नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय मोहम्मद कासिव मंगलबार बिहान विपी चोकस्थित इदगाहमा पुग्दा अनौंठो दृश्य देखे। इदगाहमा सामूहिक नमाज पढे लगत्तै उनीसँग अंकमाल गर्न आईपुगे, आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारहरु।
मुस्लिम र गैर मुस्लिम समुदायका उम्मेदवारले पालै पालो उनीसँग अंकमाल गर्दै ईदको शुभकामना साटासाट गरे। ‘चुनावी माहोल भएर पनि होला, यसपटकको ईदमा फरक माहोल देखियो,’ उनले नागरिकसँग भने, ‘शुभकामना आदान प्रदान गर्न उम्मेदवारहरु बाक्लो उपस्थिती देखियो।’
आफूलाई धेरै जना उम्मेदवारले अंकमाल गरेर ईदको शुभकामना दिएको कासिवले सुनाए। उनी राजनीतिमा त्यति चासो दिँदैनन्। तर, आसन्न निर्वाचनमा राम्रो र योग्य उम्मेदवारले उपमहानगरपालिकाको नेतृत्व गरोस् भन्ने अपेक्षा राखेका छन्। ‘नेपालगन्ज उपमहानगरपालिकामा यस्तो उम्मेदवारले जितोस्, जो दुरदर्शी र भिजन भएको होस्, निर्वाचत भएपछि उसले जनताको काम राम्ररी गरोस्,’ उनले थपे।
नेपालगन्ज ६ का कसवत दुजा खाँ पनि ईदगाहमा रहँदा धेरै जना उम्मेदवारबाट ईदको शुभकामना पाए। अधिकांस उम्मेदवारले आफूसँग अंकमाल गरेर ईदको शुभकामना साटासाट गरेको उनले सुनाए। गत वर्ष कोरोना महामारी परेका कारण राम्ररी ईद मनाउन नपाएको स्मरण गर्दै उनले यसपटक सबैसँग भेटघाट गरेर ईद मनाउन पाउँदा खुसी लागेको बताए। ‘यसपटक ईदमा सबैसँग भेटघाट गर्ने अवसर मिल्यो, अहिले चुनावको समय भएको हुँदा धेरै जना उम्मेदवारसँग इदगाहमै भेट्ने अवसर जुर्यो,’ उनले भने। ईदगाह परिसर मंगलबार बिहानभर चुनावमय बन्यो।
धार्मिक तथा सामाजिक सद्भावको शहरका रुपमा चिनिने नेपालगन्जमा हरेक चाडपर्वमा एक धर्मका ब्यक्तिले अर्को धर्मका ब्यक्तिसँग खुसी साटासाट गर्ने प्रचलन बढेको छ। हरेक निर्वाचनमा यहाँका समुदायहरु निर्णायक मतदाता मानिन्छन्। यसले गर्दा उम्मेदवारले मुस्लिम समुदायलाई आफूतिर आकर्षित गर्न चाहन्छन्। निर्वाचनमा होमिएका उम्मेदवारको ध्यान मंगलबार मुस्लिम समुदायको ईदमै केन्द्रित भएको हो। बिहान इदगाहमा शुभकामना साटासाट गर्न पुगेका उम्मेदवारहरु दिनभर मुस्लिम समुदायका घर, टोल, छिमेक भएका शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भए।
ईदको रौनकसँगै ईदगाह परिसरमा चुनावी रौनक देखेर नेपालगन्ज ६ का मोहम्मद असर शेख पनि दंङ्ग परे। ‘हामीलाई ईदको रौनकले त छोएकै थियो, त्यो भन्दा बढी ईदमा चुनावी रौनकता बढ्यो,’ उनले भने।
अधिकांस उम्मेदवारहरु शुभकामना साटासाट गर्दै मुस्लिम समुदायको मन आकर्षित गर्ने प्रयासमा देखिन्थ्ये। कतिपयले ईदगाह परिसरमा टेन्ट टाँगेर विभिन्न मिठाई, पानी लगायत खानेकुरा वितरण पनि गरे। नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखका लागि कांग्रेससहित गठबन्धनको तर्फबाट प्रशान्त विष्ट, नेकपा एमालेका तर्फबाट पशुपति दयाल मिश्र, राप्रपाबाट नन्दलाल बैश्य लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। यस्तै नगर उपप्रमुख पदमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका कमरुद्धिन राई, एमालेबाट शान्ति ढका, राप्रपाबाट बिन्दु चर्तिमगर लगायत उम्मेदवार बीच प्रतिस्पर्धा भइरहेको छ।
ईदको अवसरमा सामुहिक नमाज पढेपछि शुभकामना साटासाट गरिरहेका नेपालगन्ज ९ का अकवर शेख ‘गुड्डु’ ले विगतको भन्दा यसपटकको ईदमा थप रौनकता देखिएको बताए। ‘ईदको सामुहिक नमाज पढेपछि मैले पनि धेरै जनासँग शुभकामना साटासाट गरे,’ उनले भने। शेख नेपालगन्ज ९ मा वडाध्यक्षका उम्मेदवार हुन्। उनले थपे, ‘मैले जतिसँग भेट गरेर शुभकामना आदान प्रदान गरे, धेरैले मलाई शुभकामना र आर्शिवाद दिनुभयो, यो नै मेरो लागि आत्मबल हो।’