मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले पालिका अनुसार मतपत्र रुजु र प्याकेजिङ (सटिङ) गर्ने कार्य सुरु गरेको छ। ताप्लेजुङका ९ स्थानीय तहका लागि प्राप्त भएका मतपत्र पालिकाको मतदाता संख्या अनुसार रुजु र प्याकिङ गर्न थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले जानकारी दिए।
उनका अनुसार अहिलेसम्म फुङ्लिङ नगरपालिका,आठराइ त्रिवेणी गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाको मतपत्र सटिङ गरी सकिएको छ। करिब ९६ हजार थान मतपत्र रुजु र प्याकिङ गर्नुपर्ने तयारी भएको छ। यसमध्ये ३८ हजार थान मतपत्र रुजु र प्याकिङ गरिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मंगलबारबाट अन्य पालिकाहरुका लागि मतपत्र रुजु र प्याकेजिङ गर्ने कार्य सुरु हुने उनले बताए।
निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ अनुसार ५० वटासम्म मतदान केन्द्र भए मतपत्र रुजु र प्याकेजिङ गर्ने कार्यका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत कर्मचारीले नै गर्नुपर्नेछ। अर्थात् ५० वटासम्म मतदान केन्द्र भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिने जनशक्ति भन्दा बढी जनशक्ति थप गर्न पाइने छैन। ताप्लेजुङमा ७३ मतदान स्थल र १ सय २२ वटा मतदान केन्द्र रहेका छन्।
५१ देखि १ सय वटासम्म मतदान केन्द्र भएमा मतपत्र रुजु र प्याकेजिङ गर्ने र मतदान अधिकृतलाइ मतपत्र बुझाउने कार्यका लागि भने बढीमा ७ दिनसम्मका लागि २ जनासम्म जनशक्ति थप गर्न सकिने व्यवस्था रहेको छ। यस्तै १ सय १ देखि २ सय वटासम्म मतदान केन्द्र भएमा बढीमा ३ र २ सय १ देखि ३ सय वटासम्ममा बढीमा ४ जनासम्म जनशक्ति थप गर्न सकिने छ।