वीरगन्ज महानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुको चुनावी गतिविधि यतिखेर तीव्र छ।
एकातिर पाँच दलिय गठबन्धनका उम्मेदवार जनता समाजवादीको तर्फबाट राजेशमान सिंह श्रेष्ठ मेयरको उम्मेदवार छन्। अर्कोतिर महानगरमा अघिल्लो पटक बिजेता रहेका निवर्तमान नगरप्रमुख विजय सरावगीलाई प्रार्टी प्रवेश गराएर नेकपा एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसंग तालमेल गर्दै मेयरको उम्मेदवार बनाएको छ।
वीरगन्जको यी दुई चुनावी खेलाडीहरु अभ्यस्त रहेको वीरगन्जको राजनीतिक अखडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार पत्रकार तथा लेखक गिरिश गिरीले आफ्नो चुनावी अभियान चलाई रहेका छन्।
उम्मेदवारी मनोनयन दर्ता गर्नुभन्दा दुई दिन अगाडि काठमाडौंमैं बसेर आफू वीरगन्जको मेयरमा उम्मेदवारी दिन लागेको भनि गिरीले समाजिक संजालमार्फत घोषणा गरेका थिए। वीरगन्जमै जन्मथलो भएका गिरीका सहपाठी, बालशखा र चिन्ने जान्नेले त्यतिबेला उत्साहित भएर प्रतिक्रिया दिए। दिग्गजहरुको हावामा गिरी टिक्न सक्दैनन् भन्ने एकखाले प्रतिक्रिया पनि थियो।
उम्मेदवारी दिएको १० दिनदेखि गिरी चुनावी अभियानमा अनवरत छन्। मेयरमा उम्मेदवारी दिएका गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिभा जयसवाल कुर्मीलाई उपमेयरमा र १९ वटा वार्डहरुमा वार्ड अध्यक्षका उम्मेदवारहरुको टिम बनाएर मैदानमा छन्।
चुनावी प्रचारप्रसारमा मेयरका उम्मेदवार पत्रकार तथा लेखक गिरिश गिरी र उपमेयरकी उम्मेदवार बिभा जयसवाल कुर्मी वैकल्पीक अनुहारको खोजीमा रहेको वीरगन्जलाई गिरीश गिरी एउटा नयाँ विकल्पकोरुपमा आइपुगेका हुन्। चुनावको मुखैमा आएर उम्मेदवारी दिएकाले उनको गृहकार्यमा कमी रहेको धेरैको बुझाई छ। लामो समयदेखि स्थानीय परिवेशमा भिजेका उम्मेदवारहरुकोबीचमा गिरीको उम्मेदवारीले ठूलो अर्थ राख्ने विश्लेषकहरु बताउँछन्। उनी सार्वजनिक बहसहरुमा निर्धक्क भएर सवालहरुको जवाफ दिन्छन्। र स्पष्टरूपमा आफ्नो भनाइ राख्छन्। पुरानो अनुभव, कार्यकर्ताहरुको लस्कर र संगठनसहितका पार्टी भएका उम्मेदवार सिंह र सरावगीसंग प्रतिस्पर्धा गर्दा गिरी न सवाल जवाफमा न चुनावी अभियानमा बिचलित छन्।
बाबुको सपना बोकेर मैदानमा
राप्रपा उम्मेदवार गिरी बुवा स्वर्गीय गोपाल गिरीको सपना बोकेर आफू निर्वाचनको मैदानमा होमिएको बताउँछन्। ‘नवीन वीरगन्ज’ निर्माणको लागि बुवा गोपाल गिरीले देखेको अधुरो सपनालाई पूरा गर्न आफू चुनावमा होमिएको उनले बताए।
मेयरको पदमा बहाल रहेकै बेला गिरीशका बुवाको २०६० साल माघ १ गते तत्कालीन बिद्रोही माओवादीबाट गोलीहानी हत्या भएको थियो। बुवाका सपनाहरु जहाँ रोकिए त्यँही निरबाट आफू प्रारम्भ गर्न चाहेको गिरीको भनाई छ।
तत्कालीन वीरगन्ज नगरपालिकाका मेयर स्वर्गीय गोपाल गिरीले आधुनिक र व्यवस्थित वीरगन्ज निर्माणको थालनी गरेका थिए। २०६० पुसमा घण्टाघरस्थित नेपाल रेल्वे कम्पनीको १० बिगाहा जग्गा उनले बिपी उद्यान निर्माणको लागि महानगरपालिको तर्फबाट किनेका थिए। त्यहाँ आजसम्म उद्यान बन्न सकेको छैन। रक्सोलबाट वीरगन्ज आउने रेल्वेको लिक भएको मार्ग त्यतिबेला नै नगरपालिकाको स्वामित्वमा आएकोमा त्यहाँ भने चार लेन सडक बनेको छ। भौतिक बिकासका कयौं परिकल्पनाहरु भने उनको बुवाको निधनसंगै निदाएकोले त्यसलाई ब्युँताउन र साकार पार्न खोजेको उम्मेदवार गिरीको भनाई छ।
शिक्षा, स्वास्थ्य, रोजगारी र मानवीय विकासका अन्य सुचकांकहरुमा वीरगन्जले जुन स्थान पाउने सम्भावना बोकेको छ त्यहाँ पुग्न नसकेको उनको भनाई छ। बिहान ६ बजेदेखि अबेर रातिसम्म चुनावकै कार्यक्रममा रहेका उनले अनुहारमा बोकेको आत्मबिश्वास र बीचबीचमा छरिरहेको मुस्कानले धेरैको निद्रा बिगारेको राप्रपाका जिल्ला नेताहरुको दावी छ।
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।
त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।
बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।
त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।
त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।