पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई षड्यन्त्रपूर्वक ढालिएको भन्दै ‘जनता’सँग न्याय माग्न हिँडेको बताएका छन्। उनले सार्वभौम अधिकार नागरिकमा रहेको र नागरिक नै न्यायाधीश भएकाले एमालेले चुनाव चाहेको पनि बताए।
इलामको माई नगरपालिकास्थित दानाबारीमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘एमालेलाई, हाम्रो नेतृत्वको सरकारलाई भयावह षड्यन्त्रको चक्रविउमा फसाइएको हो। मैले नलडेको मुद्दामा मलाई हराइयो र गठबन्धनलाई जिताएर परमादेशी सरकार बनाइयो, त्यसैले अहिले हामी न्यायाधीश (मतदाता) सँग न्याय माग्न आएका छौं।’
भूमिहीन सुकुमबासीको बाक्लो बसोबास रहेको दानाबारीमा आयोजित सभामा अध्यक्ष ओलीले भूमिहीन सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने बेला परमादेशबाट सरकार बनाएर एमालेको हटाउने षड्यन्त्र गरिएको बताए। उनले भूमिहीन सुकुमबासीका समस्या आउँदो आमनिर्वाचनपछि समाधान गर्ने पनि आश्वासन दिए।
‘अबको आमनिर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ, त्यो सरकारले मात्रै भूमिहीन सुकुमबासीको समस्या समाधान गर्न सक्छ,’ उनले भने, ‘जब एमालेले भूमिहीन सुकुमबासीका समस्या समाधान गर्ने प्रयास गर्छ, विपक्षीले त्यसलाई नपचाएर सरकार ढालिहाल्छन्।’ उनले २०५१ सालमा पनि एमाले नेतृत्वको सरकारले ६५ हजारभन्दा बढी भूमिहीन सुकुमबासीलाई लालपूर्जा वितरण गरेपछि सरकार ढालिएको बताए।
‘मेरो नेतृत्वको सरकारले अस्ति आयोगबाट लालपूर्जा वितरण गर्नै लागेको थियो,’ उनले भने, ‘त्यहीबेला गठबन्धन नामको षड्यन्त्र निस्कियो। परमादेशबाट सरकार बनाइयो। तर, अदालतको सम्मान गर्ने भएकाले अदालतको निर्णय हामीले मान्यौं।’
वर्तमान सरकार संसद्बाट नभई परमादेशबाट बनाइएको अथ्र्याउँदै ओलीले यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए। ‘लोकतन्त्रमा सरकार बनाउने संसद्ले हो अदालतले होइन,’ उनले मतदातासँग भने, ‘तर, हामीले अदालतको सम्मान नै गर्यौं। हामी अन्यायमा परेकाले अहिले न्याय खोज्न तपाइँहरूसामु आएका छौं।’