आसन्न स्थानीयतह निर्वाचनका लागि तोकिएका मतदान अधिकृतहरु गन्तव्यतर्फ लाग्न थालेका छन्। जिल्लाका ४ नगर र ४ गाउँपालिकाका लागि तोकिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायत कर्मचारीहरु तालिम लिएर गत्नव्यतर्फ लाग्न थालेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएका मतदान अधिकृत र सहायक अधिकृत लगायत कर्मचारीहरुलाई सदरमुकाममा चलाइएको २३ गतेदेखि २५ गतेसम्मका तालिम लिन बोलाइएको थियो। जसमध्ये २३ र २४ गते तालिम लिएका अधिकृतहरु आवश्यक निर्वाचन सामग्री बुझेर गन्तव्यतर्फ लाग्न थालेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताए। उनका अनुसार २५ गते तालिम लिएका अधिकृतहरु भने सामान बुझेर सोमबार विहान सम्बन्धित मतदानस्थलतर्फ लाग्ने छन्।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार बिभिन्न स्थानीयतहका मतदान केन्द्रका लागि तोकिएका ८३ अधिकृतसहित १ सय ६६ जनाले २३ गते तालिम लिएर सम्बन्धित स्थलतर्फ गईसकेका छन्। त्यस्तै २४ गते तालिम लिने ८६ अधिकृतसहित १ सय ७२ जना पनि गन्तव्यतर्फ जाने क्रम चलिरहेको छ। आईतबारको तालिममा सहभागी ८० अधिकृतसहित १ सय ६० कर्मचारीलाई तालिम सकेपछि आवश्यक सामग्री दिएर मतदानस्थलतर्फ पठाइनेछ।
उदयपुरमा ९८ मतदानस्थल (बुथ) कायम गरिएको निर्वाचन अधिकारी खेमराज कोईरालाले बताएका छन्। उनले ९८ मतदानस्थलमा जम्मा २ सय ५८ मतदान केन्द्र कायम भए अनुसार अधिकृत, सहायक अधिकृत र आवश्यक कर्मचारी खटाइएको बताए। तोकिएका कर्मचारीलाई आउँदो निर्वाचनमा शान्तिपूर्ण, भयरहित, स्वतन्त्र र निश्पक्ष मतदान कार्य सम्पन्न गराउन आवश्यक तालिम दिइएको उनले बताए।
उदयपुरमा ८ वटा स्थानीयतहमध्ये ४ नगरपालिकातर्फ ३९ र ४ गाउँपालिकातर्फ २६ गरी ७५ वडा रहेका छन्। जिल्लामा २ अन्यसहित २ लाख २३ हजार १ सय ३८ मतदाता रहेका छन्। जसमा गरी १ लाख १२ हजार ८ सय ८५ पुरुष र १ लाख १० हजार २ सय ५२ महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।