गठबन्धन गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ताप्लेजुङका सबै ठाउँमा भागबण्डा अनुसार मात्र उम्मेदवारी दिने सहमति टिकाउन सकेनन्। केही ठाउँमा पार्टीकातर्फबाट आधिकारिक रुपमै मनोनयन गर्दा भएको छ भने केहिले बिद्रोह गरि उम्मेदवारी दिएका छन्।
अध्यक्ष, उपाध्यक्षसहित ३४ जना निर्वाचित हुनुपर्ने ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका ७७ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा ४ जना र उपाध्यक्षमा एक स्वतन्त्रसहित ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। एमालेकातर्फबाट अध्यक्षमा केदारजंग श्रेङचोङवाङ र उपाध्यक्षमा टीकामाया लिम्बूको उम्मेदवारी परेको छ।
गठबन्धनकातर्फबाट अध्यक्षमा काँग्रेसका युकहाँगवीर(डम्बर)हाङ्गाम र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गाहाङ् श्रेङचोङवाङको उम्मेदवारी परेको छ। अध्यक्षमा जनता समाजवादी पार्टीका दावा शेर्पा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आसकुमार लिम्बूको उम्मेदवारी परेको छ। यहाँ जसपा गठबन्धन बाहिर रहेको छ।
पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा माओवादी केन्द्रका दावाछिरिङ शेर्पाले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन्। गठबन्धन गर्दा त्यहाँ उपाध्यक्ष नेकपा एसको भागमा लागेको थियो। यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रुपा चोङ्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन्। मिक्वाखोला गाउँपालिकामा २९ सदस्यीय गाउँसभाका लागि त्यहाँ ७१ जनाको उम्मेदवारी परेको छ।
एक स्वतन्त्रसहित अध्यक्षमा ५ र उपाध्यक्षमा २ स्वतन्त्रसहित अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ। सो गाउँपालिकामा एमालेबाट दिवस लुङ्खिम लिवाङ,गठबन्धनबाट काँग्रेसका भक्तबहादुर कार्की,जनता समाजवादीका डिल्लीहाङ साँवा लिम्बू र मंगोल नेस्नल अर्गनाइजेसनका सागर शेर्पा तथा टेकबहादुर साँवाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवार साँवा काँग्रेस निकट भएको बताइन्छ।
यस्तै उपाध्यक्षमा एमालेका मिनाकुमारी केदेम,गठबन्धनबाट माओवादी केन्द्रका डण्डु लामा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नरमाया साँवा तथा स्वतन्त्ररुपमा सूर्य बस्नेत र ओङ्दी लामाले उम्मेदवारी दिएका छन्। उता मैवाखोला ३४ जनाको गाउँसभा रहेको मैवाखोलामा ७२ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा ३ र उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ।
अध्यक्षमा एमालेका राजनकुमार थत्लुङ,गठबन्धनबाट माओवादी केन्द्रका बिजयप्रकाश वनेम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चरणबहादुर लिम्बू उपाध्यक्षमा एमालेका कौशिला थत्लुङ र गठबन्धनबाट काँग्रेसका कमलकुमारी लिम्बूको उम्मेदवारी परेको छ।