उदयपुरमा १ हजार ५ सय १९ को चुनावी दौड
१७ वैशाख २०७९
•
३ मिनेट पाठ
उदयपुरमा १ हजार ५ सय १९ को चुनावी दौड
आसन्न स्थानीयतह निर्वाचनमा ३ सय ९१ पदका लागि डेढ हजार हाराहारी उम्मेदवारले चुनावी दौडमा भाग लिएका छन्। आउँदो ३० गते हुने चुनावमा ४ नगर र ४ गाउँ गरी ८ वटा पालिकाका लागि प्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुल्ला सदस्य, खुल्ला महिला सदस्य र दलित महिला सदस्यमा १ हजार ४ सय १९ को स्पर्धा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  




कार्यालयका अनुसार ७५ वडा रहेको उदयपुरमा ८ नगरप्रमुख, ८ उपप्रमुख, ८ अध्यक्ष र ८ उपाध्यक्षका लागि प्रतिस्पर्धा हुदैछ। त्यस्तै ७५ वडाध्यक्ष, ७५ खुल्ला महिला सदस्य, ७५ दलित महिला सदस्य र १ सय ५० खुल्ला सदस्यका लागि प्रतिस्पर्धा हुने छ। नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष र खुल्ला, दलित र महिला सदस्यका लागि प्रतिस्पर्धा भईरहेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताए।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जम्मा ३ सय ९१ पदका लागि १ हजार ५ सय १९ जनाको उम्मेदवारी परेको थियो। अघिल्लो दिन ५ः०० बजेसम्म ८९ जनाले नाम फिर्ता लिएपछि बाँकी उम्मेदवारहरुले चुनावी दौडमा भाग लिएका हुन्। स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन गरेका ८९ जनाले नाम फिर्ता लिए पनि केही बागीहरु भने चुनावी मैदानमै रहेका छन्।  

जसमा ३ महिलासहित १० जना प्रमुख तथा उपप्रमुखमा बागी भएर चुनावी रणसंग्राममा उत्रिदैँछन्। एमालेबाट कटारी नगरप्रमुखमा भीमकुमारी राउतले बागीमा चुनाव लड्दैछिन् भने कटारीमै माओवादीका केपी बरालले गठबन्धनविरुद्ध बागी दिएर चुनाव भिड्दैछन्। कटारीमा काँग्रेसबाटै बालकृष्ण थापा प्रमुख र मनकुमारी भुजेल तथा कृष्ण थापा उपप्रमुखमा भिड्दैछन्।  

त्रियुगामा जनता समाजवादी पार्टीकी मन्जु राई र मोहन वैद्य नेतृत्वका नेकपा (एकीकृत) की अम्बिका रेग्मी प्रमुखमा भिड्दैछन्। राई जसपाबाट महिला प्रमुखका रुपमा अघि सरेकी हुन् भने रेग्मीले नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको सहयोगमा प्रमुखमा दावी दिएको बताएकी छिन्। उता चौदण्डीगढी नगरपालिका प्रमुख प्रशान्त राई काँग्रेसबाटै बागी लड्दै गर्दा लिमचुङबुङमा काँग्रेसकै रमिला राईले उपाध्यक्षमा बागी भिड्दैछिन्।  

लिमचुङब्ङको अध्यक्षमा माओवादीबाट होमबहाुदर राईको बागी उम्मेदवारी परेको छ भने  काँग्रेसका माधव रास्कोटीले ताप्ली गाउँपालिकाको अध्यक्षमा बागी हालेका छन्। काँग्रेसकै सुशिला मगर र तिलक खपाङ्गीले ताप्लीको उपप्रमुखमा बागी हालेका छन्।  

त्रियुगामा गठबन्धनबाट नेकपा (एस)का बलदेव चौधरी र माओवादीका गीता खड्का कार्की क्रमशः मेयर र उपमेयरमा लड्दैछन् भने काँग्रेसबाट बसन्त बस्नेत र सरिता राई मेयर र उपमेयरका उम्मेदवार छन्। एमालेबाट भागवत राउत र महेश्वरी राईको क्रमशः मेयर र उपमेयरमा उम्मेदवारी परेको छ।  

चौदण्डीगढीमा काँग्रेसका खगेन्द्र्र राई र रीताकुमारी चौधरी मेयर र उपमेयरमा लड्दै गर्दा गठबन्धनबाट नेकपा (एस)का नरेन्द्र राउत मेयरमा र माओवादीकी हीरा थापा तिम्सीनाले उपमेयरमा उम्म्ेदवारी दिएकी छिन्। एमालेले कालुमान लामा र मणिका दुलाललाई मेयर र उपमेयरमा उठाएको छ।  

त्यस्तै कटारी नगरपालिकामा गठबन्धनबाट काँग्रेसका राजेशचन्द्र श्रेष्ठ मेयर र माओवादीका विनोद कटुवाल उपमेयरमा उम्मेदवार बनेका छन्। एमालेले ज्ञानेन्द्र श्रेष्ठ र गीता खड्कालाई मेयर र उपमेयरमा उठाएको छ। बेलकामा गठबन्धनबाट काँग्रसका अशोक कार्कीलाई मेयरमा र उपमेयरमा माओवादीका मनोज तामाङले उम्मेदवारी दिएका छन्। एमालेले दुर्गाकुमार थापा र जीरा राईलाई मेयर र उपमेयरमा उठाएको छ।  

उता उदयपुरगढीमा एकीकृत समाजवादीकै मानबहादुर केप्छाकीमगर, उपाध्यक्षमा काँग्रेसका जीतबहादुर खड्का उम्मेदवार भएका छन् भने एमालेले गोपाल खत्री र शोभा मगरलाई उठाएको छ। ताप्लीमा माओवादीका ढुंगराज विक अध्यक्ष र काँग्रेसकी धना मगर उपाध्यक्ष उठेका छन् भने एमालेबाट बाबुराम राई र मानकुमारी थापा उठेका छन्। त्यसैगरी रौतामाई अध्यक्षमा माओवादीका वीरेन्द्र मगर र उपाध्यक्ष काँग्रेसका भुपेन्द्र थापा उम्मेदवार बन्दा एमालेबाट भरत थापा र कुमारी ज्युृ ठकुरी उठेका छन्। लिमचुङबुङमा माओवादीका मेजरकुमार राई र काँग्रेसका पुष्पलाल राई अध्यक्ष र उपाध्यक्ष उठेका छन् भने एमालेबाट राजकुमार राई र देवकुमारी कार्की उठेका छन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
३ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस