विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका ३ सहित विभिन्न पदमा उहेदवारी दिएका २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विराटनगरको ९७ पदका लागि कुल ७४४ जनाले मनोनयन दर्ता गराएकोमा शुक्रबार २३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
जसमा मेयर ३, उपमेयर २, वडाध्यक्ष ७ र वडा सदस्य पदका ११ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वावाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मेयर तर्फ राष्ट्रिय जनमोर्चाका टङ्कप्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र रुपमा उठेकी केमुना ओडारी (मैनाली) ले उम्मेदवारी फिर्ता लिएकी छन्।
यस्तै, उपमेयर तर्फ नेपाल परिवार दलकी दीपा पोखरेल र स्वतन्त्र उम्मेदवार उद्ववप्रसाद कोइरालाले उम्मेदवारी फिर्ता लिएको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। उनले विभिन्न दलका ११ जना वडाध्यक्षका उमेदवारले समेत उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।