: मतदानको तरिकाबारे उम्मेदवारै अन्योल!
२५ वैशाख २०७९
•
४ मिनेट पाठ
स्थानीय तह निर्वाचन: मतदानको तरिकाबारे उम्मेदवारै अन्योल!
शनिबार साँझ इलाम नगरपालिकाको वडा सदस्य (खुला) पदका एक उम्मेदवारले मतदातालाई मतदान यसरी गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमार्फत् ‘सिकाए’। उनले त्यतिमात्रै गरेनन्, विपक्षी उम्मेदवारले मतदातालाई भोट माग्दा ‘एउटा सदस्यमा तपाइँकै दललाई दिएपनि अर्कामा चाहिँ मलाई दिनुहोला है’ भनेको प्रसंगलाई लिएर ती विपक्षीलाई ‘विचरा’को संज्ञा दिँदै उनीप्रति ‘दया’ लागेको प्रतिक्रियासमेत दिन भ्याए।




उनको यस्तो फेसबुक ‘स्टाटस’मा हुरुरु ‘कमेन्ट’ आइहाले। कतिपयले त्यसैलाई मतदाता शिक्षाका रूपमा जस्ताको तस्तै बुझे र सही मतदाता शिक्षा पाएको पनि ठाने। कतिपयले उनको ‘स्टाटस’ले गलत सन्देश दिएको ‘कमेन्ट’ गरे। र, मतदान गर्ने सही तरिका पनि त्यहीं सुझाइदिए। जुन उम्मेदवारले अरूलाई सिकाउन सामाजिक सञ्जालमा ‘स्टाटस’लेखेका थिए, उनैले चाहिँ गलत तरिका सिकाएका छन्।  

मनोनयन दर्ता गरेयता घरदैलो र चुनावी सभामा पुगेका ती उम्मेदवार आफैं भोट कसरी हाल्ने भन्नेमा द्विविधामा पर्नुले यस पटकको मतदाता शिक्षालाई संकेत गर्छ। जिल्ला सदरमुकामको वडाका पढेलेखेका उम्मेदवारकै यो बुझाइले ग्रामीण क्षेत्र, सञ्चारको सेवा कम भएका मतदातामा त झन् मतदान गर्ने तरिकाबारे कस्तो चेतना होला भन्ने अनुमान गर्न बाध्य बनाएको सरोकारवाला बताउन थालेका छन्। जिल्ला निर्वाचन कार्यालयका एक कर्मचारी भन्छन्, ‘उम्मेदवारजस्तो मान्छेले नजानेरै त गलत सिकाएको होइन होला, मतदान गर्ने तरिका उम्मेदवारकै लागि त्यति धेरै जटिल नहुनुपर्ने हो।’  

यसपटक निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेको छैन। गएका निर्वाचनहरूमा केही दिनअघि नै गाउँ–गाउँमा मतदाता शिक्षा सञ्चालन गरिन्थ्यो। अहिले मतदाता शिक्षा कार्यक्रम नहुँदा धेरैजसो मतदाताले मतदान गर्ने तरिका थाहा पाउन सकेका छैनन्। निर्वाचन आयोगले सदरमुकाममा आयोजना गर्ने कार्यक्रमहरूमा मतदाता शिक्षाको प्रसंग उठ्ने गरेको छ। 

अहिले सामाजिक सञ्जाल र अन्य माध्यमबाट पनि मतदाता शिक्षाबारे धेरै मतदाता र सरोकारवालाले चासो व्यक्त गरिरहेका छन्।  कार्यालयले भने मतदान केन्द्रमै छोटो समयका लागि मतदान गर्न सिकाउने कार्यक्रम रहेको जनाएको छ। कार्यालयका अनुसार मतदानस्थलमा एक स्वयंसेवक राखेर मतदाता शिक्षा दिइने छ। यसअघि सदरमुकाममा नमुना मतदान सञ्चालन गरिएको छ। स्थानीय सञ्चारका माध्यमबाट पनि मतदाता शिक्षाबारे चेतनामूलक सामग्री प्रकाशन/प्रसारण भइरहेको कार्यालयले जनाएको छ।  

कसरी गर्ने त मतदान?

