उदयपुर काँग्रेसले बागी आधा दर्जन उम्मेदवारलाई कारबाही गरेको जनाएको छ। पार्टीले शनिबार जारी गरेको विज्ञप्तीमा पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त वैशाख १६ गतेको पत्र र जिल्ला पार्टीको वैशाख १४ गतेको अनु्रोध विज्ञप्ती अनुसार आधिकारिक उम्मेदवारविरुद्ध बिभिन्न पालिकामा विद्रोही उम्मेदवारी दिनेलाई कारबाही गरिएको उल्लेख छ।
कारबाहीमा पर्नेमा २ प्रमुख र ४ उपप्रमुखका प्रत्यासी छन्। ‘केन्द्रीय समितिको वैशाख १६ गते प्राप्त पत्र र जिल्ला पार्टीले गत १४ गते जारी गरेको अनुरोध प्रेस विज्ञप्ती अनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही बनेका बिभिन्न पालिकाका मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ।
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिने नेता कार्यकर्तालाई तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा नमानेर असहयोग गरेको भन्दै विज्ञप्तीमा नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४(१३) ग बमोजिम कारबाही गरिएको जनाइएको छ।
पार्टी सभापति हिमाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीका अनुसार कारबाहीमा पर्नेहरु चौदण्डीगढी नगरप्रमुखका उम्मेदवार प्रशान्त राई, कटारी नगर उपप्रमुख प्रत्यासी कृष्ण थापा, ताप्ली गाउँपालिका अध्यक्ष उम्मेदवार माधव रास्कोटी तथा उपाध्यक्ष सुशिला मगर, लिमचुङबुङ गाउँ उपाध्यक्षकी प्रत्यासी रमिला राई र उदयपुरगढी उपाध्यक्ष उम्मेदवार तिलक खपाङ्गी मगर रहेका छन्।
गठबन्धन गरेर उम्मेदवार उठाइएका ती पालिकाहरुमा काँग्रेसका असन्तुष्ट पक्षले आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षणपछि आसपासका बस्तीमा एक्लै पुगेर नागरिकसँग कुराकानी गर्ने बताएका हुन्।
लामिछानेले आफू जनतासँग भेट्न जाँदा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता साथमा नआउन आग्रह गरे।
‘म नेताहरूबाट घेरिएर होइन, जनताहरूबाट घेरिन चाहन्छु। म एक्लै जान्छु, तपाईंहरू प्रशिक्षणमा बस्नुस्,’ उनले भने।
उनले विमानस्थलदेखि विमानस्थलसम्म पुग्दा नेता तथा कार्यकर्ताले घेरिने र तिनै व्यक्तिहरू तस्बिरमा देखिने गरेको बताए।
‘धेरै भयो जनतासँग नबसेको। एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू र कार्यकर्ताबाट घेरिन्छु। तिनै साथीहरू वरिपरि फोटोमा देखिन्छन्,’ उनले भने।
लामिछानेले यसपटक फोटो र भिडियो खिचाउनेभन्दा नागरिकका समस्या सुन्ने उद्देश्यले बस्तीमा जान चाहेको बताए।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो भ्रमणको तस्बिर देखाएर आफू सभापतिसँग नजिक रहेको वा उम्मेदवारको टिकट पाउने दाबी नगर्न पनि आग्रह गरे।
‘त्यो फोटो देखाएर म निकै नजिक छु, मैले नै टिकट पाउने हो भनेर बेच्न त पाइन्न,’ उनले भने।
लामिछानेले नागरिकसँगको भेटलाई राजनीतिक प्रचारभन्दा पनि आत्मीय सम्बन्धका रूपमा लिनुपर्ने बताए।
उनले आफू कहाँ जाने भन्ने ठाउँसमेत तय नगरेको उल्लेख गर्दै आसपासका बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...