आसन्न स्थानीयतह निर्वाचनमा उदयपुरका अधिकतर पालिकाका जनप्रतिनिधिले दोहोरिन उम्मेदवारी दिएका छन्। जिल्लाका ४ नगरपालिकामध्ये ३ र ४ गाउँपालिकामध्ये १ का प्रमुख, १ उपप्रमुख र दर्जनौं वडाध्यक्ष तथा सदस्यहरु दोहोरिन चाहेका छन्।
सदरमुकाम रहेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी फेरि निरन्तरता चाहन्छन्। गत ०७५ को चुनावमा नेकपा (एमाले)बाट चुनाव जितेका उनी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)मा लागेका छन्।
पार्टी पोलिटव्युरो सदस्य तथा प्रदेश १ अध्यक्षसमेत रहेका उनले सत्ता साझेदार दलहरुबीचको गठबन्धनबाट उम्मेदवारी दिएका छन्। गठबन्धनमा उपमेयरका लागि नेकपा (माओवादी एकीकृत) की गीता खड्का कार्कीको उम्मेदवारी परेको छ। खड्का पार्टीको त्रियुगा नगर कमिटी अध्यक्ष हुन्।
यता चौदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राई, उपमेयर रीताकुमारी राई, कटारी मेयर ज्ञानेन्द्र श्रेष्ठ र बेलकाका दुर्गाकुमार थापा तथा लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई फेरि टिकट हडप्न सफल भएका छन्। उपमेयरको टिकटमा भने कसैले दोहोरिने अवसर पाएनन्।
कटारी उपमेयर भीमकुमारी राउतको नाम पार्टीले मेयरमा सिफारिस गरे पनि पुरानै व्यक्तिले टिकट लिएपछि उनले ‘बागी’ उम्मेदवारी दर्ता गरेकी छिन्। प्रमुखमा मात्र होइन, उपप्रमुख र वडाध्यक्षमा पनि दोहोरिन मन पराउनेहरुको लर्को छ। टिकट नपाएपछि लिमचुङबुङकी उपप्रमुख रमिला राईले स्वतन्त्रबाट उपप्रमुखमा बागी मनोनयन दर्ता गराएकी छिन्।
वडा नं. १ का वडाध्यक्ष भीमबहादुर राई, २ का भविन्द्रकुमार राई र ५ का वडाध्यक्ष केशरकुमार खड्काले म्मेदवारी दोहोर्याएका छन्। माओवादीका राईद्वयलाई पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एकीकृत समाजवादीमा गए खड्कालाई केही दिनअघि मात्र पार्टीमा भित्र्याएर एमालेले टिकट दिएको हो।
यता त्रियुगा नगरपालिकाका १६ मध्ये ९ जना पुरानै वडाध्यक्षहरुले मनोनयन दर्ता गरेका छन्। माओवादी नगर कमिटी उपाध्यक्ष रहेका १६ नं. वडाध्यक्ष मानबहादुर राईलाई पार्टीले पुनः टिकट दिएको हो भने काँग्रेस नगर सभापति रहेका १० वडाध्यक्ष प्रकाश खड्का पनि पार्टीबाटै उम्मेदवार भएका हुन्। काँग्रेसकै तर्फबाट ५ मा जितेका उद्धवसिंह थापा, एमालेबाट जितेका ४ नं. का सुवास निरौला, एमालेबाट जितेर हाल एसमा गएका ३ नं. का अवधेश चौधरी, एमालेकै २ नं. वडाध्यक्ष घमानसिंह खत्री र काँग्रेसबाट अघिल्लो पटक जितेका १ नंं वडाध्यक्ष मनोज चौधरी दोस्रोपटक उम्मेदवार बन्न पाएका हुन्।
त्यसैगरी चौदण्डीगढी गनरपालिकामा १ का वडाध्यक्ष रोहित तामाङ, २ का सन्तोष सुबेदी, ३ का पर्शुराम राई, ७ का तेजराज तिम्सीना, ८ का कार्यवाहक अध्यक्ष, ९ का प्रकाश राउत र १० का रामकुमार खड्काले पनि दोहोरिनका लागि उम्मेदवारी दिएका छन्। जसमध्ये २ का सुबेदी माओवादीका र ९ का राउत एमालेबाहेक अन्य सबै काँग्रेसबाट टिकट लिएर दोहोरिन खोजेका हुन्।
गठबन्धन गर्ने विषयमा कुरा नमिलेपछि एक्लै लड्ने निर्णयमा पुगेको काँग्रेसले ४ नं. वडाध्यक्ष चरण राईलाई भने टिकट दिएन। माओवादीबाट जितेका ५ नं. वडाध्यक्ष देवनारायण चौधरी र माओवादीकै ६ नं. वडाध्यक्ष कमलध्जव राईले भने एकीकृत समाजवादीसँग गठबन्धन गर्नुपर्दा टिकट गुमाएका हुन्। तर गठबन्धनका कारण टिकट नपाएपछि ६ नं. वडाध्यक्ष राईले भने मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
जिल्लाका ७५ वटा वडा रहेको उदयपुरमा यसरी दोहोरिन खोज्ने अनुहारहरु थुप्रै भेटिएका छन्। दोहोरिन खोज्ने जनप्रतिनिधिहरुले नारा भने फरक-फरक बनाएका छन्। अधिकतरले पार्टीको निर्देशनले उम्मेदवारी दिएका छन् भने कतिपयले पहिले गरेको अधुरा काम सम्पन्न गर्न नारा अघि सारेका छन्। धेरैजसोले भने जनताको सेवा गर्न नै आफू पुनः दोहोरिएर आउन चाहेको प्रतिक्रिया दिएका छन्।
जनताको सेवक भएर काम गर्नुपर्ने जनप्रतिनिधिहरुले बितेको ५ वर्षमा ‘शासक’को ठाँटबाँट देखिएको कसैको नजरमा नछिपेको मतदाताहरु बताउँछन्। हिजोसम्म फोन नउठाउने, नमस्कार नफर्काउने, योजना र काममा सहयोग माग्न जाँदा नचिनेजस्तो गर्नेहरु अहिले विहान बेलुका फोन गर्ने, हात जोडेर भोट माग्न थालेको उनीहरुको भनाइ छ। हिजो आफूलाई ‘बाघ’ ठान्नेहरु अहिले चुनावको मुखमा ‘भोकाएको विरालो’ जस्तो म्याउम्याउ गर्दै जनता ढाँट्न घरदैलो चाहार्दे हिडेकोमा उनीहरुलाई जङ्ग चलेको छ।
जनप्रतिनिधिहरु दोहोरिन खोज्नुको कारण भने सेवा सुविधाप्रतिको आकर्षण भएको विश्लेषकहरु बताउँछन्। ‘हिजो पञ्चायत र बहुदलकालको सेवासुविधा नहुँदा त हैसियत र नामका लागि पनि प्रतिस्पर्धा हुने गर्थ्याे भने अहिले त अधिकार र बजेटको थुप्रोमाथि बस्न पाउँछन्,’ पूर्व प्रधानपन्च सुरेन्द्र राईले आकर्षणको अर्थ लगाए, ‘अहिले वडा सदस्यदेखि प्रमुखसम्म मासिक पारिश्रमिक, बैठक भत्ता, दैनिक भ्रमणभत्ता, गाडी घोडा, मोवाईलजस्ता सेवासुविधा छ अनि को छाड्छ?’