तपाइँले पाउने मतपत्रको ७ ठाडो लहर (कोलम)मा बेग्लाबेग्लै चुनाव चिह्न राखिएका छन्। आफूले रोजेका ७ उम्मेदवारलाई सातै ठाउँमा पदअनुसार १/१ छाप लगाउनुपर्छ। वरदेखि परैसम्म सीधा तेर्साे, छड्के वा ‘क्रस’ गरी जसरी चिह्न रोजेपनि एउटै पदको एकभन्दा बढी चिह्नमा चाहिँ छाप लगाउन हुँदैन। अन्तिमका दुई कोलममध्येमा चाहिँ एउटै कोलमका २ कोठामा पनि मतदान गर्न सकिन्छ। बदर नहुनेगरी ७ मध्ये त्योभन्दा कम संख्याका उम्मेदवार मात्र छान्ने पाउने विकल्प पनि मतदातालाई छ। तोकिएभन्दा बढी वा ७ भन्दा बढी ठाउँमा छाप लगाउँदा चाहिँ छाप बढी भएको पदका सबै उम्मेदवारको मत बदर हुन्छ।  

मतपत्र लिएपछि पहिलो ठाडो लहरमा नगरपालिका भए प्रमुखलाई र गाउँपालिका भए अध्यक्षलाई १ छाप लगाउनुपर्छ। दोस्रो कोलममा नगर भए उपप्रमुख र गाउँपालिका भए उपाध्यक्षलाई अर्काे छाप लगाउनुपर्छ। तेस्रो कोलममा आफ्नो वडाको वडाध्यक्षलाई १ छाप, चौथो कोलममा आफ्नै वडाकी महिला वडा सदस्यलाई १ छाप र पाँचौं कोलममा आफ्नो वडाकी दलित महिला वडा सदस्यलाई १ छाप लगाउनुुपर्छ।  

त्यसपछि मतपत्रमा छैटौं र सातौं कोलम अलग्गै राखिएका छन्। ती कोलम वडा सदस्य (खुला) २ जनाका लागि हुन्। छैटौं कोलमको एउटा कोठामा एउटा र सातौं कोलममा चाहिँ एउटै कोठामा एकैखाले २ चिह्न राखिएका छन्। एउटै दलबाट बनेका २ उम्मेदवारलाई समेत निर्वाचन आयोगले यहाँको एउटै कोठामा भएको एउटा चिह्न र अर्काे कोठामा भएका २ चिह्न कसको हुने भनी पहिले नै छु्याइदिएको हुन्छ। ती दुवै कोलमका चिह्नमा चाहिँ बढीमा २ कोठामा आफूले रोजेका उम्मेदवारलाई एक–एक छाप लगाउनुपर्छ। एउटै कोलमको तल र माथि वा अलग–अलग कोलमका अलग कोठाका चिह्नमा पनि छाप लगाउन सकिन्छ।  

मतदान गरिसकेपछि एउटा कोठामा लगाएको छापको मसी अर्काे चिह्नमा नलत्पतिनेगरी (छाप लगाएको ठाउँ मतपत्रको पछाडिपट्टि पारेर) पट्याएर मतपेटिकामा खसाल्नुपर्छ। स्वस्तिक छापबाहेक औंठाछाप वा संकेत नबुझिनेगरी मतदान गरेमा त्यो मतपत्र बदर हुने निर्वाचन आयोगले जनाएको छ। मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र पनि बदर हुनेछ। आयोगका अनुसार अरूलाई देखाएर मतपत्रमा छाप लगाउन पाइँदैन र छाप लगाएको वा नलगाएको मतपत्र मतदाताले बोकेर लैजान पनि हुँदैन। मतपत्र च्यात्न वा नष्ट गर्न पनि नहुने आगोगले जनाएको छ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
५१ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस