नेपाली कांग्रेसका पुर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्यात्मक परिस्थितीमा सरकारको नेतृत्व लिनुपरेको बताएका छन्। उनले कांग्रेसले चाहना नहुँदा–नहुँदै लिनुपरेको बताएका हुन्।
नेपाल प्रेस युनियन डोटी शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'यो सरकारको नेतृत्व कांग्रेसको चाहना होइन्। बाध्यात्मक परिस्थितीमा नेतृत्व लिनुपर्यो।'
२०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई सुविधाजनक रूपमा सरकार चलाउन जनमत नै नदिएको उनले बताए। 'जनताले हामीलाई सरकार चलाउन जनमत नै दिएका थिएनन्,' नेपाली कांग्रेस नेपाल–अमेरिका सम्पर्क समितिका सभापति समेत रहेका विष्टले भने,'तर,ओलीले सरकार चलाउनै नसक्ने भएपछि एमाले र माओवादीका नेताहरू बुढानिलकण्ठ पुगेर दिनहुँ लम्पसार पर्न थालेपछि बाध्यात्मक परिस्थितीमा नेतृत्व लिनुपरेको हो।'
उनले सत्तारूढ गठबन्धन बाध्यताको उपज रहेको बताउँदै निर्वाचनमा तालमेल भने सबैठाउँमा अनिवार्य नभएको बताए। 'बाध्यात्मक परिस्थितीमा संविधान र लोकतन्त्रका लागि गठबन्धन भएको हो। तर, चुनावी तालमेल भने सबै ठाउँमा आवश्यक होइन्,' उनले भने। सोही अनुसार नै डोटीमा कांग्रेस एक्लै चुनावमा जानलागेको पनि उनले बताए। उनले भने,'यहाँ एक्लै कांग्रेस निर्वाचन जित्न सक्षम छ। त्यसैले यहाँ हामी एक्लै लड्न लागेका छौं।'