आसन्न स्थानीय तह निर्वाचनका लागि बाँकेमा उत्साहजनकरुपले मनोनयन दर्ता गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकासहित जिल्लाका ८ वटै स्थानीय तहमा उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। नेपालगन्जमा गठबन्धनकातर्फबाट नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट कमरुद्धिन राईले मनोनयन दर्ता गराए।
यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले दर्ता गराएका छन्। गठबन्धनमा रहेको नेकपा माओबादी केन्द्रका टंक धामीले प्रमुख र तारा रोकायले उपप्रमुख पदमा मनोनयन दर्ता गराए।
राप्रपा, जनमत पार्टी लगायत दल तथा स्वतन्त्र उम्मेदवारको तर्फबाट आइतबार पनि नेपालगन्जको प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरिएको थियो। राप्रपाको तर्फबाट नगर प्रमुखमा नन्दलाल बैश्य र उपप्रमुखमा बिन्दु चर्तिमगरले मनोनयन दर्ता गराएका छन्।
मनोनयन दर्ता गर्ने क्रममा उम्मेदवारले आफ्नो शक्ति प्रर्दशन गरेका छन्। बाँकेको ८ वटै स्थानीय तहमा उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी रमा पन्तले जानकारी दिइन्। उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा १४ जनाले नगर प्रमुख र ७ जनाले नगर उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्। यस्तै कोहलपुर नगरपालिकामा ९ जनाले प्रमुख र ५ जनाले उपप्रमुखमा मनोनयन दर्ता गराए।
यसैगरी खजुरा गाउँपालिकाको अध्यक्ष पदमा ७ जना र उपाध्यक्षमा ५ जना, जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा ५/५ जना, नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा ४÷४ जनाले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै बैजनाथ गाउँपालिकाको अध्यक्षमा ९ जना र उपाध्यक्षमा ५ जना, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा ४ र उपाध्यक्षमा ५ जना, डुडुवा गाउँपालिकाको अध्यक्षमा ७ जना र उपाध्यक्षमा ६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकारी पन्तले बताइन्।
मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखी अपरान्ह ५ बजेसम्म तोकिएको थियो। निर्वाचन अधिकृतको कार्यालय परिसरमा ५ बजेसम्म प्रवेश गरिसकेका उम्मेदवारले सोमबार बेलुका अबेरसम्म मनोनयन दर्ता गराएका थिए।
उम्मेदवार छनोटमा मनपरी गरिएको भन्दै बाँके कांग्रेसभित्र विवाद उत्पन्न भएको छ। टिकट वितरणमा असन्तुष्टी जनाउँदै कांग्रेस बाँके र क्षेत्र नम्बर १ को कार्यालयमा तालबन्दी गरिएको छ। यस्तै असन्तुष्ट रहेका कांग्रेस नेता कार्यकर्ताले पार्टी नै परित्याग गरेर अन्य दलबाट मनोनयन दर्ता गराएका छन्। बाँकेमा कांग्रेस लगायत दलका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र रुपले मनोनयन दर्ता गराइएको छ।